युद्धले २ करोड ६० लाख सुडानी नागरिक प्रभावित, ६ अर्ब अमेरिकी डलरको मानवीय अपिल



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

संयुक्त राष्ट्रसङ्घ (युएन) ले सुडान भित्र र छिमेकी देशहरूमा जारी द्वन्द्वबाट प्रभावित करिब दुई करोड ६० लाख सुडानीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपिल गरेको छ ।

मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसीएचए) ले सन् २०२५ सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको सुरुवात गरेको घोषणा गर्‍यो, जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशहरूमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिन्छ ।

“सुडानले मानवीय आपत्कालको सामना गरिरहेको छ,” मानवीय मामिलाका लागि उप–महासचिव तथा आपत्कालीन राहत संयोजक टम फ्लेचरले बताए ।

युद्धले २ करोड ६० लाख सुडानी नागरिक प्रभावित, ६ अर्ब अमेरिकी डलरको मानवीय अपिल

“सुडानमा यौन हिंसाको महामारी फैलिरहेको छ । बालबालिका घाइते भइरहेका छन् । पीडा डरलाग्दो छ,” फ्लेचरले भने ।

करिब दुई वर्षको द्वन्द्वले सुडान र सीमा पारका एक करोड २० लाख मानिस विस्थापित भएका छन् ।

सुडानको लगभग दुई तिहाइ जनसङ्ख्यालाई आपत्कालीन सहायताको आवश्यकता छ, जबकि देशले व्यापक अनिकालको सामना गरिरहेको छ । छिमेकी देशहरूमा आइपुगेका शरणार्थीहरूलाई सहयोगको असाध्यै आवश्यकता छ ।

सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको विनाशकारी द्वन्द्वमा फसेको छ, जसको परिणामस्वरूप सन २०२४ को अन्त्यसम्ममा २९ हजार ६८३ भन्दा बढीको मृत्यु भएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School