यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने



प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने

आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस नम्बर तोकिएकाले अब १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।

१३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२५ को डिभी सुरु हुने भएकाले आज प्रकाशित भिसा बुलेटिनसँगै १३ हजारभन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । विगतका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमा १२ हजार सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्नेछन् । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।

कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई भने इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको थियो । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतालाई भिसा जारी गरेको थिएन ।

चालु आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । सन् २०२२ को अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले अहिले भिसा पाइरहेका छन् ।

यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए ।

यो आर्थिक बर्षमा झण्डै २४ सय नेपालीले पाइसके डाइभर्सिटी भिसा

मे महिनामा २९३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । योसँगै चालु आर्थिक बर्ष २०२४ मा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २४ सय नाघेको छ । अक्टोबरदेखि मेसम्म २१४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेकोमा जुनको समेत अनुमानित संख्या जोड्दा २४ सय नाघेको हो ।

यो बर्ष १३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको थियो ।  अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

आप्रवासी भिसाहरुमा अमेरिकी दूतावास काठमाडौंले सबैभन्दा पहिलो प्राथमिकता डाइभर्सिटी भिसालाई नै दिएको देखिन्छ । अर्थात् आप्रवासी भिसामा अन्य सबै श्रेणीको तुलनामा सबैभन्दा धेरै भिसा डिभी विजेताहरुलाई प्रदान गरिएको छ ।





Source link

Leave a Comment