राजेश हमालले हिमालय टिभीमा ‘यो नेपाली शिर उचाली’ शो होस्ट गर्ने

राजेश हमालले हिमालय टिभीमा ‘यो नेपाली शिर उचाली’ शो होस्ट गर्ने


काठमाडौं । अभिनेता राजेश हमालले संसारभर छरिएका नेपालीको सपना र संघर्षमा आधारित रहेर टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्ने भएका छन् ।

बिहीबार टिजर भिडियो सार्वजनिक गर्दै हमालले टेलिभिजन कार्यक्रम ल्याउन लागेको जानकारी दिइएको हो । यकिन मिति घोषणा नभए पनि नयाँ वर्ष २०८१ को हरेक शुक्रबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमलाई दर्शकले ‘साझा कथा’को युट्युव च्यानलबाट समेत हेर्न सक्नेछन् । यो कार्यक्रमका लागि हमालले केही वर्षदेखि नै तयार गरिरहेका थिए ।

यस वर्षको सुरुवातमा अनलाइनखबरसँग कुरा गर्दै हमालले विभिन्न मुलुक घुम्दा आफूले देखेको र थाहा पाएको नेपालीको संघर्ष र सफलताको कथालाई टिभी कार्यक्रममा प्रस्तुत गर्ने बताएका थिए ।

कार्यक्रमबारे जानकारी दिन सार्वजनिक गरिएको टिजरमा हमालले भनेका छन्- ‘यो कार्यक्रममा हुनेछ संसारभर छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी । सत्कर्म, स्वाभिमान र सम्भावनाको संयोजन हुनेछ । अनुभव र उत्प्रेरणाको दस्तावेज बन्नेछ ।’

उनले अघि भनेका छन्- ‘कार्यक्रम हेरिसकेपछि तपाईंलाई पनि मलाई जस्तै भन्न मन लाग्नेछ, यो नेपाली शिर उचाली ।’

झन्डै तीन वर्षपछि अभिनेता हमालको सानो पर्दामा पुनरागमनको रुपमा यसलाई लिइएको छ । यसअघि उनले ‘जातको प्रश्न’, ‘को बन्छ करोडपति’ र ‘वाइवाइ क्विज’ संचालन गरेका थिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School