युक्रेन लोकतन्त्र र स्वतन्त्रताको लागि लडिरहेको क्यानडा र फ्रान्सको भनाई



प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

क्यानडाले युक्रेन लोकतन्त्रका लागि लडिरहेको बताएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले रुसले अवैध र अनुचित रुपमा युक्रेनमाथि हमला गरिरहेकाले त्यसको सशक्त प्रतिरोध अनिवार्य हो भनेका छन ।

उनले सामाजिक सञ्जालमा लेखका छन , तीन बर्षदेखि युक्रेन साहस र प्रतिकारको साथमा लडिरहेको छ ।

युक्रेन लोकतन्त्र र स्वतन्त्रताको लागि लडिरहेको क्यानडा र फ्रान्सको भनाई

युक्रेन लोकतन्त्र र स्वतन्त्रताको लागि लडिरहेको क्यानडा र फ्रान्सको भनाई

लोकतन्त्र , स्वतन्त्रता र सार्बभौमिकताका लागि लडिरहेको युक्रेनलाई क्यानडाले सधै साथ र सहयोग गरिरहने छ प्रधानमन्त्रीले भनेका छन । जर्मनीले पनि युक्रेनलाई अप्ठारो अबस्थामा एक्लै छोडन नहुने बताएको छ ।

उसले युद्धकोबीचमा युक्रेनलाई एक्लै छाड्ने कल्पना पनि गर्न नसकिने विषय हो भन्दै युरोपेली देशहरु साझा र सार्थक प्रतिबद्धताका साथ युक्रेनको समर्थनमा उभिनुको विकल्प नभएको बताएको छ । बेलायतले पनि आफनो समर्थन अटुट रहने बताएको छ ।

फ्रान्सले युक्रेनको सुरक्षा ग्यारेण्टी आवश्यक भएको बताएको छ ।

अमेरिका भ्रमणमा रहेका युक्रेनी प्रमुख भोलोदिमीर जेलेन्स्की र अमेरिकी प्रशासनबीच भएको वार्ता तनावपूर्ण र उपलव्धिविहिन भएपछि बिभिन्न देशहरुले आफनो प्रतिकृया सार्वजनिक गरिरहेका छन ।





Source link

Leave a Comment