प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार
राजसंस्था समर्थित प्रदर्शनकारीले काठमाडौंको तिनकुनेस्थित एक भवनमा गरेको आगजनीमा परी एक पत्रकारको निधन भएको छ ।
प्रदर्शनकारीले तिनकुनेस्थित एक भवनमा गरेको आगजनीको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको निधन भएकोे हो ।
राजावादी समर्थक प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी रजकको निधन भएको टेलिभिजनले उल्लेख गरेको छ ।


