युद्धविराम चाहन्छन् गाजावासी, अमेरिकी विदेशमन्त्री भन्छन् – ‘युद्ध अझै अन्त्य भएको छैन’



प्रकाशित मिति : आश्विन १८, २०८२ आईतबार

युद्धविराम चाहन्छन् गाजावासी, अमेरिकी विदेशमन्त्री भन्छन् – ‘युद्ध अझै अन्त्य भएको छैन’

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा युद्ध अझै नसकिएको बताएका छन् । यद्यपी, इजरायल र हमास दुवैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गरिएको नयाँ शान्ति योजनाका केही अंशहरूमा सहमति जनाएका छन् ।

गाजावासीहरूले भने उक्त योजना तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै आफ्नो दीर्घकालीन पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका छन्।

रुबियोले एनबीसी न्युजको ‘मिट द प्रेस’ कार्यक्रममा भने – “हामी छिट्टै थाहा पाउनेछौं कि हमास साँच्चै शान्ति चाहन्छ कि छैन भन्ने कुरा। यो कुराको मूल्याङ्कन यी प्राविधिक वार्ताहरू कसरी अघि बढ्छन् भन्नेबाट हुनेछ।”

युद्धविराम चाहन्छन् गाजावासी, अमेरिकी विदेशमन्त्री भन्छन् – ‘युद्ध अझै अन्त्य भएको छैन’

युद्धविराम चाहन्छन् गाजावासी, अमेरिकी विदेशमन्त्री भन्छन् – ‘युद्ध अझै अन्त्य भएको छैन’

हमासले शुक्रबार ट्रम्पको २० बुँदे प्रस्तावका केही प्रमुख अंशहरू (जस्तैः युद्धको अन्त्य, इजरायलको फौज गाजाबाट फिर्ता, इजरायली बन्धक तथा प्यालेस्टिनी कैदीहरूको रिहाइ) स्वीकार गरेको जनाएको थियो। राष्ट्रपति ट्रम्पले यसलाई “शान्तिको दिशामा ऐतिहासिक कदम” भन्दै स्वागत गरेका थिए।

तर, हमासले अझै केही संवेदनशील विषयहरू इजिप्टमा हुने वार्ताका लागि खुला छोडेको छ। तीमध्ये प्रमुख विषय निःशस्त्रीकरण हो, जुन इजरायलको युद्ध अन्त्यका लागि मुख्य शर्त बनेको छ।

इजरायली सरकारी प्रवक्ताका अनुसार, इजरायली वार्ताकारहरूको टोली आइतबार राति इजिप्ट प्रस्थान गर्नेछ। बन्धक रिहाइबारे वार्ता सोमबार सुरु हुने अपेक्षा गरिएको छ, जुन युद्ध सुरु भएको दुई वर्ष पूरा हुनुअघि एक दिन मात्र बाँकी छ।

यसैबीच, हमासको निर्वासित गाजा प्रमुख खलिल अल-हय्याको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि आइतबारकै दिन पछि काहिरा पुग्ने तयारीमा छ। उक्त वार्तामा अमेरिका र कतारका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। यो वार्ता हालसम्मको सबैभन्दा प्रगतिशील प्रयास मानिएको छ, जसको उद्देश्य गाजामा जारी युद्ध रोक्ने हो।

वार्ताबारे जानकारी दिइएका एक अधिकारीका अनुसार, यस पटकको वार्ता पूर्ण र समग्र सम्झौता टुंग्याउनेतर्फ केन्द्रित हुनेछ। अघिल्ला वार्ताहरू चरणबद्ध रूपमा अघि बढ्थे, जसमा पहिलो चरणमा आंशिक सहमति भएर त्यसपछि थप वार्ता गर्नुपर्ने हुन्थ्यो। तर, ती पछिल्ला चरणहरूमा असहमति बढ्दै वार्ता असफल हुने गरेको थियो।

युद्धविराम चाहन्छन् गाजावासी, अमेरिकी विदेशमन्त्री भन्छन् – ‘युद्ध अझै अन्त्य भएको छैन’

रुबियोले बन्धककोे रिहाइ र युद्ध अन्त्यका लागि हुने वार्ताहरू लामो समयसम्म तानिनु नहुुने बताएका छन् । “हामीलाई यो प्रक्रिया हप्तौँ वा धेरै दिनसम्म तानिनु स्वीकार्य छैन। यो छिट्टै सम्पन्न हुनुपर्छ,” उनले भने।

रुबियोले थपे, “यदि हमास साँच्चै शान्ति चाहन्छ भने, उनीहरूले तुरुन्त कदम चाल्नुपर्नेछ। संसारले अब कार्य देख्न चाहन्छ, भाषण होइन।”





Source link

Leave a Comment