यूएससीआईएसले स्वास्थ्य परीक्षण रिपोर्टको मान्यतामा गर्‍यो कडाइ



प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

यूएससीआईएसले स्वास्थ्य परीक्षण रिपोर्टको मान्यतामा गर्‍यो कडाइ

यूएससीआईएसले आप्रवासन स्वास्थ्य परीक्षण रिपोर्ट फर्म आई६९३को मान्यता सम्बन्धमा नयाँ निर्देशिका जारी गरेको छ। जुन ११, २०२५ देखि लागू भएको यो नियमअनुसार अब प्रमाणित चिकित्सकले नोभेम्बर १, २०२३ पछि हस्ताक्षर गरेको स्वास्थ्य परीक्षण रिपोर्ट सो रिपोर्ट संलग्न गरी गरिएको आवेदन प्रक्रिया सकिन्जेलसम्म मात्र मान्य हुनेछ।

नयाँ व्यवस्थाअनुसार यदि आवेदकले स्थायी बसोबासका लागि गरिएको आवेदन फर्म आई४८५ सँगै फर्म आई६९३ पेश गरेका छन् र सो आवेदन फिर्ता लिइन्छ वा अस्वीकृत हुन्छ भने, सो स्वास्थ्य परीक्षण रिपोर्ट स्वतः अमान्य हुनेछ। पुनः अर्को आवेदन गर्दा नयाँ स्वास्थ्य परीक्षण गराई नयाँ फर्म आई६९३ पेश गर्नुपर्नेछ।

यूएससीआईएसका अनुसार सार्वजनिक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्थायी बसोबास वा आप्रवासन सुविधाका लागि स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो। सामान्यतया, स्वास्थ्यसम्बन्धी अयोग्यता नरहेको प्रमाणित गर्न आई६९३ पेश गर्नुपर्ने हुन्छ।

यूएससीआईएसले स्वास्थ्य परीक्षण रिपोर्टको मान्यतामा गर्‍यो कडाइ

यूएससीआईएसले स्वास्थ्य परीक्षण रिपोर्टको मान्यतामा गर्‍यो कडाइ

यसअघि अप्रिल ४, २०२४ मा यूएससीआईएसले नीति परिवर्तन गरी नोभेम्बर १, २०२३ पछि हस्ताक्षरित स्वास्थ्य परीक्षण रिपोर्ट अनिश्चितकालसम्म मान्य हुने व्यवस्था गरेको थियो। उक्त निर्णयले आप्रवासन लाभका लागि भविष्यमा पनि सोही रिपोर्ट प्रयोग गर्न मिल्ने बनाएको थियो। सोही वर्ष डिसेम्बर २ मा नयाँ नियम लागू गर्दै स्थायी बसोबासको आवेदन गर्दा अनिवार्य रुपमा आई६९३ पेश गर्नुपर्ने बनाइएको थियो। तर, पछिल्लो समीक्षामा अप्रिल २०२४ को नीति अत्यधिक फराकिलो देखिएको र यसले सार्वजनिक स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने निष्कर्ष निकाल्दै यूएससीआईएसले पुरानो नीति खारेज गरेको हो। समयमै स्वास्थ्य परीक्षण र आवश्यक उपचार गराउने व्यवस्था मिलाउन यो नयाँ निर्देशिका जारी गरिएको यूएससीआईएसले जनाएको छ।





Source link

Leave a Comment