राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

वसन्त ऋतुको सुरुवातमै चैत्रको पहिलो हप्ता भए पनि काठमाडौंमा चर्को घाम र गर्मीको अनुभव छैन। दुई दिन परेको हल्का वर्षाले दिउँसोको मौसम सितल छ। आकाश समेत हल्का मात्रै खुलेको छ। काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको प्राङ्गण चाहिँ बिस्तारै तात्दै थियो। आइतबार नेपाल रिपब्लिक मिडियाको रेडियो नागरिक ९६ दशमलव ५ को होली पर्वको अवसरमा ‘कलरेल्ला होली कार्निभल २०२४’ नामक सांस्कृतिक कार्यक्रमले परिवेशलाई मात्रै होइन दर्शकलाई समेत ततायो।

होलीको शुभकामना आदानप्रदान गर्ने उद्देश्य सहित सांस्कृतिक कार्यक्रमको स्वाद लिन उपत्यकाका विभिन्न ठाउँबाट आएका सयौँ दर्शकहरू एकाएक रंगविरंगी पहिरनमै दर्शक दीर्घामा देखिए। कार्यक्रममा दर्शकहरुबाट होलीको शुभकामना आदानप्रदान गर्दै अबिर दलेर खुसी साटा साटाले उस्तै उत्साह र उमङ्ग थपिदिएको थियो।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

युवाहरुको माझ छुट्टै स्थान बनाएकी प्रजिना लामिछाने स्टेजमा प्रवेश गरिन्। दर्शकले उनलाई ताली र हुटिङले स्वागत गरे। उनले ‘यो सहर चिसो हुँदैछ, अंगाल मलाई … भन्ने गीतबाट कार्यक्रम सुरु हुँदा दर्शकले तालीसँगै कलाकारलाई साथ दिए। उनको यो गीतले चिसो मौसममा दर्शकलाई ततायो पनि।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

उनले ‘टाढा लैजाऊ मलाई लगायतका आधा दर्जन सांगितक प्रस्तुतिले दर्शकलाई घन्टौँ बाँधिराखिन्। दर्शकहरू होलीको रङ्गसँगै सङ्गीतमा डुबिरहे।

दर्शकहरू कोही सङ्गीतमा मस्त थिए भने कोही साथी सङ्गीतसँग होलीको लोला हान्दै सेल्फी खिचेको वातावरणले कार्यक्रमलाई होलीमय बनाइरहेको थियो।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

पप र रक सङ्गीतका पारखीलाई विभिन्न कलाकारहरूको प्रस्तुतिले मनोरञ्जन दिलाउने प्रयास गरिएको थियो। अर्का युवा गायक वाङदेन शेर्पाको प्रस्तुतिले दर्शकहरू कम्मर मर्काउँदै मञ्चमा नाचिरहेको दृश्यले माहोल अरू रोमाञ्चित बनाएको थियो।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

‘मेरो जीवन सारा साँचेर, टाढा छौँ तिमी, लगायत आधा दर्जन गीत शेर्पाले गाए। त्यस्तै गायक सुशान्त घिमिरे, सुदित श्रेष्ठ लगायतको प्रस्तुतिबाट दर्शकले भिन्न भिन्न संगीतको स्वाद चाख्न पाए। साथै द इलिमेन्ट व्याण्डको प्रस्तुति भने साँझसम्म चलिरह्यो।

रेडियो नागरिकको कार्यक्रममा अधिकांश युवायुवतीहरू जोडीसाथ र कतिपय पाका व्यक्ति परिवारसँगै आएका थिए।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

लोकन्थलीबाट कार्यक्रममा होली मनाउन साथीहरूसँगै आएका निश्चल घिमिरेले विगतमा घरमै साथी भाइसँग होली पर्व मनाउने गरेपनि यस पटक सांस्कृतिक कार्यक्रममा सहभागी भएर पर्व मनाउँदा बेग्लै अनुभूति भएको सुनाए।

काठमाडौंका रविन्द्र पन्त छोराछोरी र श्रीमती सहित कार्यक्रममा सहभागी थिए। विभिन्न ठाउँमा पुगेर साथीभाइ बीच जमघट गरेर होली पर्व मनाउने सिलसिलामै यो कार्यक्रममा सहभागी बनेको उनले बताए। होली पर्वका धेरै कार्यक्रम राजधानीमा आयोजना भएपनि यो कार्यक्रम सभ्य र शान्त हुनुका साथै भरपुर मनोरञ्जन पनि मिलेको उनले बताए।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

कार्यक्रममा छिटफुट विदेशीको समेत उपस्थिति देखिन्थ्यो। नेपाल भ्रमणका लागि हरेक वर्ष आइरहने फ्रान्सका अलवर्ट फेन कलाउड चाहिँ यो कार्यक्रम हेरेपछि निकै खुसी लागेको र होली पर्वको नयाँ अनुभव सँगाल्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्ला रङ खेलेर मनाइएको छ। साथी र आफन्तबीच आपसमा रङ दलेर खुसीयाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको थियो।

सडक र चोकमा देखिने सबै मानिसहरू विभिन्न रंगले रंगिएका थिए। होली पर्वको अवसरमा काठमाडौं उपत्यकामा स्वदेशी मात्र होइन विदेशीहरू पनि उत्तिकै रमाइरहेका थिए। उपत्यका सहित पहाडी जिल्लामा आइतबार उत्साह र उमङ्ग साथ होली पर्व मनाइरहेका बेला नागरिक रेडियोले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पनि उस्तै बाक्लो उपस्थिति देखिन्थ्यो।

राजधानीमा रेडियो नागरिकको भव्य ‘कलरेल्ला’ होली

कार्यक्रममा नेपाल रिपब्लिक मिडिया लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, नागरिक दैनिक र रेडियो नागरिकका पत्रकारहरू, प्रशासन तथा वितरण शाखाका कर्मचारीहरूको समेत सहभागिता थियो।

कार्यक्रमलाई ऐसियन पेन्ट, रियल फ्रुटदेखि फुड पाटर्नरमा प्रिरि ग्रिरिल, डालेले, जुम, शिखर इन्सुरेन्स, कनकेन्सन, आइएमी पे लगायतका संस्थाले सहयोग गरेका थिए।

तस्बिरमा ‘कलरेल्ला–२०२४’

प्रकाशित: ११ चैत्र २०८० १८:३४ आइतबार

Source link

Leave a Comment