फ्रान्स
तत्कालीन सम्राट लुई चौधौंले सर्वप्रथम सन् १६६७ वा विसं १७२३ मा लेफ्लिनान्टको कमान्डमा कम्पनी पुलिस स्थापना गरेका थिए ।
बेलायत
पहिलेबाटै प्रहरी व्यवस्था भए पनि ‘मेट्रोपोलिटन पुलिस’ स्थापना भने विश्वमै सर्वप्रथम सन् १८२९ वा विसं १८८५ मा बेलायतमा भएको थियो । यसले सहरीकरणमा विश्वमै बेलायत अग्रस्थानमा भएको पुष्टि गर्छ ।
नेपालमा भने मल्लकालमै प्रहरी व्यवस्था थियो । मल्लकालमा प्रमुख प्रशसकीय अड्डाहरूमा इटाचपली, छेडभेल अडा र ठाना पर्दथे । इटाचपली अड्डाले अहिलेको अदालतले गरेजस्तै मुद्दा मामला हेर्ने गथ्र्यो । छेडभेल अड्डाले भने मल्लकालको वास्तुकला जगेर्ना गर्नेक्रममा सरकारी भवन, मन्दिर भत्के–बिग्रेको चेकजाँच गरी मर्मत गथ्र्यो । यसैगरी, ठानाले शान्तिसुरक्षा र अपराध नियन्त्रण गर्नुका साथै अपराधी पक्राउ गथ्र्यो । ‘मल्लकालमा हरेक बस्ती र गाउँको द्वारतिर एक–एक ‘ठाना’ रहने गर्थे । देशमा भएका वा पर्न आउने अपराधीलाई ठानामा राखिन्थे । ठानामा केही पुलिस रहन्थे । ठानाले गाउँद्वारको शान्ति सुरक्षा गर्नुका साथै माल अड्डाका हाकिमको आज्ञाबमोजिम कर संकलन गर्नुपथ्र्यो,’ साम्भभक्त प्रधानद्वारा लिखित ‘नेपालमा जनप्रशासन’ पुस्तक (पृष्ठ सं १३९ ले.प्रा.)मा उल्लेख छ ।
नेपाल प्रहरीको यो प्रारम्भिक पृष्ठभूमि भए पनि राणाकाल वा १९०३ सालपछिको जंगबहादुरको पालादेखि मोहनशमशेरको कार्यकाल २० मंसिर २००८ सम्मको प्रहरी व्यवस्था चित्रित गर्न खोजिएको छ । साथै, राणाकालको र हाल अनुभूति गर्दै आएको पछिल्लो गणतान्त्रिककालको प्रहरी व्यवस्थामध्ये कुन बढी लोकप्रिय हो ? मूल्यांकन गर्ने दायित्व पनि जनताकै हातमा छ ।
जंगबहादुरको पालाको प्रहरी व्यवस्था
‘यस जनकपुर धामका अन्तरगृहीभित्रका तलाउ पोखरी वोरिपरी बगैंचाहरूमा कसैको माछा नमार्नु (अन्तर्मा) औ चिडिया नमार्नु कसैले अन्तरगृहीभित्र मा-यो भन्या जो मायाको जसले देखेछ, तैसले सो मा-याको जनावर चिडाई र मान्र्या समेतलाई पक्रि अदालत ठानामा लगि फि माछाको
२ मोह रुपैयाँ, फि चिडईको २ मोह रुपैया“का दरले दण्ड गर्नु ।’
(पुरातत्व पत्रसंग्रह तेस्रो भाग पृष्ठ नं. ४८, ने किनं ७३४ राष्ट्रिय अभिलेखालय)
अनुसन्धान तहकिकात
मेजर कप्तान विश्वनाथ उपाध्यायले महोत्तरीबाट तत्कालीन श्री ५ लाई लेखेको अर्जिपत्र । जसमा जिल्लाको आपराधिक घटना विवरण निम्नअनुसार उल्लेख गरिएको छ ।
‘जिल्ले महोत्तरी प्रगन्ना महोत्तरी मौजे विशनपुरमा पानी लिन जान्या स्वास्नी मानिसलाई राँगाले कोषमा छानी माआको खबर गोडायतले ल्याउँदा कचहरीबाट मानिस पठाई बुझ्दा राँगाले मा¥याको तहकीकात् ठह¥यो ।’
(शाहकालीन ऐतिहासिक चिठीपत्र संग्रह, भाग–२ पृष्ठ नं ८७ विसं १९२२÷२३ तिरको मिति अस्पष्ट । राष्ट्रिय अभिलेखालय काठमाडौं) ।
वीरशमशेरको प्रहरी व्यवस्था
वीरशमशेरले ‘हि“ड्न गाह्रो पहाडी बाटोमा बाग भालुको र चोरहरूको डर हुन्छ, त्यसकारण हि“डडुल गर्नेलाई दुःख हुन्छ भनी बटुवाहरूको डर हटाउनाको लागि ठाउँठाउँमा चौकी बढाउनुभयो ।’
(प्रधानमन्त्री हुनासाथ विसं १९४२ मा वीरशमशेरले गरेको यो व्यवस्था, पुरातत्व विभागको अभिलेख संग्रहको सातौं भाग पृष्ठ नं १२, किताब नं. २२२ मा उल्लेख छ ।)
पुलिसमा सुधार
वीरशमशेरको पालाभन्दा पहिला पुलिस ‘चौकीदार’ नामले परिचित थियो । चौकीदारले सेतो फेटा, कमेज र खाकी कटु, बन्दगला र हाप बाउला भएको सट र भाला बोक्थे । चौकीदारलाई गाउँकै जिमदारले तलब दिने गर्थे । तलब बाली वा नगद दुवै हुन्थ्यो । पछि वीरशमशेरका पालाबाट चौकीदारलाई ‘पुलिस’ नामकरण गरियो । त्यसलगत्तै पुलिसले रातो फेटा बाँध्ने र खाकीको लुगा लगाउने व्यवस्था गरियो । यसपछि पुलिसलाई ‘रातो टाउको पुलिस’ पनि भन्न थालियो । त्यसबेला प्रहरीको संख्या ५ सय थियो । पुलिस अफिसरलाई पनि सैनिककै जस्तो मेजर लप्टन, कप्तान, हबलदार सिपाही भनिन्थ्यो ।
(नेपाल प्रहरीको इतिहास लेखनका क्रममा सन्दर्भ सामग्री संकलन गर्दा दोस्रो आईजीपी नरशमशेर जबरासँग २०५१ सालमा स्तम्भकारले गरेको कुराकानीको टिपोट डायरीबाट)
प्रहरीको अहिलेको गणतान्त्रिक कार्यशैली सर्वसाधारणले अनुभूति गरेकै छन् । यसर्थ, मूल्यांकन गर्नुहोला, पहिलेको ‘निरंकुश राणातान्त्रिक प्रहरी व्यवस्था’ र अहिलेको ‘लोककल्याणकारी गणतान्त्रिक प्रहरी व्यवस्था’मध्ये कुन उत्तम हो ?
चन्द्रशमशेरको प्रहरी व्यवस्था
मुलुकी सवाल ‘१०८ (सहरभित्रको घर पसल, पाटी, पौवा, देवालय भत्के बिग्रेको समेत बनाउने र सुग्घर सफा गर्ने विषयमा अब उप्रान्त देहायबमोजिम गर्ने)
तीन सहरभित्र माथि लेखियाबमोजिम देवालय, घर पसलहरू भत्के, बिग्रेको र पाताल भयाको औं भत्की नोक्सान हुने सम्भव भयाको समेत कहाँ रहेछ आफ्नु वडासम्मको बराबर हेरविचार राखी तेस्तो देखिनासाथ तुरुन्त जाहेर गर्नु भन्ने पुलिस गोश्वाराले ठाउँठाउँमा रहेका पुलिस चौकीहरूलाई उर्दी पुर्जी गरी हेरविचार गर्न लगाई तेस्तो देखिएकामा मालधनीसमेत् पत्ता लगाई तुरुन्त पुलिस चौकीबाट जाहेरी आउने बन्दोबस्त मिलाउनु ………….१
सो चौकीहरूबाट जाहेरी आउनासाथ सर्करिया रहेछ भने पुलिस गोश्वाराले तुरुन्त छेभडेल लगत बनाउने अडामा लेखी पठाई तरताकिति गरी बनाउन लाउनु । बनाउनुपर्ने अडाबाट पनि ऐन सवालबमोजिम जुन बन्दोबस्तसँग बनाउन लाउनुपर्छ ताकिता साथ बनाई बनाउन लगाई तयार गर्नु ……………२
दुनियाले बनाउनुपर्ने रहेछ भने धनी फेला परेमा धनीसमेत र फेला नपरे सोही व्यहोराको पुलिस गोश्वाराले पुर्जी लेखी ठानामा बुझाइदिनु । म्याद टाँस्नलाई ठानाको जनाउ बमोजिम टोल छिमेकी जवान ५ मा नघटाई पुलिसले जम्मा गराउने र म्याद टाँस्ता उखाडदा पुलिससमेत सांछी बस्ने औं भत्काउनुपरेमा पुलिसले समेत मद्दत गर्ने बन्दोबस्त पुलिस गोश्वाराले मिलाई दिनु ।…………….३
(विसं १९७४ साल मार्ग ९, रोज २ को मुलुकी सवाल पृष्ठ नं १२४ किनं ४७, राष्ट्रिय अभिलेखालय ।)
डाका पक्रन प्रहरीले देखाएको तत्परता
मोरंगको रंगेली प्रगन्ना हरिचंगढी मौजे करौजामा एक राजवंशीको घरमा ठुलो डाका परी, मोरंग रंगेली ठानाका सुवेदार गई सरजमिन बुझि केही डाकासमेत पक्रि विराटनगर अमिनीमा चलान गरेको खबर छ ।
(विसं १९८५ भाद्र ५ गते सोमबारको गोरखापत्र राष्ट्रिय अभिलेखालय काठमाडौं ।)
जुद्धशमशेरको प्रहरी व्यवस्था
गोरखाको बोलाङ निवासी लखन थापाले सर्वप्रथम विसं १९३३ मा जंगबहादुर राणाविरुद्धको ‘जनजागरण अभियान’ सञ्चालन गर्दा मृत्युदण्ड पाएका थिए । लखन थापाको मृत्युदण्डपछि जंगबहादुरविरुद्धको अभियान भुसको आगोझैं सल्कँदै आयो । खुलेआम रूपमा नभए पनि छदम भेषमा राणाविरोधी गतिविधिमा युवाहरू सक्रिय बन्दै आए । यहीक्रममा टंकप्रसाद आचार्य, रामहरि शर्मा, धर्मभक्त माथेमा आदिको पहलमा विसं १९९३ मा ‘प्रजापरिषद्’ नामक राजनीतिक दल स्थापना गरी संस्थागत रूपमै राणाहरूको जहाँनिया शासनविरुद्ध जनजागरण फैल“दै आयो । राणाविरोधी गतिविधि व्यापक बन्न थालेको बुझेपछि प्रधानमन्त्री जुद्धशमशेरले नाति नरशमशेर जबराको नेतृत्वमा आफूविरुद्धका गतविधि’boutमा खबर संकलन गर्ने टोली परिचालन गरेका थिए । जुद्धशमशेरको आदेश नरशमशेरका लागि शिरोपर भयो । नरशमशेरकै सुराकी टोलीले गोप्य रूपमा सञ्चालित विरोधी गतिविधि पर्दाफास गर्दै आयो । यसैको परिणाम विसं १९९७ मा प्रधानमन्त्री जुद्धशमशेरले सक्रिय चार युवालाई मृत्युदण्ड दिए । जो नेपालको इतिहासमा चार शहीदका रूपमा परिचित छ ।
सुराकीको कार्य प्रहरीलाई प्रदान
समयानुकूल प्रहरीले गर्नुपर्ने कार्य विस्तार हुँदै आएपछि भने सुराकीको कार्य गर्ने अलग्गै नेपाल गुप्तचर विभाग गठन भयो । यही विभाग पछि राष्ट्रिय अनुसन्धान विभागमा रूपान्तरित भयो ।
पुलिस सवाल व्यवस्था
प्रहरी विधान बनाएरै, प्रहरीलाई व्यवस्थित रूपमा परिचालित गराउने पहिलो व्यक्ति जुद्धशमशेर हुन् । ९० सालसम्म सार्वजनिकस्थलमा पुलिस डिउटीमा खटिने प्रचलन थिएन । १९९० सालको महाभूकम्पले ठूलो जनधन क्षति गरायो । सार्वजनिक स्थलमा सुरक्षाकर्मी डिउटीमा नरहँदा समयमै उदार हुन सकेन । यसैले हाकिमको आदेशमा मात्र होइन, विधानले नै प्रहरीलाई निरन्तर परिचालन गराउने उद्देश्यले प्रधानमन्त्री जुद्धशमशेरले आनन्दशमशेर राणा नेतृत्वमा काजी रत्नमान, सरदार भुपध्वज र गम्भीरजंग थापासमेतको ४ सदस्यीय विधान निर्माण समिति गठन गरी प्रहरी विधान निर्माण गराए । प्रहरी विधानकै व्यवस्थाअनुसार अहिलेको काठमाडौं न्युरोडको जुद्धसालिक भएकै चोकमा सर्वप्रथम २७ पुस १९९१ देखि प्रहरी डिउटीमा खटिन थालेको थियो ।
(२०५१ सालमा दोस्रो आईजीपी नरशमशेर जबरासँग साक्षात्कार गर्दाको डायरीबाट ।)
गणतान्त्रिक प्रहरी व्यवस्था
रणाकालीन प्रहरीले सार्वजनिक सम्पत्ति रक्षा गथ्र्याे । भत्के बिग्रे मर्मत गराउँथ्यो । सर्वसाधारणको शान्ति सुरक्षामा संवेदनशील हुन्थ्यो । प्रधानमन्त्रीले नै प्रहरीले परिस्थितिअनुसारै ‘क्रियाशील हुनुपर्छ, हाकिमको आदेश पर्खिरहनुहुँदैन’ भन्ने मान्यता राख्थे । अपराध हुँदा घटनास्थलमा तत्कालै पुगेर धरपकड गरी पीडितलाई प्रहरी सेवा उपलब्ध गराउनुपथ्र्याे । जंगबहादुरले त पुलिस ठानालाई नै दण्ड जरिमाना गर्नसक्ने अख्तियारी दिएका थिए । पुलिसले मात्र होइन, गैरकानुनी कार्य भएको देख्ने सर्वसाधारणले नै कसुरदारलाई दण्ड सजायका लागि ठाना र अदालतमा पेस गर्नसक्थे ।
तर, अहिलेको गणतान्त्रिक प्रहरीले देश र देशवासीलाई भन्दा सत्तासीन दल र नेतालाई महत्व दिनुपर्छ । प्रधानमन्त्रीले नै अपराधी पक्राउ नगर्न, अदालतबाट दण्डित भई कैद भुक्तान गरिरहेको अपराधी छोड्न आदेश दिन्छन् । कतिपय निर्दोष प्रतिस्पर्धी, विपक्षी र विरोधीलाई फसाउने आदेश दिन्छन् । देश र देशवासीको हित र सुरक्षालाई महत्व दिइ“दैन । आपराधिक घटना हुँदा नेताको आदेशबेगरै घटनास्थल पुगे, कसुरदार पक्राउ गरे, मुद्दा चलाए वा दण्डसजाय दिलाए अहिलेको प्रहरीले नै कारबाहीमा पर्नुपर्छ । ऐन कानुनका आधारमा होइन, सत्ता सञ्चालककै आदेशमा प्रहरीले चल्नुपर्छ । नेताकै इच्छाअनुसारको अनुसन्धान तहकिकात गर्नुपर्छ । तथ्य उजागर गराई कसुरदारलाई दण्डित गर्नेभन्दा उन्मुक्ति दिलाउन भूमिका मिलाउनुपर्छ । सत्ताशक्तिको चाकडीदार बन्नैपर्छ । नेतालाई तटस्थ कार्य गरेर होइन, चाकडी गरेरै खुसी नबनाए वृत्ति विकास हुँदैन । मौखिक आदेश पालना नगरे कारबाहीमा पर्नुपर्छ । जनहितको कार्यभन्दा दलीय स्वार्थलाई महत्व दिनुपर्छ ।
अहिलेको गणतान्त्रिक प्रहरी व्यवस्थाका मुख्य आधारभूत विशेषता नै यिनै हुन् । प्रहरीको अहिलेको गणतान्त्रिक कार्यशैली सर्वसाधारणले अनुभूति गरेकै छन् । यसर्थ, मूल्यांकन गर्नुहोला, पहिलेको ‘निरंकुश राणातान्त्रिक प्रहरी व्यवस्था’ र अहिलेको ‘लोक कल्याणकारी गणतान्त्रिक प्रहरी व्यवस्था’मध्ये कुन उत्तम हो ?
[email protected]
(Visited 9 times, 1 visits today)