युरो कप उपाधिका लागि स्पेन र इङ्ल्याण्ड आम्नेसाम्ने हुदै

युरो कप उपाधिका लागि स्पेन र इङ्ल्याण्ड आम्नेसाम्ने हुदै



प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्याण्ड आम्नेसाम्ने हुदैछन । नेपाली समय अनुसार १७औं संस्करणको फाइनल खेल आज राति पौने १ बजे बर्लिनमा हुनेछ।

उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इङ्ल्याण्डबीच खेल हुनेछ। दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुगेका टोली हुन्।

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् । स्पेनले अहिलेसम्म तीन पटक उपाधि जितेको छ । यसपटक जितेमा उसले सर्वाधिक चार पटक उपाधि जित्नेछ ।

त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्यान्ड अघिल्लो संस्करणमा इटालीसँग फाइनलमा पराजित भएको थियो ।

बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो।

युरो कप उपाधिका लागि स्पेन र इङ्ल्याण्ड आम्नेसाम्ने हुदै

यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो।

स्पेनको जितमा महत्वपूर्ण गोल गरेका १६ वर्षीय लेमन यामल युरो इतिहासमै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै चर्चामा छन् ।

युवा र अनुभवी खेलाडीको समिश्रण रहेको स्पेनले समुहमा शतप्रतिशत जित निकाल्दै नकआउटमा स्थान बनाएको थियो। फाइनलसम्म आउँदा ६ खेलमा स्पेनले १३ गोल गर्दा ३ गोल व्यहोरेको छ।

युरो कप उपाधिका लागि स्पेन र इङ्ल्याण्ड आम्नेसाम्ने हुदै

युरोकपको दोस्रो संस्करण सन् १९६४ मा पहिलो उपाधि जितेको स्पेनले २००८ र २०१२ मा लगातार २ उपाधि जितेको जितेको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा सँधै दाबेदार मानिए पनि उपाधिको आधारमा भने इङ्ल्याण्ड खासै सफल टोली होइन।

सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेयता इङ्लिस टोलीले कुनै पनि ठूला उपाधि जित्न सकेको छैन्।

स्पेन र इङ्ल्याण्डबीच अहिलेसम्म २७ खेल हुँदा स्पेनले १० र इङ्ल्याण्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी भएका छन्। पछिल्लो पटक यी दुईबीच २०१८ मा नेशन्स लिगमा भएको भेटमा इङ्ल्याण्ड विजयी भएको थियो।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School