रहेनन् ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’को रूपमा परिचित उरुग्वेका मुजिका



प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार

ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोस मुजिकाको निधन भएको छ । ‘पेपे’ को नामले विश्वभर परिचित उनको मंगलबार ८९ वर्षको उम्रमा निधन भएको हो ।

उनले सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । उनी आफ्नो साधारण जीवनशैली र जनताप्रतिको समर्पणका कारण ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ को रूपमा प्रसिद्ध थिए।

पूर्व गुरिल्ला नेता समेत रहेका मुजिकाले आफ्नो कार्यकालमा सामाजिक सुधार र गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनले आफ्नो तलबको अधिकांश हिस्सा दान गर्ने र सादा जीवन बिताउने शैलीले विश्वभर चर्चा कमाएका थिए।

रहेनन् ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’को रूपमा परिचित उरुग्वेका मुजिका

रहेनन् ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’को रूपमा परिचित उरुग्वेका मुजिका

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओर्सीले सामाजिक सञ्जाल एक्समा श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘पेपे, तपाईंले हामीलाई दिएको हरेक कुरा र जनताप्रतिको तपाईंको गहिरो प्रेमका लागि धन्यवाद। तपाईंको विरासत सधैं हाम्रो मार्गदर्शन गर्नेछ।’

मुजिकाको निधनको कारणबारे आधिकारिक जानकारी प्राप्त भएको छैन । तर उनी केही समयदेखि ओसोफेजियल क्यान्सरबाट पीडित थिए। उनको निधनले उरुग्वे र विश्वभरका समर्थकहरूमा गहिरो शोक उत्पन्न भएको छ।





Source link

Leave a Comment