प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार
आयरल्याण्डले युक्रेन र मध्यपूर्वमा स्थायी र दिगो शान्ति ल्याउनको लागि अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
आयरल्याण्डका प्रधानमन्त्री मिचल मार्टिनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ताको क्रममा यो प्रतिबद्धता जनाएका हुन ।
दुई नेताहरू बीचको द्विपक्षीय बैठकमा राष्ट्रपति ट्रम्पले आयरल्याण्डसँगको विशाल व्यापार असन्तुलनका विषय उठान गरेका थिए । युरोपेली संघले अमेरिकीलाई खराव व्यवहार गरेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री मिचल मार्टिनले उत्तरी आयरल्याण्डको समस्यामा अमेरिकी हस्तक्षेप र गुड फ्राइडे सम्झौताको निर्माणमा यसको भूमिका उल्लेख गरे ।
आयरल्याण्डमा शान्तिको कथा हामीले सँगै लेख्यौं उनले त्यस अवसरमा भनेका थिए । शान्ति निर्माण गर्न गाह्रो र कष्टपूर्ण कार्य भएपनि अमेरिकाले नेतृत्व गरेका शान्तिका प्रयास सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
मार्टिनले ट्रम्पको अडिग ध्यान र ऊर्जा को प्रशंसा गर्दै युक्रेन र मध्यपूर्वमा शान्ति ल्याउनको लागि उनको प्रयासको सराहना समेत गरेका छन ।
राष्ट्रपति ट्रम्पले आयरल्याण्डसँग अमेरिका र व्यक्तिगत रुपमा आफनो प्रेम रहेको बताए । तथ्याङ्कका अनुसार २०२४ मा आयरल्याण्डको अमेरिका संगको वस्तु व्यापार ५० अर्ब युरो रहेको छ ।