आजकल युवाको कार्यक्रममा गएर युवाहरूलाई रिझाउन राजनीतिक दल, मन्त्रीहरु र उच्चपदस्थ कर्मचारीहरु व्यस्त छन् । हालको २५ औ युवा दिवसको नारा ‘दिगो बिकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिबृद्धि’ रहेको थियो । नेपालमा जनगणना २०७८ ले (१६–४०) उमेर समुहको जनसंख्या १,२४,१२,१७३ देखाएको छ। देशको कुल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा युवा जनसंख्या भएको हुँदा हामि इतिहासकै लाभदायी अवस्थामा छौं। इतिहासमै यत्तिको सक्रिय जनसंख्या बिरलै देशले पाएतापनी चरम निराशा र युवाहरुको चंचल स्वभावको कारण देशमै टिकाउन भने हम्मेहम्मे परेको अवस्था छ।
यो किसिमको डेमोग्राफिक डिभिडेन्ट अर्थात् जनसांख्यिक लाभांस बिरलै प्राप्त हुन्छ। कुनै पनि देशलाई विकसित गराउन , चलायमान गराउन र बाह्य आक्रमणबाट सुरक्षित गराउन चाहिने भनेकै जनसंख्या हो। त्यसमा पनि जोस, जाँगर, खुबी र उत्साहले ओतप्रोत भएको युवाहरुको जनसंख्याले ठूलो अर्थ राख्छ। युवालाई देशको रक्तसंचार भनिन्छ। पछिल्लो समय राजनीतिमा युवा सहभागिता भएन भनेरै बालेन्द्र शाहहरुको उदय भएको छ र आशातित काम पनि भएको छ।
युवाहरुलाई कार्यभार सुम्पिएमा पनि देश अघि बढ्न सक्ने रहेछ है भन्ने भाष्यलाई यथार्थमा परिणत गर्दै मेयर बालेन्द्र शाह लगायत देशैभर निर्वाचित भएका युवा जनप्रतिनिधि र रास्वपाका केहि सांसदहरुले आफ्नो खुबी देखाएको पाईन्छ । युवाका यत्रो जनसंख्या हुँदाहुदै आम युवाहरु देशमा मेरो स्थान कहाँ छ त ? युवाको प्रतिनिधित्व र हस्तक्षेप किन महत्वपुर्ण छ ? भनेर बुझ्न सकेको पाईदैन।
युवाहरु निरिह भएर देश छोड्ने सहज बाटो देख्नु चिन्ताको विषय हो। राज्यले पनि युवाकेन्द्रित भएर समयमै युवाको विश्वास जित्नुपर्ने चुनौती छ। यस आलेखमा युवाहरुको प्रतिनिधित्व र युवा सरोकारका मुद्दाहरु केके हुन् सक्लान बिस्तृतमा चर्चा गरिन्छ।
राजनीतिमा युवाको हस्तक्षेप ः हालै हाम्रो नजिकको छिमेकी मुलुक बंगलादेशमा युवाहरुको प्रदर्शन र शक्तिले त्यहाँको प्रधानमन्त्री नै देश छोडेर भारत शरण लिनुपर्ने स्थिति आयो। युवाहरुको आवाजको समयमै गम्भीर भएर चिन्तन मनन नगर्दा र युवाहरुलाई महत्व नदिनुले बिद्रोह बिश्वभर देख्न सकिन्छ। जेन–जी युवाहरुको विद्रोह भनेर बंगलादेशको घटनालाई लिइन्छ। नेपालको युवाहरुलाई पनि अन्य देशको घटनाले पक्कै पनि सकारात्मक हस्तक्षेप भएमा देशका बेतिथी र विसंगतीलाई हटाउन सकिनेमा बिश्वास दिलाउन सक्छ।
युवा विद्यार्थीहरुलाई आफ्नो इतिहास, समाज र देशप्रति गर्व गर्न लायक गराउनुपर्छ
अहिलेको जेन–जी ( सन् १९९५ देखि सन् २०१० भित्र जन्मिएका ) युवाहरु राजनीतिमा खासै नदिएको पाइन्छ । यी उमेरका युवाहरुमा अस्थिर स्वभाव पनि छ। संसारभर युवाहरुको भोट पाउन राजनीतिक दल क्रियाशील भएको देखिन्छ। युवाले आफ्नो भोटको महत्व कति हुन सक्छ भन्नेमा बेलैमा बुज्नपर्छ।
राजनीतिक दलहरुले पनि युवाको सरोकार , युवा प्रतिनिधित्व, युवालाई देशमै केहि गर्ने प्रेरणा, उधममैत्री वातावरण , युवामा राष्ट्रप्रेमको भावना जागृत गर्ने, युवाशक्ति र युवा उपस्थितिको महत्व बुज्न सक्नुपर्छ। यो गर्न नसके युवा जनसंख्याबाट लिनसकिने लाभबाट हामी बिमुख हुँदै जानेछौं भनेर बुज्नुपर्छ।
युवाका अधिकारट ः युवा आफैंमा केहि गर्न सक्ने कौतुहलता भएको , नेतृत्व लिन तत्पर , अनुसन्धान र खोजमा अग्रसरता लिने , बिषयबस्तुको जानकार , नेतृत्वदायी सिप क्षमता देखाउने र परि आएमा आक्रोश समेत देखाउने भएको देशको खम्बाको रुपमा लिने गरिन्छ। युवा पुस्ता चंचल स्वभावको हुने तर चुनौती लिन सक्ने पुस्ता हो। केहि कुरा आँट गर्न नडराउने , परिवर्तन गर्न र सो आत्मसात गर्ने पुस्तासमेत हो।
नेपालमा युवाहरुकै कारण देशमा प्रजातन्त्र , बहुदल हुँदै माओबादी सशस्त्र द्वन्द, गणतन्त्र , मधेस आन्दोलन , जनजाति आन्दोलन , दलित आन्दोलन , समावेशिता र नेपालको संबिधान ल्याउनसमेत योग्दान गरेको पाइन्छ। हाल देशको नेतृत्वदायी भुमिकामा पुगेकाले अहिलेको युवाको आक्रोश , युवा बहिगर्मन , युवाको शासकप्रति र देशको सिस्टमप्रतिको अविश्वास र नकारात्मक धारणालाई गलत साबित गर्न जरुरी छ ।
युवाको आवश्यकतामा केन्द्रित :
अहिले युवाहरुको जनसंख्या नेपालमा मात्र नभएर बिश्वभर बढि नै भएको समय हो। युवाहरुले सन्तान जन्माउन महँगी , मुद्रास्फिति , अनावश्यक खर्च लगायतका कारण तगारो हुँदा त कतै आफ्नै अनिच्छाले गर्दा जन्मदर घट्नाले निकट भविष्यमा नेपाल र विश्वभर प्रौडहरुको जनसंख्या बढ्ने प्रक्षेपण भएको पाइन्छ। छिमेकी मुलुक चीनसहित दक्षिण कोरिया र जापानमा यो समस्या देख्न सुरु भैसकेको छ। अहिले नै सामाजिक सुरक्षामा खर्बौ गएको छ युवालाई समयमै रोक्न सकेनौ भने सामाजिक सुरक्षामा भावी पुस्ताले बढि मिहिनेत गर्नुपर्ने हुन्छ।
जोस, जाँगर, खुबी र उत्साहले ओतप्रोत भएको युवाहरुको जनसंख्याले ठूलो अर्थ राख्छ
हाल नेपालको निजामति र सुरक्षा संयन्त्र र कर्मचारीवृत्त युवामय छ। यधपी तलब नै कम भएर पलायन भएको पनि देखिन्छ। निजामति कर्मचारी भएर पनि खर्च धान्न धौधौ परेर प्रत्येक वर्ष जागिर छोड्नेहरुको संख्या बढ्दोक्रममा छ ।
अहिले देशमै केहि गर्छु भनेर बसेकोलाई महँगीको मारले पिरोलेको छ जसले गर्दा बचत पनि धेरै हुन सक्दैन। नेपाली समाजको टडकभडक गर्ने , पैसा खर्च गर्ने रेमिट्यान्सको पैसा मनोरंजनमै उडाउने , देशमा काम गर्नेलाई सम्मान नगर्ने हेयको नजरले हेर्ने र विदेश गए सम्पन्न भइन्छ भन्ने भाष्यले नचाहेर पनि देशबाट युवा बहिर्गमन बढ्ने गरेको छ। यसो भन्दै गर्दा प्रत्येक वर्ष नेपाल फर्केर आउने पनि लाखौको संख्यामा छन्। विदेश गएमा आफ्नो न्यूनतम आवश्यकता , सामाजिक सुरक्षा , आफ्नो रहर र ईच्छा पुरा गर्न सकिने मोहले नेपालका उर्जावान युवालाई तान्ने गरेको पाइन्छ । त्यसैले युवाको आवश्यकतालाई केन्द्रबिन्दुमा राख्नु जरुरी छ।
शिक्षामा सुधारः–
युवालाई देशमै रोक्ने प्रमुख कडी भनेकै शिक्षामा सुधार हो। अहिले एसईइ र कक्षा १२ को नतिजाले विधार्थी र देशको सिकाई प्रणालीमै कतै खोट त होइन भनेर नीतिनिर्मातालाई झस्काएको छ। बिधार्थीहरुलाई आफ्नो इतिहास , समाज र देशप्रति कसरी गर्व गर्न लायक गराउनुपर्छ। ‘मै बनाउँछु मेरो देश’ भन्ने कार्यक्रम ल्याएर बिधार्थी र युवाहरुलाई सिप बिकास तालिम दिनु जरुरी छ। नेपालमा भएका अन्तराष्ट्रिय दातृ निकाय र सहयोग संस्थालाई यता लगानी गर्न आग्रह गर्न सकिन्छ।
शिक्षा मन्त्रालयबाट एनओसी लिनेहरु लाखौको संख्यामा छन् र खर्बौ रकम अध्ययनकै लागि बाहिरिएको छ। नेपालमा आइटी सेक्टरले ६० अर्बभन्दा बढिको निर्यातले सकारात्मक सन्देश दिएको पनि छ । यसमा देशको भविष्य उज्जवल देखिन्छ ।
देशमा त्रिभुवन बिश्वबिधालयको सुदृढिकरण गर्न र राजनीतिक हस्तक्षेपबिना काम गर्न दिनु जरुरी छ। अन्तराष्ट्रिय क्षेत्रमा विषयविज्ञता हासिल गरेका प्राध्यापकलाई क्वाटर र सेवासुविधा दिएर नेपालामा पढाउँन निम्त्याउन सकिन्छ। शिक्षा क्षेत्रमा ठुलै आमुल परिवर्तन गर्न , नयाँ कोर्स र पाठयक्रम बनाउँदै, प्राध्यापकको क्षमता विकास, देशको इतिहास धर्मसंस्कृतिलाई प्राथमिकता, अत्याधुनिक प्रविधि , एआई साथै पूर्वाधारमा लगानी गर्दै युग सुहाउँदो शिक्षाप्रणालीमा जोड दिनुपर्ने खाँचो छ ।
समाधानको उपाय : राजनीतिक दलहरुले युवाको न्युनतम आवश्यकता , राज्यबाट उपलब्ध गराउने सेवा समयमै उपलब्ध गराउने , विधिको शासन कायम गर्दै दण्डहिनताको अन्त्य गर्ने , न्याय व्यवस्था छिटोछरितो पार्ने , शान्ति–सुव्यवस्था कायम गर्ने, लगानीमैत्री वातावरण बनाउने , व्यवसायको थालनी गर्दा आइपर्ने प्रक्रियागत झन्झटको समाधान, श्रम गर्न सक्ने वातावरण निर्माण, कृषि र व्यवसाय गर्न प्रोत्साहन गर्ने , राजनीतिक स्थिरता कायम गराउने, व्यवसाय गर्न सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने, सरकारका कार्यालय र संस्थाको क्षमता बिकास गर्ने , पुर्वाधरामा लगानी गर्ने , पर्यटनमामा लगानी, युग सुँहाउदो शिक्षामा जोड दिने , प्रबिधिमा लगानी गर्ने , शिक्षा लगायत देशको सम्पुर्ण क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्नुजस्ता आजको प्रमुख आवश्यकता हो ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख नेपाली विदेश पुग्दा १२ लाख ६३ हजार व्यक्ति स्वदेश फर्केको रहेछन। राज्यको नीतिनिर्माताहरु आजकल गएको मात्र किन हेर्नुहुन्छ आएको पनि हेर्नुस् भन्दै जिम्मेवारीबाट पन्छिएको पाइन्छ। अहिले फर्किएकामध्य बिदेशबाट सिप सिकेर आएकालाई कसरी उत्पादन र अर्थतन्त्रमा जोड्ने भन्नेमा सरकारको ठोस् कार्ययोजना बनाउनु आवश्यक छ।
यसरी युवाहरुको सरोकार रोजगारी , गुणस्तर शिक्षा , महँगी न्यूनीकरण, व्यासायमैत्री वातावरण, कानुनको सबैले कडा पालना , दण्डहिनताको अन्त्य , काम गर्ने यथोचित वातावरण , कानुन र नीतिमा समसामायिक सुधार नै आजको मुख्य विषय हुन् । युवाहरुको बहिर्गमनले देशलाई त नोक्सान भएको छ नै सामाजिक वातावरण र पारिवारिक बिछोडले पनि अभिभावकलाई समेत नराम्रोसँग पिरोलेको छ। यसमा हामी सबै समय छँदै गम्भीर बनौं। नेपालामै अवसर छ भनेर उदाहरण सहित युवालाई आश्वस्त पारौ। यो गर्न नसके खेलकुदमन्त्रीले भनेजस्तै युवाहरु नेपालमै बस्न योग्य बनाउन नसकेसम्म युवा दिवसजस्ता दिवस मनाउनुको औंचित्य नहुने चाहिँ पक्कै हुन्छ।
(Visited 8 times, 1 visits today)