युनाइटेड हेल्थकेयर सीईओ ब्रायन थम्पसनको हत्याका संदिग्ध पेन्सिलभेनियामा पक्राउ



प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार

युनाइटेड हेल्थकेयर सीईओ ब्रायन थम्पसनको हत्याका संदिग्ध पेन्सिलभेनियामा पक्राउ  परेका छन् । पेन्सिलभेनियाको आल्टुनामा २६ वर्षीय लुइजी माङ्गियोनलाई पक्राउ गरिएको छ। उनी मेरिल्याण्डका बासिन्दा हुन्।

माङ्गियोनलाई आल्टुना प्रहरीद्वारा पक्राउ गरिएको थियो। सोमबार बिहान ग्रेहाउन्ड बसबाट ओर्लिएर उनी स्थानीय म्याकडोनाल्ड्स गएका थिए, जहाँ एउटा प्रत्यक्षदर्शीले उनलाई प्रहरीद्वारा सार्वजनिक गरिएको तस्बिरसँग मिल्दोजुल्दो पहिचान गरे। म्याकडोनाल्ड्सको कर्मचारीले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरियो।

माङ्गियोनबाट ९ एमएम गोलि फायर गर्न सक्ने घोस्ट गन र सप्रेसर बरामद गरिएको छ, जुन हत्यामा प्रयोग गरिएको हतियारसँग मिल्दोजुल्दो छ। हतियार सम्भवतः ३ डी प्रिन्टरमार्फत बनाइएको हुनसक्ने प्रहरीको भनाइ छ।

उनका साथमा तीन पृष्ठको हस्तलेख पनि फेला परेको छ, जसले उनको उद्देश्य र मानसिक अवस्थाबारे संकेत गर्दछ। हस्तलेखमा कर्पोरेट अमेरिकाप्रति वैरभाव प्रकट भएको प्रहरीको भनाइ छ।

युनाइटेड हेल्थकेयर सीईओ ब्रायन थम्पसनको हत्याका संदिग्ध पेन्सिलभेनियामा पक्राउ

त्यस्तै उनीसँग नक्कली न्यु जर्सीको परिचयपत्र पनि फेला परेको छ, जुन न्युयोर्क सिटीको एक होस्टलमा चेक इन गर्दा प्रयोग भएको थियो।

गत बुधबार बिहान न्युयोर्क हिल्टन मिडटाउन होटल बाहिर सीधा टाउकोमा गोली प्रहार गरी  युनाइटेड हेल्थकेयर सीईओ थम्पसनको हत्या गरिएको थियो।प्रहरीले घटनास्थल र आसपासबाट विशाल प्रमाण सामग्री र सयौं घण्टाको भिडियो फुटेज संकलन गरेको छ। हत्यापछि संदिग्धले साइकल चढेर सेन्ट्रल पार्क हुँदै माथिल्लो पश्चिमतर्फ भागेका थिए र त्यहाँबाट बस चढी न्युयोर्क सिटी छोडेका थिए।

पक्राउपछि युनाइटेड हेल्थ ग्रुपका प्रवक्ताले आजको पक्राउले ब्रायनको परिवार, साथीहरू र सहकर्मीहरूलाई केही राहत मिलोस् भन्ने आशा राखेको र प्रहरीसँग यस अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताउनु भयो । थम्पसनको हत्याले कर्पोरेट समुदायमा ठूलो प्रभाव पारेको छ। हाल प्रहरी संदिग्धको न्युयोर्कदेखि पेनसिल्भेनियासम्मको गतिविधि पत्ता लगाउन तदारुकताका साथ अनुसन्धान गरिरहेको छ।

युनाइटेड हेल्थकेयर सीईओ ब्रायन थम्पसनको हत्याका संदिग्ध पेन्सिलभेनियामा पक्राउ





Source link

Leave a Comment