राजनीतिक सङ्कटपछि नाइजेरियामा सङ्कटकाल घोषणा



प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

नाइजेरियामा सङ्कटकाल घोषणा गरिएको छ । राष्ट्रपति बोला टिनुबुले रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका हुन ।

देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि उनले संकटकाल लगाउने घोषणा गरेका हुन ।

राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल लागू भएको परिमार्जित प्रावधान अनुसार सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।

राजनीतिक सङ्कटपछि नाइजेरियामा सङ्कटकाल घोषणा

राजनीतिक सङ्कटपछि नाइजेरियामा सङ्कटकाल घोषणा

संकटकाल घोषणापछि रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको राष्ट्रपतिले बताए ।

राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए ।

राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।

देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताए ।

राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरेका छन ।

राजनीतिक सङ्कटपछि नाइजेरियामा सङ्कटकाल घोषणा

यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्ने उनको अपेक्षा रहेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School