युद्धविराम विस्तार गर्न इजरायल सहमत, हमासले खोज्यो अमेरिकाको ग्यारेण्टी



प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

इजरायल र हमासबीचको युद्धविराम लम्बिएको छ । युद्धविरामको पहिलो चरण शनिबार सकिएपछि अमेरिकी विशेषदूत स्टीव विटकोफको कार्ययोजनालाई इजरायलले स्वीकृति प्रदान गरेपछि इजरायल युद्धविराम लम्बाउन सहमत भएको हो । यो युद्धविराम ४२ दिन कायम रहने छ ।

मुश्लिम समुदायको रमजान र यहूदी समुदायको पासोबर जस्ता पर्वहरुलाई लक्षित गरि यो युद्धविराम लम्बाइएको अनुमान गर्न सकिन्छ । किनकी यी दुबै पर्वहरु यहि अबधिमा परेका छन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकोफको युद्धविराम प्रस्ताव अनुसार गाजामा हमासले हालसम्म राखेका अर्ध जीवित र मृत इजरायली बन्धकहरूको आधा भाग पहिलो दिनमा मुक्त हुने अपेक्षा गरेको बताएको छ ।

युद्धविराम विस्तार गर्न इजरायल सहमत, हमासले खोज्यो अमेरिकाको ग्यारेण्टी

युद्धविराम विस्तार गर्न इजरायल सहमत, हमासले खोज्यो अमेरिकाको ग्यारेण्टी

बाकी रहेका बन्धकहरू भने स्थायी युद्धविराम भयो भने मुक्त गरिनेछन्। हमासले इजरायलको यो कदममा सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन ।

हमासले ‘अहिलेसम्म’विटकोफ योजनामा समर्थन जनाउन अस्वीकार गरेको छ । यदि हमासले विटकोफको योजनालाई समर्थन जनायो भने इजरायल तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको इजरायलले बताएको छ ।

अमेरिकी दूतको योजनामा इजरायलले दोस्रो चरणको वार्ता असफल भएमा ४२ दिनपछि पुनः लडाइँ सुरु गर्न सक्ने उल्लेख छ । अमेरिका कतार जस्ता मध्यस्थहरूले दोस्रो चरणको युद्धविरामको ग्यारेन्टी नगरेसम्म इजरायली प्रस्ताव मान्य नहुने हमासले बताएको छ ।

युद्धविरामको पहिलो चरण १९ जनवरीमा लागू भएको थियो । यसले हमास र इजरायली सेना बीचको १५ महिनाको लडाइँलाई रोक्यो । ३३ इजरायली र ५ थाइ बन्धकहरूको रिहाइ गरायो । बदलामा १ हजार ९०० प्यालेन्टाइन बन्दी र गिरफ्तार भएका व्यक्तिहरू रिहा भए ।

अहिले पनि जीवित बन्धकहरूको संख्या २४ रहेको अनुमान गरिएको छ । अरु ३९ जनालाई मृत मानिएको छ ।

युद्धविराम विस्तार गर्न इजरायल सहमत, हमासले खोज्यो अमेरिकाको ग्यारेण्टी

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेको थियो । सो आक्रमणमा परेर लगभग १ हजार २०० जनाको मृत्यु भएको थियो । २५१ जनालाई हमासले बन्धक बनाइएको थियो ।

इजरायलले गाजा पट्टीमा हवाई र भुमि आक्रमण गरेर जवाफ दिएको छ । इजरायली आक्रमणमा कम्तीमा ४८ हजार ५०० मानिसहरूको मृत्यु भएको छ ।





Source link

Leave a Comment