प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

युरोपेली संघ (इयू)ले एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्सलाई डिजिटल सर्भिसेस एक्ट उल्लङ्घन गरेको भन्दै १४० मिलियन डलर जरिवाना गरेको छ। एक्स इयूको नयाँ डिजिटल कानुनअन्तर्गत सजाय पाउने पहिलो कम्पनी बनेको हो।
इयूका नियामकहरूका अनुसार एक्सले प्लेटफर्ममा गलत सूचना, हेरफेर र अवैध गतिविधि रोक्न आवश्यक सुरक्षा उपायहरू अपनाउन असफल भएको थियो। विशेषगरी, धोकेबाज डिजाइन, अस्पष्ट विज्ञापन प्रक्रिया र अनुसन्धानकर्तालाई सार्वजनिक डेटा नदिएको आरोप लगाइएको छ।
युरोपेली आयोगकी उपाध्यक्ष हेना विरक्कुनेले भनिन्, “ब्लू–चेकमार्कमार्फत प्रयोगकर्तालाई झुक्याउने, विज्ञापनबारे सूचना लुकाउने र अनुसन्धानकर्तालाई रोक्ने कार्य इयूमा स्वीकार्य छैन।”
कम्पनीले भने घटनाबारे प्रतिक्रिया दिएको छैन। मस्कले फैसलाविरुद्ध अदालतमा अपिल गर्न सक्नेछन् ।
१२० मिलियन यूरो बराबरको यो जरिवाना मस्कको विशाल सम्पत्तिको तुलनामा सानो भए पनि यो इयू–अमेरिका सम्बन्ध संवेदनशील रहेको बेला आएको हो।
ट्रम्प प्रशासनले डिजिटल सर्भिसेस एक्टलाई अमेरिकी टेक कम्पनीमाथिको हमला बताउँदै आलोचना गर्दै आएको छ।
अमेरिकी उप–राष्ट्रपति जेडी भान्सले पनि सजाय अघि नै इयूको आलोचना गर्दै भनेका थिए, “इयूले अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्नुपर्छ । अमेरिकी कम्पनीमाथि यस्तो निरर्थक कदम होइन।”
भान्सको भनाइप्रति मस्कले “धेरै प्रशंसनीय” भन्दै प्रतिक्रिया दिएका थिए।
इयूले एक्सविरुद्ध अर्को व्यापक छानबिन पनि अघि बढाइरहेको छ, जसमा कम्पनीको प्रयोगकर्ताद्वारा सिर्जित सामग्रीको निगरानीमा लापरवाहीबारे अध्ययन भइरहेको छ।
नियामकहरूका अनुसार एक्सले विज्ञापनदाताको पारदर्शी डाटाबेस नबनाएको र अनुसन्धानका लागि आवश्यक डाटा नदिएको समेत नियम उल्लङ्घन हो।
यस्तै, टिकटकले भने आफ्ना विज्ञापन डाटाबेस सुधार्न सहमति जनाएर इयूको जरिवानाबाट बच्न सफल भएको छ। डिजिटल सर्भिसेस एक्टका अनुसार, नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना गर्न सकिन्छ। एक्स, मस्कको निजी स्टार्टअप एक्स एआई अन्तर्गत रहेकाले यसको राजस्व सार्वजनिक गरिँदैन।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
