प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार
अमेरिकी ट्रम्प प्रशासनले यूएसएआईडीले सम्झौता गरेका ९० प्रतिशत परियोजनालाई रद्ध गरेको छ ।
अदालतमा पेश गरेको प्रतिवेदनमा ५ हजार ८०० परियोजनाहरु रद्ध गरिएको उल्लेख छ । तर ५ सय भन्दा बढी परियोजनाहरुलाई भने निरन्तरता दिइने सोही प्रतिवेदनमा उल्लेख छ ।
निरन्तरता दिइने परियोजनाको बजेट भने ५७ अर्व डलर रहेको छ ।
ट्रम्प प्रशासनले यूएसएआईडीले सम्झौता गरेका परियोजनाका अलावा विदेश मन्त्रालयबाट सम्झौता गरिएका ४ हजार १०० परियोजना पनि रद्ध गरिएको बताएको छ ।
विदेश मन्त्रालयबाट सम्झौता भएका २ हजार ७०० परियोजना भने कायम रहेका अदालतमा पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अहिले पनि २९७ परियोजनाको समीक्षा गर्न बाँकी रहेको प्रशासनले बताएको छ ।
विदेश अनुदान रोक्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध अदालतमा मुद्धा परेपछि प्रशासनले अहिलेसम्मको अवस्था अदालतमा जानकारी दिएको हो ।