युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि



प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५ दशमलव ८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।

विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४ दशमलव ७ प्रतिशत पुगेको छ ।

युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि

युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि

यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा पार्ने अवस्था आउने प्रतिवेदनमा उल्लेख छ ।

उत्तरी र दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली आक्रमणका कारण गम्भीर अवस्था सिर्जना भएको र यहाँ स्वास्थ्य केन्द्रहरू बन्द गर्न बाध्य पारिएपछि चिकित्सा जटिलता देखिएको र बच्चाहरू उपचार प्राप्त गर्नबाट बञ्चित बनेको देखिएको छ ।





Source link

Leave a Comment