राजीनामा दिनुअघि गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद् बैठक

राजीनामा दिनुअघि गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद् बैठक


२१ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ आज राजीनामा दिने तयारी गरेका छन् । त्यसअघि विभिन्न विषयमा छलफल गर्न भन्दै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।

मुख्यमन्त्री पाण्डेले मंगलबार संसदीय दलका सदस्यसँग छलफल गर्दै सुझावसमेत मागेका थिए । सांसदहरुले पनि अहिलेको अवस्थामा राजीनामा दिएर जानु नै उपयुक्त हुने सुझाव दिएका थिए ।

गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिने तयारी गरेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीको सभामुखसहित ८ जनालेमात्रै सरकार बन्ने स्थिति छैन ।

२ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने र फेरि ठूलो दलको हैसियतमा आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School