युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत लेबनानमा

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत लेबनानमा



प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार

अमेरिकी विशेष दूत अमोस होचस्टेन युद्धविराम वार्ताका लागि लेबनान पुग्नु भएको छ ।

अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह विच युद्धविरामको नेतृत्व गरेका छन् । जसको नेतृत्व गर्दै होचस्टेन लेवनान पुगेको स्रोतले जनाएको छ ।

लेवनान भ्रमणको जानाकारी गराउदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताउनु भएको छ ।

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को “पूर्ण कार्यान्वयन“ को लागि दबाब दिइरहेको बताउदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता हुन आवश्यक रहेको बताउनु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनः र्निर्माण गर्नबाट रोकी हिजबुल्लाह विरुद्ध कारबाही गर्ने बताउनु भएको छ ।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गर्ने बताउदै उहाँले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताउनु भएको छ ।

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा ३ हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको बताएका छन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School