सिंगो समाजै पीडित बनाउने घातक अपराध मानिन्छ, यौन हिंसा । व्यक्ति विशेषको मानसिकताको उपज हुने भएकाले समाजै लागिपरे पनि यसलाई नियन्त्रण गर्न कठिन पर्छ । सामान्यतया ‘यौन हिंसा’ भन्नाले यौनजन्य व्यवहारसम्बद्ध पीडा, यातना, दुव्र्यवहार बुझिन्छ । अनियन्त्रित परिस्थितिकै कारण उतिखेरै कार्यरूपमा परिणत हुने भएकाले यौन हिंसा’bout अग्रिम जानकारी बिरलै हुन्छ । यौन हिंसाका अधिकांश घटना उतिखेरै देखिन्छन् । यौन हिंसाको मुख्य विशेषता ‘आकस्मिकता’ हो ।
हालै सार्वजनिक तथ्यांकले समाजमा यौनजन्य हिंसाका घटना बढिरहेको देखाउँछ । घटना सार्वजनिकक्रम पछिल्लो समय बढ्दै आए पनि सार्वजनिक नगर्ने र लुकाउने वा छिपाउने तथा छरछिमेक र गाउँ समाजमै मिलाउने प्रवृत्ति पनि उत्तिकै छ । घटना लुकाउने, छिपाउने तथा मिलाउने प्रवृत्तिले पनि यौन हिंसालाई प्रश्रय दिएको देखिन्छ ।
यौन हिंसा नियन्त्रण, घटना लुकाउने प्रवृत्तिको पूर्णरूपमा अन्त्य गरिनुपर्छ । यस पृष्ठभूमिमा यौनहिंसा नियन्त्रण गर्न केही सहज हुन्छ । नेपाल प्रहरीद्वारा सार्वजनिक आव २०८१÷८२ को यौनजन्य हिंसाको तथ्यांकले यौनजन्य हिंसा नियन्त्रणका लागि सिंगो समाज मात्र होइन, परिवार, छरछिमेक तथा नातेदार नै बढी सचेत बन्नुपर्ने बताउँछ । प्रहरीबाट सार्वजनिक तथ्यांककै आधारमा यस’bout आलेखमा विश्लेषण गरिएको छ ।
गत १४ मंसिरमा नेपाल प्रहरीले आव २०८१÷८२ मा यौन हिंसामा परेको तथ्यांक सार्वजनिक ग¥यो । तथ्यांकअनुसार विगतमा मुलुकभर महिला तथा बालबालिकाउपर भएको यौन हिंसाको ३ हजार १ सय ७८ मुद्दा दर्ता भएको छ । घटनामा ३ हजार २ सय १२ महिला तथा बालबालिका पीडित बने । हिंसामा संलग्न ३ हजार ५ सय ११ कसुरदार पक्राउ परेको उल्लेख छ । घटनामा संलग्न कुल कसुरदारै ‘पक्राउ परेका हुन् वा फरार पनि छन्’ भन्ने खुलाइएको छैन ।
सार्वजनिक यौन हिंसाको घटनास्थल हेर्दा सबैभन्दा बढी आवासीय क्षेत्रमा २ हजार २ सय ५७, सार्वजनिकस्थलमा ५ सय २८, एकान्त वनजंगलमा २ सय ५६, होटेल एवं गेस्टहाउसमा १ सय १९, पेसागत स्थानमा २२, सवारीसाधनभित्रै ९, अनलाइनमार्फत ३, धार्मिकस्थलमा एक तथा अन्य स्थानमा १५ र स्थानको नाम नखुलाइएका दुई स्थानसमेतमा यौन हिंसा भएको पाइएको छ ।
यसैगरी घटनापीडित ३ हजार २ सय १२ महिला तथा बालबालिकाको उमेर समूहलाई वर्गीकृत गरी हेर्दा १९ वर्ष नकाटेका बालिका ३ सय ५१, ११ देखि १४ वर्षसम्मका ६ सय ९०, १५ र १६ वर्षका ६ सय १६, १७ र १८ वर्षका ४ सय १४, १९ देखि २५ वर्षसम्मका ५ सय ८, २६ देखि ३५ वर्षसम्मका ३ सय ६२, ३६ देखि ४५ वर्षसम्मका १ सय ६१, ४६ देखि ५२ वर्षसम्मका ७८ र ५३ वर्षमाथिका ३२ महिला हिंसापीडित बनेको तथ्यांकले देखाउँछ । यसका साथै पक्राउ परेका कसुरदारलाई पहिचानका आधारमा वर्गीकृत गरी हेर्दा २ सय ८० अपरिचित, १ हजार ८ सय ७८ सामान्य चिनजानका, ९ सय १ छिमेकी, ३३ शिक्षक र ४ सय १९ पारिवारिक नाताकै व्यक्ति छन् ।
उल्लिखित तथ्यांकले अपरिचित २ सय ८० र परिचित ३ हजार २ सय ३१ अर्थात् ९२ प्रतिशतभन्दा बढी कसुरदार देखाएको छ । कुल हिंसाका ९२ प्रतिशत घटना परिचित व्यक्तिबाटै हुनु जसमा परिवारकै नातेदार, छिमेकी, शिक्षक र सामन्य चिनजानकै व्यक्ति मात्रै हुनु आफैंमा आश्चर्यजनक र समाजकै लागि चुनौती हो । यसले हाम्रो समाज सभ्यताको शिखरतर्फ नबढी पुनः पासविक युगतर्फ फर्केको आभास दिन्छ, जुन अत्यन्त लज्जास्पद र घातक हो ।
महिला तथा बालबालिका हिंसा’bout वर्षौंसम्मकै खोज र अनुसन्धान अनुभूति गरेको यस स्तम्भकारलाई ‘९२ प्रतिशत परिचित व्यक्ति नै हिंसामा संलग्न भएको’ भन्ने नै आश्चर्यजनक लाग्यो । यौनजन्य हिंसामा सामाजिक वातावरण पूर्णरूपले ‘युटर्न’ हुनुको कारण के हो त ? हाम्रो समाज कतातिर ढल्किरहेको छ ? नियन्त्रणका लागि राज्य तथा सम्बन्धित निकाय, समाज तथा अभिभावकले के कस्तो भूमिका अपनाउनुपर्छ ?
कानुनी चेतना
कानुनी व्यवस्थाले मात्र यौन हिंसा नियन्त्रण गर्दैन । राज्यद्वारा हरेक व्यक्तिले कानुन अनुसरण गर्ने वातावरण निर्माण हुनुपर्छ । कानुन अनुसरण गर्ने वातावरण त्यतिखेर हुन्छ, जब सबै नागरिक कानुन’bout जानकार हुन्छन् । कस्तो कार्य कानुनी मापदण्डभित्रको मानिन्छ र के कस्तो कार्य गैरकानुनी एवं दण्डनीय हुन्छ ? तथा त्यस्तो गैरकानुनी कार्य गरे के कस्तो दण्ड सजाय हुनसक्छ ? भन्ने नुबझेसम्म जनतामा कानुनी सचेतना फैलिएको मानिँदैन । कानुनको सन्दर्भमा समाजमा देखिएको प्रमुख समस्या यही नै हो ।
कानुनमा गरिने कठोर दण्ड सजाय व्यवस्थाभन्दा सामान्य दण्ड सजायकै प्रावधान’bout नागरिक जानकार भए त्यो नै अपराध रोकथामको प्रभावकारी अस्त्र हुन्छ भन्ने राज्यले बुझ्न जरुरी छ । तर, यही कुरा नै राज्यबाट उपेक्षित छ । यौनहिंसा नियन्त्रण हुन नसक्नुको मुख्य कारण यही हो । वास्तवमा कानुन निर्माण समाज व्यवस्थित गराउन गरिने हो । समाजमा देखापर्ने असामान्य परिस्थिति, थिचोमिचो, हस्तक्षेप, हिंसा, असुरक्षा तथा समाज सुसञ्चालनमै आइलाग्ने अवरोध नै कानुनको पृष्ठभूमि हुने भएकाले त्यस्तै कुरा व्यवस्थित गर्ने उद्देश्यले निर्माण हुने कानुनको मस्यौदा नै ‘ग्राउन्ड लेबल’को जनताको भावनाअनुसारकै हुनुपर्छ । यसर्थ, कानुन निर्माणाधीन अवस्थामै जनस्तरसम्म व्यापक चर्चा र बहसको विषय बनाइनुपर्छ । त्यो अवस्थामा निर्मित कानुन’bout जनता नै जानकार हुन्छन् । कानुनी सचेतना फैलाउने भनेकै यही हो । तर, हाम्रोमा कानुनको मस्यौदा तयार पार्ने मन्त्रालयका पदाधिकारी र संसद्को सम्बन्धित समितिबाहेक अन्य सांसदलाई नै कानुन’bout जानकारी हुँदैन । तिनै अनभिज्ञ सांसद जनताबीच कुनै अशोभनीय घटना हुँदा ‘कठोर दण्डसजाय व्यवस्था गरिन्छ’ भनी कुर्लन्छन् । यो परिपाटी सच्याउनुपर्छ ।
घरपरिवार र विद्यालयको भूमिका
यौन हिंसाबाट बच्ने उपायबाट बालबालिकालाई सचेत गराउने सबैभन्दा महŒवपूर्ण भूमिका अभिभावक र विद्यालयको हो । किनकि बालबालिका अहोरात्र उनीहरूकै प्रत्यक्ष नियन्त्रणमा हुन्छन् । यसमा पनि बिहान–बेलुकाको छोटो समय परिवारमा हुने रातमा विश्राम गर्ने हुँदा बालबालिकाको दिनभरको समय विद्यालय शिक्षक–शिक्षिकासँगै बित्छ । त्यही समयको बालबालिकाको हरेक गतिविधि शिक्षक–शिक्षिकाले ‘मनिटर’ गरेका हुन्छन् । कक्षाकोठामा बस्नेदेखि पठनपाठन गर्ने, शिक्षक र सहपाठी साथीसँग कुराकानी गर्ने तथा पारस्परिक व्यवहार गर्ने, शिक्षक–शिक्षिका नै बढी जानकार हुन्छन् । ‘कुन विद्यार्थी कस्तो प्रवृत्तिको छ ?’ भन्ने शिक्षक–शिक्षिकालाई थाहा नहुने कुरै हुँदैन ।
बालबालिकालाई शिक्षा प्रदान गर्ने, बालबालिको पारस्परिक व्यवहार असामान्य पाइए उतिखेरै सम्झाउने, पुनः नदोहो¥याउन सचेत गराउने, अपरिचित व्यक्तिसँग टाढै रहने, परिचितसँगै पनि अनावश्यक हेलमेल नगर्ने, विद्यालय बन्द भएपछि सरासर घर पुग्ने भन्ने’bout बालबालिकाले पालन गर्नुपर्ने आचरण र व्यवहारका कुरा शिक्षक–शिक्षिकाले पाठ्यक्रमकै विषयवस्तु पढाउनेक्रममै दृष्टान्त दिएरै बुझाउन सक्छन् । यसका लागि अलग्गै कक्षा लिइरहनुपर्दैन । यो गरेरै सिक्ने वा ‘लर्निङ वाई डुइङ’ सिद्धान्तकै कुरा हो । विषय वस्तुमा ‘फोकस’ गर्नेक्रममै शिक्षक–शिक्षिकाले विशेष महŒव दिनुपर्छ ।
यसैगरी, घरपरिवारका सदस्यको भूमिका त झन् सर्वोपरी हुन्छ । बालबालिकाको पारिवारिक पृष्ठभूमि र परिवारका अग्रजले अपनाउने व्यवहार सबैका समान हुँदैन । निश्चित रूपमा परिवारको प्रभाव बालबालिकामा पर्छ नै । अधिकांश अभिभावक सन्तानको भविष्यप्रति संवेदनशील हुन्छन् त कतिपय हुँदैनन् । पारिवारिक शिक्षास्तर पनि अभिभावकै चासोमा निर्भर रहने हुँदा सबैको समान हुँदैन । तथापि, आफ्ना बालबालिकाको भविष्य सुनौलो होस् ।
कसैले दुःख, पीडा र सन्तापमा पर्नु नपरोस् भन्ने चाहना प्रायः अभिभावकको हुन्छ । यसक्रममा अभिभावकले बालबालिकालाई उमेरअनुसारको सत्चारित्रिक बनाउने उद्देश्य राख्नुपर्छ । प्रदान गर्नुपर्ने विविध पक्षसम्बद्ध ज्ञानअलावा चरित्र निर्माणमा ख्याल राख्नुपर्ने आचरण, व्यवहार र नैतिक शिक्षा’bout बराबर सम्झाइरहने हो भने निश्चय नै बालमस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । जसको परिणाम उमेर बढेसँगै बालबालिका पनि यौनजन्य हिंसाबाट टाढै रहने प्रयासमा लाग्छन् । यौन हिंसा नियन्त्रण गर्ने यो प्रभावकारी उपाय हो ।
(लेखकको यो निजी विचार हो ।)
(Visited 7 times, 1 visits today)
