युद्धविराम सम्झौतापछि पनि आक्रमण नरोकिएपछि ट्रम्प आक्रोशित, भने – ‘म खुसी छैन’



प्रकाशित मिति : असार १०, २०८२ मंगलबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगको युद्धविराम सम्झौतापछि पनि आक्रमण जारी राखेको भन्दै कडा आलोचना गरेका छन्। उनले इजरायल र इरान दुवैले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

ट्रम्पले सोसल ट्रुथमा पोस्ट गर्दै मंगलबार घोषणा गरेका थिए, “युद्धविराम अब लागू भइसकेको छ। कृपया यसको उल्लङ्घन नगर्नुहोस् !”तर, केही घण्टामै उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले सम्झौता गरेपछि इजरायलले तुरुन्तै बम खसाल्न थाल्यो । यस्तो बम वर्षा मैले कहिल्यै देखेको थिइनँ। अहिलेसम्मकै ठूलो आक्रमण थियो। मलाई इजरायलसँग खुसी लागेको छैन।”

उनले थपे, “इजरायलले सम्झौतापछि तुरुन्तै भारी आक्रमण गर्‍यो। अहिले त उनीहरू भन्छन् एकवटा रकेट खस्यो भनेर प्रतिक्रिया दिइएको हो। त्यो त हामीले चाहेको अवस्था होइन।”

युद्धविराम सम्झौतापछि पनि आक्रमण नरोकिएपछि ट्रम्प आक्रोशित, भने – ‘म खुसी छैन’

युद्धविराम सम्झौतापछि पनि आक्रमण नरोकिएपछि ट्रम्प आक्रोशित, भने – ‘म खुसी छैन’

ट्रम्पले इजरायलले अत्यधिक प्रतिक्रिया दिएको र इरानले पनि युद्धविराम पालना नगरेको स्पष्ट पारे । उनले भने, “इरान र इजरायल यति लामो समयदेखि लडाइँमा छन् कि अब उनीहरूलाई के गरिरहेछन् भन्ने नै थाहा छैन।”

इजरायली रक्षा मन्त्री इस्राएल काट्सले मंगलबारै पुष्टि गरेका थिए कि तेहरानस्थित इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गर्ने आदेश दिएका थिए। उनले आरोप लगाए कि इरानले युद्धविरामको “खुला उल्लङ्घन” गर्दै इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो।

तर, इरानले ती आरोप अस्वीकार गर्दै कुनै पनि मिसाइल प्रक्षेपण नगरेको बतायो । इरानी अधिकारीहरूले इजरायलले युद्धविराम लागू हुने समयभन्दा डेढ घण्टा पछि पनि आक्रमण जारी राखेको आरोप लगाएका छन्।

https://www.youtube.com/watch?v=videoseries

पत्रकारद्वारा ‘के तपाईं इरानमा शासन परिवर्तन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट भने, “हैन। यदि त्यस्तो भयो भने त्यो अर्कै कुरा हो तर म चाहन्न। म चाहन्छु कि सबै कुरा यथासक्य छिटो शान्त होस्।”

उनले थपे, “शासन परिवर्तनले अराजकता ल्याउँछ। र हामी अझ अराजकता चाहँदैनौं। त्यसैले हेर्नु छ अब के हुन्छ।”

युद्धविराम सम्झौतापछि पनि आक्रमण नरोकिएपछि ट्रम्प आक्रोशित, भने – ‘म खुसी छैन’





Source link

Leave a Comment