राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्न अमेरिकामा १० हजार डलरसम्म माग

राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्न अमेरिकामा १० हजार डलरसम्म माग



प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्न अमेरिकामा १० हजार डलरसम्म माग

नेपाली कलाकार राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्नका लागि अमेरिकामा १० हजार डलरसम्म माग गरिएको खुलासा भएको छ । अमेरिकामा केही चर्चित नेपालीहरुले उक्त शोमा आफूलाई अन्तरवार्ताका लागि प्रस्ताव आएको र पछि १० हजार डलरसम्म मागिएको खसोखासलाई बताएका छन् ।

‘सुरुमा उहाँहरुले अन्तरवार्ताका लागि भन्नुभयो । घरमै आएर अन्तरवार्ता लिन्छौं भन्नुभयो । तर पछि अन्तरवार्ता दिनु अगाडि रकमको माग गर्नुभयो । त्यसपछि मैले उक्त अन्तरवार्ता नदिने निर्णय गरें,’  न्युयोर्कका एकजना व्यवसायीले खसोखासलाई बताए । कार्यक्रम प्रोड्युसरले आफूलाई सम्पर्क गरेको उनले बताए ।

राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्न अमेरिकामा १० हजार डलरसम्म माग
कार्यक्रमको एउटा भाग संचालनका क्रममा राजेश हमाल । फोटो :स्क्रीनशट ।

त्यस्ता क्यालिफोर्निया निवासी अर्का एकजना चर्चित नेपालीले पनि आफूसँग अन्तरवार्ताका लागि रकम मागिएको बताएका छन् । यात्रा गर्नुपर्ने, छायांकन गर्नुपर्ने भएकाले आफूहरुको खर्च हुने भन्दै रकम मागिएको उनले बताए । ‘उहाँहरुको शैली त्यती प्रोफेशनल लागेन । त्यसैले मैले अन्तरवार्ता नदिने निर्णय गरें ,’  उनले भने ।

अमेरिकामा अन्य व्यक्तित्वहरुले पनि आफूहरुसँग अन्तरवार्ताका लागि १० हजार डलरसम्म मागिएको बताएका छन् । एकजनाले भने ,’ विज्ञापनको प्रस्ताव गरेको भए अलिक व्यवसायिक सुनिन सक्थ्यो । तर उनीहरुले त सिधै अन्तरवार्ता छायांकनका लागि खर्च लाग्ने भन्दै रकम मागे ।’

खसोखाससँगको कुराकानीमा अमेरिकामा रहेका कम्तीमा आधा दर्जन व्यवसायीहरुले अन्तरवार्ताका लागि आफूसँग रकम मागिएपछि अन्तरवार्ता दिन अस्वीकार गरेको वा रकम नदिएपछि अन्तरवार्ता पनि नलिइएको बताएका छन् ।

न्युयोर्कका अर्का व्यवसायीले भने – ‘मलाई पनि अन्तरवार्ताका लागि सम्पर्क गरेका थिए । कान्तिपुर टेलिभिजनमा प्रशारण गर्ने भन्दै रकम मागेका थिए । तर रकम भने तोकेका थिएनन् । तपाईले आर्थिक मद्दत गरिहाल्नुहुन्छ, हामी त्यसमा ढुक्क छौं, हाम्रो छायांकनमा खर्च लाग्छ भन्दै रकम मागेका थिए । तर मैले रकम नदिने बताएपछि उनीहरुले चासो देखाएनन् । पछि छायांकन गर्न पनि आएनन् । अमेरिकामा नेपालीलाई उल्लु बनाएर सफलताको कथा देखाउने उनीहरुको चक्कर मैले २ मिनेटमा बुझें ।’

रकम तिर्न अस्वीकार गर्ने उनीहरुको अन्तरवार्ता भने लिइएन । सफलताको कथा नामको यो कार्यक्रम अहिले नेपालमा युट्युबबाट प्रशारण भइरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School