यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल सुरुहुँदै , नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने



प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आज (आइतबार ) देखि सुरु हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो ३ बजे हुनेछ । गत वर्ष यु–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि टिममा आएका छन् ।

सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ ।

प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन्।

भारी वर्षालगायत प्रतिकूल मैदानका कारण समूह चरणका सबै खेल दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको थियो। मौसममा सुधार आए र पिच खेल्न योग्य भए सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने सम्भावना रहेको जनाइएको छ।

यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल सुरुहुँदै , नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने

नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ।

फाइनल भने भदौ १२ गते हुने तालिका छ।

एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ । नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् ।

त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School