सबिन बाँस्कोटा, उमेर मात्र १८ वर्ष । काम भने एउटा अनुभवी र पाका मान्छेको भन्दा अब्बल । कक्षा ११ मा अध्ययनरत । उनी आफैंले बनाएको इलेक्ट्रिक मोटरसाइकल चढेर झण्डै १२ किलोमिटर टाढा बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय आइजाई गर्छन् । विज्ञान विषय लिएर अध्ययन गरिरहेका सबिनको दिनचर्या औसत नेपालीको भन्दा फरक छैन । झापाको बुद्धशान्ति– १ मा रहेको उनको घर सामान्य अवस्थाको छ । दिदीको विवाह भइसक्यो । ठुलोबुवा र ठुलीआमाको मृत्यु भएपछि उनीहरुका छोरालाई सानैदेखि बुवाले आफ्नै सरह पालनपोषण गरेकाले सबिनका एक दाजु छन् । बुवा कुलप्रसाद अटोरिक्सा चलाउछन् अनि आमा चेलीदेवी घरायसी काम सम्हाल्छिन् ।
बिहानीपख म उनको घर पुग्दा उनी एक्लै थिए । बुवा कुलप्रसाद र आमा चेलीदेवी काम विशेषले घरमा थिएनन् । उनी मेरै प्रतीक्षामा । घर चिटिक्क थियो । लाग्थ्यो, दिदीको विवाहपछि सरसफाइको काम पनि सबिन आफैंले गर्छन् । गाईबाख्रा उघ्राउँदै थिए । चुल्हो र अँगेनामा आगो निभिसकेको थियो । बिहानको खाना खाएपछिका भाँडाकुडा सफा भइसकेका थिए । माघ महिना नै भएपनि बुधबारे तातिसकेकाले उनी एउटा सर्ट र पाइन्टमा मात्र थिए । सिकुवामा राखेको खाटमा सँगै बसेर मैले उनी र उनको कामका प्रशंग कोट्याए । उनको मोबाइलमा आएको म्यासेज र कलको आवाज घर भित्रको साउन्ड बक्सबाट बाहिरिदै थियो । आवाज आउनासाथ उनी भन्थे, बारीमा काम गर्दा पनि सुनियोस् भनेर सिंधै साउन्डबक्समा जोडेको छु ।
उकालो लागेर आकाशमा उड्नु पर्ने प्लेन ओरालो लागेर भुईंमा बजारियो । पहिलो प्रयास असफल भएपछि उनले बुझे यो प्लेन बनेन, प्लेन जस्तो मात्र बन्यो । गाउँलेले पनि उनको प्रयासमा हौसला दिए । थप आँट आयो ।
पाँचथर गोपेटार पञ्चमीको सिबुवा (अहिले हिलिहाङ गाउँपालिका) बाट ८ वर्षअघि बुवाको कमिज समाउँदै तराईं झरेका हुन्, सबिन । अहिले बुधबारे कर्म क्षेत्र । बुधबारेमा नै उनले बाल्यकाल बिताए । जुँगाको रेखी बस्यो । स्वर बदलियो । किशोर अवस्था हुँदै अब उनी युवा पंक्तिमा उक्लने तरखरमा छन् । बुधबारे झरेपछि किशोरवयमा प्रवेश गरेका उनले गुच्चा खेलेर समय बिताएनन् । सुपारीको रुख चढेर खुट्टा मर्काएनन् । छिमेकीको बारीमा छिरेर कहिल्यै आँप चोरेनन् । हाँगा नै लुछेर लिची खाएनन् । बाल्यकालका स्वर्णिम सम्झनाहरु उनीसँग थोरैमात्र छन्, ती पनि रेडियो, टेलिभिजन, टर्चलाइट खोतलखातल पारेका, जोड्न नजानेका, बुवाआमाको गाली खाएका आदिइत्यादि । विद्युतीय सामग्रीसँग खेलेका मीठा–नमिठा थुप्रै याद र अनुभवलाई उनी सिकाइको पहिलो पाइलाका रुपमा लिन्छन् ।
सबिनको परिवारमा आयआर्जनका बाटा धेरै छैनन् । न बुवा न आमा नै जागिरे छन् । पहाडमा भएको घरजग्गा आफन्तको जिम्मा लगाएर तराईं झरेपछि भने बिस्तारै आयआर्जनको माध्यम खुट्टिँदै जाँदैछन् । थोरै जमिन किनेर टाउको ओताउने ठाउँ छ । अटोरिक्सा चलाएर आउने रकमले जेनतेन घर चलेको छ । आमालाई घरायसी कामबाट फुर्सद हुन्न । घरमा गाईबस्तु छन् । दुईचार वटा बाख्रा पालेका छन् । सानै भए पनि सुपारीको बगान छ । माटो कोट्याएर सागपात उमार्ने जमिन छ । अलिअलि गर्दै बाँस्कोटा परिवारको जीवन सहज बन्दैछ । त्यसमा एउटा उज्यालो भविष्य बोकेर सबिन पनि युवा अवस्थामा उक्लदैछन् ।
सबिनले सानैदेखि इन्जिनियर हुने सपना देखेका हुन् । सिबुवामा छिमेकीको घरमा रेडियो बज्दा, रेडियोभित्रका मान्छे हेर्ने रहर साँचेका हुन् । टेलिभिजनको पछाडी गएर लुकेको मान्छे हेर्ने प्रयास गरेका हुन् । छोराको रहर पूरा गर्न बुवाले ल्याइदिएको रेडियो र टेलिभिजन खोतलखातल पारेर मान्छे खोजेका पनि हुन् । फेरि जोड्न नजानेपछि साँझ बुवाआमाको कुटाइ र गाली दुवै खाए । दुःख गरेर जोगाएको रकमबाट किनेर ल्याएको रेडियो बिग्रिएपछि दुखेको बुवाको मन थुम्थुम्याउन सबिनले कक्षा प्रथम गरे । हातमा प्रथम भएको सर्टिफिकेट राखिदिएपछि आमाको अनुहारमा देखिएको खुशीको तरंगमा उनी पनि हराए । पढाइलाई पनि सँगै अगाडि बढाएका सबिनले आमाबुवाको पनि मन जित्दै गए । अनि सुरु भयो, सबिनको महायात्राको पहिलो अध्याय ।
यो पनि पढ्नुहोस्
के एक्लै खुसी छन् नेपाली महिला ?
ठ्याक्कै दिन याद छैन । तर सबिनले ८ वर्षको उमेरमा नै पेचकस समाएका हुन् । बुवाले किनेर ल्याएको रेडियोभित्रको किट हेरेका हुन् । मसिना तारलाई कसरी जोडेको रहेछ भनेर अध्ययन गरेका हुन् । सुरुमा ब्याट्री र पछि बिजुली जोडेपछि रेडियो बज्ने रहेछ भनेर थाहा पाएका हुन् । रेडियोभित्र छिरेर मान्छे बोलेको हैन रहेछ, त्यो त वेभबाट चल्ने रहेछ भनेर बुझेका हुन् । त्यतिबेलैदेखि उनले यस्तै डिभाइसहरु आफैं बनाउने सपना बुनेका हुन् । जीवनमा काम लाग्ने सामान आफैं बनाउने प्रण गरेका हुन् ।
पहाडमा रहँदा आयआर्जनको सीमित स्रोतले उनको सपना अगाडी बढाउन निकै कठिन थियो । आवश्यक सामग्रीको अभाव, नेटइन्टरनेटको पहुँच नहुनु, खरिदका लागि चाहिने रकमको अभावलगायतले यात्रा तय हुनै सकेको थिएन । छोराको काममा सानैदेखि पूर्ण साथ दिए पनि आमाले रकमको जोहो भने गरिदिन सकेकी थिइनन् । पहाडको खेतीपातीबाट वर्षदिनसम्म त खान नपुग्ने अवस्था थियो, कसरी बाँकी काम सहज बन्न सक्थ्यो र ? तरपनि खोरबाट बाख्रा बेचेर, एकमाना घिउ छिमेकीलाई दिएर भएपनि आमाले छोराका सानातिना सपना पूरा गर्ने आँट भने लिएकै थिइन् । तर समय सधैं एकनासको कहाँ रहन्छ र ? पाँचथरबाट झापाको बुधबारे झर्ने बुवाआमाको निर्णयले सबिनमा खुशी छायो । आफूलाई चाहिने सबै सामानको जोहो गर्न सकिने कल्पना गरे । आफ्नो सपना साकार भएको देखे ।
बुधबारेमा सुरुवाती दिनहरु सहज थिएनन् । नयाँ गाउँ, परिवेश, चर्को गर्मी, नयाँ छिमेकी, बाँस्कोटा परिवारलाई बुझ्नै झण्डै एक वर्ष लाग्यो । त्यसपछि भने जीवनले लय समात्यो । दाइ रोजगारीका लागि विदेशिए । बुवाले टायल र मार्बलको काम गर्न थाले । आमाको साथ र समर्थन थप बढ्यो । छिमेकीको वाइफाइ जोडेरर सबिनले सामान्य इलेक्ट्रिक सामान बनाउन थाले ।
स्पिकरले लामै समय काम गर्यो तर जब बिग्रियो उनले त्यसलाई आफ्नो पहिलो मेहेनतको रुपमा जतन गरेरै राखेका छन् । बेलाबेला झिक्छन् र हेर्छन् । यसले थप अगाडि बढ्न हौसला गर्छ । उनको घरभित्र प्रयोग हुने केही पावर बैंक त उनी आफैंले बनाएका छन् ।
बुधबारेमा उनले नमुना प्लेन, रोबोट, इलेक्ट्रिक मोटरसाइकल, सिसी क्यामेरा, स्पिकर (हुफर), पावर बैंक, कुलर, मिनी एसी, महिला सुरक्षाका लागि डिभाइस, अटोमेटिक ह्यान्ड सेनिटाइजर, टर्चलाइट, विभिन्न खेलहरुको विकास गरे । प्लाई काटेर उनले स्पिकरको बोर्डलगायत बनाए । घरवरपर सुन्न सकिने गरीको आवाज दिने स्पिकरमा उनले दिदीलाई रंग भर्न लगाए । स्पिकरले लामै समय काम गर्यो तर जब बिग्रियो उनले त्यसलाई आफ्नो पहिलो मेहेनतको रुपमा जतन गरेरै राखेका छन् । बेलाबेला झिक्छन् र हेर्छन् । यसले थप अगाडि बढ्न हौसला गर्छ । उनको घरभित्र प्रयोग हुने केही पावर बैंक त उनी आफैंले बनाएका छन् ।
स्कुल जान, बजारपसल गर्न उनीहरुको पहुँचमा साइकलमात्र थियो । काममा जाँदा बुवाले प्रयोग गर्ने होस् वा घरायसी प्रयोजनका लागि, साइकल एकमात्र माध्यम थियो । तर एक बिहान आँगनबाटै साइकल हरायो । दुःख गरेर जोहो गरेको साइकल चोरी भएपछि बुवाको अनुहारमा देखिएको पीडा उनले पढेँ । बुवा काममा जाने । आमा घरायसी काममा व्यस्त हुने । दिदी पनि स्कुल जाने । भनिन्छ नि खायो भने हैन पल्कियो भने डराउनु पर्छ । यसरी आफूले बनाएका अन्य सामानसमेत चोरी भयो भने के गर्ने भन्ने चिन्तामा उनी डुबे । एक बिहान उनले निर्णय गरे घरको रेखदेखका लागि सिसी क्यामेरा जोड्छु । त्यो पनि आफैंले विकास गरेको ।
सारा कुराको अध्ययन गरे । सिसीका लागि चाहिने एउटा क्यामेरा किने । त्यसमा प्रयोग हुने चिप्स बनाए र त्यसलाई क्यामेराको स्वरुप दिए । आफ्नो मोबाइलमा कनेक्ट गरे, अनि घरको सुरक्षाका लागि उत्तरतर्फ बाटो देखिने गरी झुन्ड्याइदिए । नेटमा जोडेपछि विश्वका जुनसुकै ठाउँबाट ३६० डिग्रीमा घुमाउन सकिने, बिना नेट र हार्डडिक्स चल्न सक्ने डिभाइसको विकास गरे । कुनै पनि चलायमान बस्तुको १० देखि १२ सेकेन्डसम्मको भिडियो यसले कैद गर्न र तस्बिर खिच्न सक्ने बनाए । उनले सिसीले खिचेको तस्बिर भने सिधैं आफ्नो मोबाइलमा आउने बनाए । म उनको आँगन छिर्दै गर्दा सिसीले खिचेको तस्बिर देखाएर मलाई नै छक्क बनाए ।
यो पनि पढ्नुहोस्
उनी घरबाट नजिकै रहेको त्रिभुवन माविबाट बुद्धशान्ति– २ मा रहेको आदर्श माध्यमिक विद्यालय पढ्न गए । स्कुल जाने आउने क्रममा सबिनलाई एक दिन साइकलको पाइडल चलाउन मन लागेन । जाँदा सामान्य ओरालो भएपनि फर्कदा भोकाएको पेट र थाकेको शरीरले पाइडल चलाउन सकेन । करिब ३ किलोमिटर टाढा रहेको विद्यालयबाट फर्केपछि उनले बल प्रयोग नगरी चल्ने साइकल बनाउने सोँचे, अनि सुरु भयो उनको इन्जिनियरको अर्को अध्ययन । राम्ररी नेट नचल्ने मोबाइल बोकेर उनी छिमेकीको आँगनमा कयौं घण्टा बसे । आफूलाई चाहिने सामानको फोटो डाउनलोड गरे । त्यसको मूल्य इन्टरनेटमा हेरे । खाजाका लागि छुट्याएको रकम बचाए । तेब्बर बढी रकम देखाएपनि आफूलाई चाहिने सामानको अर्डर गरे । घरको सिकुवामा बसेर उनले आफू सधैं चढ्ने गरेको साइकललाई ई–साइकलको रुप दिए । एउटा मोटर जोँडे । चार्ज ब्याट्री बनाए । बाइकको एक्सिलेटर साइकलमा प्रयोग गरे र साइकललाई प्रतिघण्टा २५ किलोमिटरसम्म चल्ने स्वरुप दिए । अब उनलाई स्कुल जान आउन सजिलो भयो ।

आठौं प्रयासमा जहाजको उडान
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछिको पत्रकार सम्मेलनमा तेन्जिङ नोर्गे शेर्पाले भनेका थिए, बारम्बारको प्रयासपछि एउटा प्रयासमा शिखरमा पुग्न सफल भए । भनिन्छ कि पढेर जान्नु कि परेर । सबिनले परेर सिके । तेन्जिङले झै सबिनले पनि पटक–पटकको प्रयासमा प्लेनको सफल परीक्षण गरे । परीक्षणका क्रममा पहिलो प्लेनमा देखिएको समस्या समाधान गर्दा दोस्रोमा नयाँ भेटियो । एकपछि अर्कोमा नयाँ–नयाँ समस्या आएपछि उनी सातौं प्रयाससम्म असफल भए । तर आठौं प्रयासमा उनको नमुना जहाजले भूईं छाड्यो र बुधबारेको आकाशमा दर्जनौं फन्का लगायो ।
जयपुरमा रहेको आदर्श माविमा भएको विज्ञान प्रदर्शनीमा उनले सहभागी हुने निर्णय गरे । तर के बनाएर सहभागी हुने ? यकिन थिएन । खोज्दै जाँदा उनी थर्मकोलको प्रयोग गरेर घर बनाउने निष्कर्षमा पुगे । घर बनाए, कोही व्यक्ति घरमा आयो भने अलार्म बज्ने गरी सेक्युरिटी सिष्टम जोडे, मोडल हाइड्रोपावरको प्रयोग गरेर बिजुली बाले । पानीको ट्यांकी बनाएर वाटर लेभल देखिने गरी इन्डिकेटर राखे । उनको यो घरले उबेला झापा जिल्लाभरी नै चर्चा पायो । अधिकांश स्कुलमा शिक्षकहरुले आफ्ना विद्यार्थीलाई उनकै उदाहरण दिए ।
यो पनि पढ्नुहोस्
त्यो युद्धमा मरें, यो युद्धमा बाँचें
उनको मन यत्तिमा सीमित रहेन । थर्माकोललाई प्रयोग गरेर अन्य के–के सामग्री बनाउन सकिन्छ भन्ने कुराको खोजी गरे । आमाको मोबाएलमा दुःखले जोडेको इन्टरनेटमा उनी घण्टौं हराउन थाले । धेरै दिनको खोजीपछि उनी थर्मकोलसमेतको प्रयोग गरेर नमुना प्लेन बनाउने निष्कर्षमा पुगे ।
बुधबारे बजारमा रहेका टिभी, फ्रिजका पसलमा थर्मकोलको खोजी गरे । सित्तैमा उनले पसलबाट थर्मकोल पाएँ । तर नमुना प्लेनका लागि चाहिने अन्य सामान जुटाउन उनले तेब्बर बढी रकम तिर्नु पर्यो ।
पहिलो पटक बनाएको प्लेन उडाएको हेर्न गाउँले पनि भेला भए । आफ्नै घर अगाडिको बाटोमा गरिएको पहिलो परीक्षणमा उनी असफल भए । प्लेनले राम्रोसँग उडान भरेन । लिप्टिङ नै बिग्रियो । उकालो लागेर आकाशमा उड्नु पर्ने प्लेन ओरालो लागेर भुईंमा बजारियो । पहिलो प्रयास असफल भएपछि उनले बुझे यो प्लेन बनेन, प्लेन जस्तो मात्र बन्यो । गाउँलेले पनि उनको प्रयासमा हौसला दिए । थप आँट आयो ।
पाइडल मारेर घर–स्कुल–घर गर्न उनलाई त्यति सहज भएन । साइकलमा पनि बाइकको हर्न जोडेका थिए । पार्किङमा राखेका बेला कक्षा नै डिस्टर्ब हुनेगरी जोकोहीले हर्न बजाइदिन थालेपछि उनले त्यसमा लक सिष्टम राखे । हर्नको समस्या समाधान भए पनि आइजाइको समस्या भने जस्ताको त्यस्तै थियो ।
पहिलो प्लेनमा देखिएको समस्या समाधान गरे र दोस्रो बनाए । प्लेन आकाशमै उड्यो तर उनको नियन्त्रण बाहिर गयो । फर्काएर उनीसम्म ल्याउनै सकेनन् । प्लेन धानबारीको हिलोमा भाँसियो । हरेस खाएनन् । तेस्रो बनाए, चौथो बनाए । पाँचौ प्रयासमा उनले प्लेनलाई आफूसम्म ल्याउन सफल भए तर दायाँबायाँ घुम्ने क्रममा अर्को समस्या देखियो । सेन्ट्रल अफ ग्रेभिटी (सिजी) मिलाउन, एलेरोन, एलिभेटरलाई कहाँ राख्ने भन्ने कुराको ज्ञान सुरुमा भएन । ब्रसलेट मोटर र प्रोपेलरबीचको ब्यालेन्स मिलाउन सकेनन् । एकपटक दुर्घटना भएपछि प्रोपेलर भाँचिने । यी सामानलाई कहाँ कसरी प्रयोग गर्नु पर्ने रहेछ भन्ने थाहा पाएनन् । पछि उनले अध्ययन गरे र यी सबै समस्याको समाधान निकाले । जतिबेला उनले सात वटा नमुना प्लेन बनाइसकेका थिए । आठौं प्रयासमा उनी देखिएका सबै समस्या समाधान गर्दै नमुना प्लेन उडाउन, दायाँबायाँ घुमाउन, ल्यान्ड गर्न सफल भए ।
अब भने आफ्नो कामलाई सबैसामु लैजानु पर्छ भन्ने सोँच मनमा आयो । घरबाट करिब १० मिनेटको दुरीमा रहेको त्रिभुवन माविको मैदानमा आठौं परीक्षण गर्ने तय भयो । त्रिभुवन माविका शिक्षकशिक्षिका, विद्यार्थी, छिमेकी र गाउँलेको उपस्थितिमा उनले विद्यालयको मैदानमा जहाज उडाए । माथि जहाज उड्दै थियो, तल उनको सफलतामा ताली बजिरह्यो । सफलताले किशोरावस्थाका सबिनमा हौसलाको तरंग सञ्चार भयो ।
आफ्नो वडामा रहेका सबिन र उनको कामबारे बुद्धशान्ति गाउँपालिकाले पनि चासो राख्यो । आफ्नो गहनाको रुपमा लिँदै सबिनले बनाएको प्लेनको प्रदर्शनीको चाँजोपाँजो गाउँपालिकाले मिलायो । सबिनले गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष, वडाध्यक्ष, सञ्चारकर्मी र स्थानीयको बाक्लो उपस्थितिमा जहाज उडाए । गाउँपालिकाले उनले गरेको कामको प्रशंसा गर्दै एक लाख नगदसहित सम्मान गर्यो । अध्यक्षसहितका पदाधिकारीले आगामी दिनमा उनको कामलाई स्थापित गराउन हरसम्भव प्रयास गर्ने बाचा गरे ।

साइकललाई परिमार्जन गर्दा ई–मोटरसाइकल
झापा भरेपछि स्कुल जानआउन उनलाई निकै कष्ट थियो । त्रिभुवन मावि नजिक रहे पनि कक्षा चढेसँगै आदर्श मावि आइजाइ गर्न २५ देखि ३० मिनेटसम्म लाग्ने भयो । तीन–चार महिना उनले दुःख गरे । तर पछि समस्या भएपछि बुवाले उनलाई साइकलको जोहो गरिदिए । तर पाइडल मारेर घर–स्कुल–घर गर्न उनलाई त्यति सहज भएन । साइकलमा पनि बाइकको हर्न जोडेका थिए । पार्किङमा राखेका बेला कक्षा नै डिस्टर्ब हुनेगरी जोकोहीले हर्न बजाइदिन थालेपछि उनले त्यसमा लक सिष्टम राखे । हर्नको समस्या समाधान भए पनि आइजाइको समस्या भने जस्ताको त्यस्तै थियो । अब उनले पाइडल मार्ने साइकलमा आफैंले बनाएको ब्याट्री प्रयोग गरे र किनेको मोटर जोडेर इलेक्ट्रिक साइकल बनाए । एकपटक फुल चार्ज हुँदा २५ किलोमिटरसम्म दौडने भयो । अब पाइडल चलाउन नपर्ने भयो । उनलाई आइजाइमा सहज बनायो तर मन भने साइकलबाट मोटरसाइलमा जम्प गर्यो ।
उनले बनाएको रोबोटले बम समेत डिस्पोज गर्न सक्छ । आवाजले कमान्ड गरेर बम पड्काउन सकिने फिचर यसमा जडान छ । हात, टाउको पनि चलाउन सक्ने गरीको फिचर त्यसमा जडान गरे ।
अब साइकललाई इलेक्ट्रिक मोटरसाइकल बनाउने निधो गर्दै सबिनले ग्यारेजबाट मोटरसाइकलको चेसिस किनेर ल्याए । काठमाडौंबाट सामान मगाए । खाली रहेको मोटरसाइकल गुडाउन आवश्यक पर्ने सबै समान भरे । केही आफैं बनाए । बाइक तयार भयो । उनले त्यहीँ बाइक प्रयोग गरेर धेरै काम लिए । स्कुल आईजाइ गरे । बुवाआमालाई पछाडी राखेर बजार आइजाइ गराए । दिदीलाई कलेजसम्म छाँडे । तर चेन सिष्टमको उक्त बाइकमा बारम्बार समस्या आइरह्यो ।
अनि सोँचे किन यसलाई आधुनिक ई–बाइक नबनाउने ? उनले बाइकको बढीलाई नयाँ स्वरुप दिए । ब्याट्री जोडे । पछाडिको चक्कामा हब मोटरको प्रयोग गरे । बाइकभन्दा हलुका बनाए । एकपटक फुल चार्ज गर्यो भने ६० देखि ७० किलोमिटरसम्म दौडने भयो । करिब ५० हजार रुपैयाँमा बाइक तयार पारेको उनको भनाइ छ । अहिले उनी त्यहीँ बाइक चढ्छन् । बिजुली खर्च पनि अत्यन्तै न्यून, यात्रा गर्न पनि सहज, दंग छन् सबिन ।

महिला सुरक्षाका लागि डिभाइस
सबिन समाचारहरुमा पनि उत्तिकै चासो राख्छन् । पछिल्लो समय सार्वजनिक भइरहेका महिला सुरक्षासम्बन्धी समाचारले उनलाई खुबै छोएको रहेछ । किन आफैंले डिभाइस बनाएर उनीहरुको सुरक्षाको लागि प्रयोग नगर्ने ? उनले अध्ययन थाले ।
खोजी गर्ने क्रममा बिग्रिएको एडप्टर उनको हात लाग्यो । त्यसमा अन–अफको बटम राखे । चार्ज गर्ने सिस्टम बनाए । चार सय भोल्टसम्म करेन्ट फ्याल्न सक्ने डिभाइसको प्रयोग गरे ।
कसरी प्रयोग गर्ने त ? सजिलो रहेको सबिन बताउँछन् । जब कुनै महिला आफू असुरक्षित भएको महसुस गर्छे, तब बटम थिचिराख्ने र डिभाइसले नजिक रहेको व्यक्तिलाई छोइदिने । यसले उसलाई झड्का लाग्ने र सचेत हुने उनी बताउँछन् । यसले दोस्रो व्यक्तिलाई भने करेन्ट नलाग्ने उनको दाबी छ । सम्बन्धित व्यक्तिले महिलाको हात नै समाएको भएपनि दोस्रो व्यक्तिमा करेन्ट ट्रन्सफर नहुने डिभाइस उनले बनाएका हुन् ।

आवाजले नियन्त्रण गर्ने रोबोट
सबिनको अर्को आविष्कार हो, रोबोट । यसलाई आजावका साथै रिमोटबाट पनि नियन्त्रण गर्न सकिन्छ । दायाँबायाँ, अगाडिपछाडि जान सक्ने फिचर राखे ।
रोबोट निर्माणमा भने उनले धेरै रकम खर्चेका छैनन् । आर्डिनो चिप्स किनेर कोड जेनेरेट गर्दै उनले त्यसलाई परिस्कृत गरे । गुगलमा कोड जेनेरेट गर्दै चिप्समा अपलोड गरेपछि आफ्नो निर्देशन मान्ने बनाए । मुख्य समास्या नै उनले समाधान गरेपछि प्लाइको प्रयोग गरेर मानिसको आकार बनाए र त्यसमा आर्डिनो चिप्ससहितका सामग्रीको प्रयोग गरे ।
यो पनि पढ्नुहोस्
इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए
उनले बनाएको रोबोटले बम समेत डिस्पोज गर्न सक्छ । आवाजले कमान्ड गरेर बम पड्काउन सकिने फिचर यसमा जडान छ । हात, टाउको पनि चलाउन सक्ने गरीको फिचर त्यसमा जडान गरे ।
अहिले पनि उनी रोबोटमा काम गर्दैछन् तर आधुनिक र बढी फिचर गरिएको रोबोट । सुरुमा बनाएको रोबर्डका सबै फिचरसहित अहिले आफूसँग दोहोरो कुरा गर्न सक्ने रोबोटको निर्माण उनले गरिरहेका छन् । यो प्राजेक्टमा ८० प्रतिशत काम सकिएको उनको भनाइ छ ।

कार निर्माणको अपुरो सपना
बाइकपछि उनको योजना कारमा पुग्यो । बाइक बनाउन सकिन्छ भने कार किन सकिन्न र ? उनको खोजी यसमा केन्द्रित भयो । उनले सामान जुटाउन थाले । घरको आर्थिक अवस्थामा केही सुधार भएको थियो भने प्लेन उडाएबापत गाउँपालिकाले गरेको थोरै सहयोग सारथी बन्यो । उनको घरमै वाइफाइ जोडिएको थियो । पुरानै भए पनि उनको हातमा स्मार्ट मोबाइल थियो । इन्टरनेटको पहुँच पनि ।
कारका लागि आवश्यक सामग्रीको जोहो सुरु गरे । करिब २ महिनाको प्रयासपछि आफूलाई चाहिने सबै सामान जुटाए । अनि सुरु भयो उनको ड्रिम प्रोजेक्ट । कारको आधार तयार पारे । त्यसमा बाइकको १५० सिसीको इन्जिन प्रयोग गरे । ब्रेक हाले । क्लच राखे । हेन्डिल जडान गरे । अगाडि र पछाडि चक्का जोडे । थप २ महिनाको मेहेनतपछि उनले आफ्नो मेहनतलाई कारको आकार दिए । गुड्ने भयो । करिब २ सय किलोमिटर गुडाएर परीक्षण पनि गरे ।
गाडी त गुड्यो तर शरीर थिएन । थन्क्याएर राखेपछि केही दिनमै इन्जिनसहितका सामानमा खिया लागेर समस्या देखियो । त्यसको मेन्टिनेन्सका लागि रकम अभाव भयो । रकम अभावमा अहिले उनले गाडी घर पछाडिको टहरामा पार्किङ गरेका छन् । आवश्यक रकम जुटे आफैंले बनाएको गाडीमा हुँइकिने सपना उनको छ तर सपना अपुरो रहने हो कि भन्ने चिन्ता छ ।

के बन्ने उद्धेश्य छ त ?
अहिले भने सबिन आफ्नो कामले चर्चा पाउँदै गएकोमा दंग छन् । हिजोसम्म आँगनमा सीमित भएको उनको कामको चर्चा अहिले वडा, गाउँपालिका हुँदै प्रदेशसम्म पुगेको छ । गाउँपालिकाले दिएको प्रोत्साहनले उनमा हौसला थपिएको छ । नयाँ सामग्री निर्माणका लागि निवेदन दिए गाउँपालिकाले आर्थिक सहयोग गर्नेसम्मको वातावरण बनेको उनको विश्वास छ ।
यो पनि पढ्नुहोस्
अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा
गाउँपालिकाले पनि उनको कामलाई सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि पहल गर्ने आश्वासन दिएको छ । आफ्नो कामले राष्ट्रव्यापी चर्चा पाओस् र दैनिक जीवनका लागि उपयोगी सिद्ध होस् भन्ने चाहाना उनीमा छ । उनी इन्जिनियर बन्ने सोँचमा छन् । विज्ञान विषय लिएर बिर्तामोडमा कक्षा ११ मा अध्ययन गरिरहेका छन् । इन्जिनियरिङमा भने कुन विषय लिएर पढ्ने भन्ने निर्णयमा उनी पुगेका छैनन् । भन्छन्, अब १२ कक्षा पास गरौं । त्यसपछि समय र अनुकुल हेरेर विषय छान्छु ।
अन्तर्वार्ता

अनिल वाग्ले, वडाध्यक्ष, बुद्धशान्ति– १, प्रवक्ता बुद्धशान्ति गाउँपालिका झापा
युवा इन्जिनियर सबिन बाँस्कोटाबारे वडा र वडाध्यक्षको धारणा के छ ?
सबिन एक सम्भावना बोकेका युवा इन्जिनियर हुन् । उनको क्षमताको सही प्रयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । किनकि उनको दिमाग तेज छ तर पारिवारिक आर्थिक अभावले सोचेको गर्न सकिरहेका छैनन् । सबै मिलेर उनलाई उचित अवसर र स्थानमा पुर्याउनु पर्छ । त्यसको लागि म मेरो व्यक्तिगत तथा कार्यालयगत भूमिका निर्वाह गर्नेछु ।
सबिनको प्रोत्साहनका लागि गाउँपालिकाले के गरिरहेको छ ?
प्रोत्साहनका लागि गाउँपालिकाले उनले निर्माण गरेका उपकरणहरूको प्रदर्शनी गरेको छ । उनको क्षमताको प्रचार गरेका छौँ । आर्थिक अवस्था कमजोर भएका उनलाई प्रोत्साहन गर्न १ लाख रूपैयाँ प्रदान गरेका छौँ । उनलाई सही ठाउँमा पुर्याउन अहिले पनि पहल भइरहेकै छ ।
सबिनले जेजस्ता सामान बनाइरहेका छन्, त्यसको प्रवर्द्धनका लागि गाउँपालिकासँग कुनै योजना छ ?
पालिकाले स्वामित्व ग्रहण गर्ने भन्दा पनि उनलाई आफ्नो क्षमता प्रयोग गर्ने ठाउँमा पु¥याउन जरूरी छ, त्यो कोशिसमा छ अहिले पनि पालिका । यस्ता क्षमतावान् व्यक्तिलाई सम्बन्धित विषयमा तालिमसहित काम हुने संस्था वा ठाउँमा पुर्याउन सकियो भने मात्र न्याय गरेको ठहरिन्छ । उनी अब वडा तथा पालिकाको मात्र सम्पत्ति होइनन् सिङ्गो देशकै सम्पत्ति हुन् । राज्यको तीनै तहले सहयोग गरेर उनलाई अवसर प्रदान गर्नु पर्छ, यसमा ढिलो गर्नुपनि हुन्न भन्ने लाग्छ ।
नयाँ आविष्कार र प्रयोगका लागि रकम नभएको कुरा गर्दै छन् । आर्थिकरुपमा सहयोग गर्न सक्ने अवस्था गाउँपालिकाको छ कि छैन ?
पलिकाले उनलाई आर्थिक सहयोग गरेको छ । अझ थप आविष्कार र प्रयोगका लागि रकम नपुग भएको कुरा उनी र परिवारबाट पनि आइरहेको छ । यसअघि पालिकाले उनलाई हौसला र प्रोत्साहन गर्न रु १ लाख रुपैयाँ सहयोग गरेको थियो । हामीले बुझेका छौँ उनको पारिवारिक आर्थिक अवस्था कमजोर छ । आर्थिक अवस्थाकै कारण उनको क्षमता दक्षतामा बन्देज हुनुहुन्न । सबै पक्ष लागेर उनलाई लक्ष्यमा पुर्याउन जुट्नु पर्छ, सबै जुट्न मेरो पनि अनुरोध छ ।
उनले बनाएका सामग्रीलाई स्थानीयको दैनिक जीवनसँग जोड्न सकिन्छ कि सकिँदैन ?
उनले निर्माण गरेका सामान उपयोगी छन् । ठूलो ब्लकमा उनले उत्पादन गरेका सामान निर्माण गर्नुपर्छ । राज्यले ती सामानलाई थप गुणस्तरीय प्रभावकारी बनाउन सहयोग गर्दै ती सामानलाई बजारमा लैजान राज्यले कानुनी बाटो खोली दिनुु पर्छ ।

सुरेन्द्र बस्नेत, उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्
सबिन बाँस्कोटाजस्ता क्षमतावान युवा देशमा प्रसस्तै छन् । उनीहरूका लागि के गरिरहेको छ परिषद् ?
निश्चय नै सबिन बाँस्कोटा जस्ता प्रतिभावान् युवा देशभर लुकेर वसेका छन् । उनीहरूले उपयुक्त अवसर, वातावरण र मौका पाए भने देश र समाजलाई महत्वपुर्ण योगदान गर्न सक्छन् । त्यसका लागि तिनै तहका सरकारले उचित ध्यान दिन जरुरी छ । यसखालका नविनतम् सोच र आविष्कार गर्न सक्ने युवाहरुलाई पहिचान गर्ने र उनीहरुको सोचलाई उद्यमसम्म पुर्याउन परिषदले युवा वैज्ञानिक सम्मेलन गर्ने, इन्कुवेसन सेन्टर सञ्चालन गर्ने, उद्यमशीलताको तालिम दिने र नवप्रवर्तनात्मक सोचलाई राष्ट्रिय जीवनमा पुर्याउन सहजीकरण गर्ने जस्ता काम गर्दै आएको छ।
उनको इन्जिनियर बन्ने सपना छ र सोहीअनुसार अध्ययन गरिरहेका छन् । भोलिका दिनमा सबिन जस्तै क्षमता भएका युवालाई देशमै बसाउन के छ योजना ?
हाम्रा युवाहरुलाई कविता भनेर वा भाषण गरेर मात्र देशभित्र अड्याउन सकिन्न। कुराले मात्र चिउरा भिज्दैन। त्यसैले देशभित्रै युवालाई आशा, भरोसा र विश्वास जगाउनुपर्छ। यसका निम्ति ठोस योजना, बजेट र कार्यक्रम चाहिन्छ। बिलक्षण क्षमता भएका युवाहरुलाई अलग्गै छनौट गरेर उनीहरुलाई इन्कुवेसनमा राख्नुपर्छ। राज्यले युवाका क्षमता पहिचान गरी त्यसलाई उजागर हुने वातवरण वनाउनुपर्छ। हामी त्यसका निम्ति सकेको आफुले गर्ने र नसकेको कामका लागि सम्वन्धित निकायसंग जोडिदिने काम गर्छौं।
सबिनसँग केही प्रोजेक्ट छन् जुन आर्थिक अभावमा रोकिएका छन् । ती प्रोजेक्टलाई पूरा गराउन परिषद्को सहयोग के कस्तो रहन सक्छ ?
युवाका क्षमता र अपेक्षाका तुलनामा हाम्रा स्रोत र साधनको ब्यापक सीमितता छ। हामीले चाहेर पनि कतिपय काम गर्न सकेका छैनौं। त्यसमा वजेट र कार्यविधि वाधक भएर आइदिन्छ। यसका वावजुद पनि हामी त्यस खालका युवाहरुलाई आवश्यक सहजिकरण गर्न प्रयत्नशील रहन्छौं।
राजनीतिक कारणले पनि क्षमता भएका केही युवाहरु पलायन भएका उदाहरण देशमा छन् । सबिन जस्तै अहिलेको युवालाई ढुक्क बनाउन सक्नु हुन्छ ?
वैज्ञानिक सोच र क्षमता भएका सबिनजस्ता युवालाई देशभित्रै आशा जगाउन सकिएन भने हामी असफल राज्य हुन्छौं। त्यो गर्नैपर्छ। हाम्रा ऐन, कानुन र कार्यविधि वढो झन्झटिला छन्। तिनलाई सहज र सरल वनाउंदै हाम्रो योजना आयोग, युवा मन्त्रालय, उद्योग मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, परिषद्, नास्ट, विश्वविद्यालयहरु सवैको एकीकृत प्रणाली मार्फत् युवालाई आश्वस्त पार्नुपर्छ।

अम्बिका श्रेष्ठ, प्रधानाध्यापक, देवी मावि, बिर्तामोड
“सबिन भाइ अत्यन्तै मेहनती र इमान्दार छन् । यस्ता युवालाई खोजेर आफ्नो सरकारले संरक्षण गर्नुपर्छ । सरकारले आफ्नै खर्चमा अझ के-के गर्न सक्छन् भन्ने कुरा जानकारी लिएर उनलाई सपोर्ट गर्नुपर्छ । उनी भित्र भएको क्षमतालाई प्रस्फुटन गराई देश विकासमा सहयोग पु¥याउन लगाउनु पर्छ । सविन अरु विद्यार्थीभन्दा फरक क्षमताका विद्यार्थी हुन् । विद्यालयले छात्रवृत्ति पनि दिएको छ। कहिले वाईक त कहिले रोबोट बनाई उनी विद्यालयमा पनि ल्याउने गर्छन् । उनीसँग अतभुत क्षमता छ तर आर्थिक अवस्था कमजोर छ । त्यसैले प्रतिभा लुकेर बस्नु परेको अवस्था छ। सरकारले भविष्यमा यस्ता व्यक्तिलाई सामग्री उत्पादनमा अझ प्रेरणा दिँदै समर्थन गरे देशलाई फाईदा हुने थियो । भोलि यस्दा व्यक्ति देश भित्र नै बस्ने थिए ।”