रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक


लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।

समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठि, साहित्यकार भुवनहरि सिग्देल, भुँडिपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए ।

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो- डोहोडोहो डोल्पो । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाई र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।

गजलकार बाबु त्रिपाठिले सहजिकरण गरेको विमोचन कार्यक्रममा टिप्पणीकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देलले लेखन, यात्रा र साहित्यबारे विमर्श गरेका थिए । कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए । भुँडिपुराण प्रकाशनले प्रकाशन गरेको १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैंयाँ राखिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School