प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का एसिया प्रशान्त क्षेत्रीय निर्देशक पियो स्मिथबीच शिष्टाचार भेटवार्ता भएको छ ।
थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्र (यूएनसीसी)मा बुधबार उपाध्यक्ष प्रा.डा. अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल र यूएनएफपीएका एसिया प्रशान्त क्षेत्रीय निर्देशक स्मिथबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा यूएनएफपीए र नेपालबिच भइरहेका सहकार्यका विविध आयामहरू (लैङ्गिक समानता र सशक्तीकरण, यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, मातृ शिशु स्वास्थ्य, लैङ्गिक हिंसाको रोकथाम) लगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा यूूएनएफपीएका एसिया प्रशान्त क्षेत्रीय निर्देशक स्मिथले नेपालमा भइरहेको जनसाङ्ख्यिक परिवर्तनको व्यवस्थापनका साथै जनसाङ्ख्यिक लाभको प्रभावकारी उपयोगमा जोडमा दिए । उनले नेपालमा यूूएनएफपीएका तर्फबाट सञ्चालित कार्यक्रमका लागि सम्बद्ध सरोकारवालाहरूको अर्थपूर्ण सहकार्यमा जोड समेत जोड दिए ।
छलफलका क्रममा आयोगका उपाध्यक्ष प्रा.डा.अधिकारीले हाल सञ्चालनमा रहेका नीति तथा कार्यक्रमहरूको असर तथा प्रभावको उचित मूल्याङ्कन गरी तिनको प्रभावकारिता अभिवृद्धि गर्दै जानुपर्नेमा जोड दिए । उनले खास गरी नेपालमा मातृ तथा बाल मृत्युदरको न्यूनीकरण, परिवार नियोजन सेवाको विस्तार, लैङ्गिक हिंसा न्यूनीकरणका लागि यूूएनएफपीएले खेलेको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै, उपाध्यक्ष प्रा.डा. अधिकारीले आगामी दिनमा नीति तथा कार्यक्रमको तहमा सकारात्मक लाभ र विरोधाभासको यथार्थ मूल्याङ्कन गरी तथ्य तथा प्रमाणमा आधारित नीति निर्माण गर्नुपर्ने विषय उल्लेख गर्दै यूएनएफपिएसँग सम्बद्ध सबै क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जानु पर्नेमा जोड दिए ।