युक्रेन युद्ध समाधानका लागि ट्रम्पसंग जुनसुकै बेला भेट्न पुटिन तयार



प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै पनि समय वार्ताका लागि तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन ।

ट्रम्पले कार्यालयमा आएको केही घन्टामै युक्रेनसँग शान्ति सम्झौता गर्नसक्ने क्षमता भएको दाबी गरिरहेका छन । तर योजना भने सार्वजनिक गरेका छैनन ।

जनवरीमा ह्वाइट हाउसमा फर्कने ट्रम्पले रुसका लागि अनुकूल सर्तहरूमा युक्रेनलाई शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने डर युक्रेनमा खडा गरेका छन ।

वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्दै पुटिनले रुसी सेनाले युद्धभूमिमा उच्च स्थान कायम राखेको बताए ।

यद्यपि उनले रुसले पश्चिमी कुर्स्क क्षेत्रलाई कहिले फिर्ता फिर्ता लिने भन्ने थाहा नभएको स्वीकार गर्न बाध्य भए ।

कुर्स्कमा अगस्टमा युक्रेनी सेनाले आक्रमण गरेको थियो । सम्भावित शान्ति सम्झौताका सन्दर्भमा ट्रम्पको प्रस्तावको बारेमा सोधिएको प्रश्नमा ७२ वर्षीय पुटिनले आगामी रिपब्लिकनसँगको बैठकलाई स्वागत गर्ने बताए ।

४ बर्षदेखि ट्रम्पसंग कुराकानी नभएको भन्दै पुटिनले आवश्यक परेको बेला भेट हुनसक्न बताए । तर भेट कहिले र कहाँ हुनेछ भन्ने स्पष्ट नभएको पुटिनले बताए ।

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हालेपछि पुटिनसंग युक्रेन मामिलामा निर्णायक कुराकानी हुनसक्ने अपेक्षा गरिएको छ ।

युक्रेन युद्ध समाधानका लागि ट्रम्पसंग जुनसुकै बेला भेट्न पुटिन तयार

यद्यपी युक्रेनी राष्ट्रपतिले युक्रेन एक स्वतन्त्र र सार्बभौम देश हो भन्ने नबिर्सन अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई स्मरण गराइरहेका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School