युक्रेन युद्ध अन्त्य गर्न स्टार्मरले गरे चार बुँदे योजना सार्वजनिक, अमेरिकी प्रतिकृया आउन बाँकी



प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनलाई रूसबाट जोगाउने चार बुँदे योजना घोषणा गरेका छन् । युक्रेनसँग मिलेर युद्ध अन्त्य गर्ने पनि उनले बताएका छन ।

उनले ब्रिटेन, फ्रान्स र अन्य देशहरूले ‘इच्छाशक्ति को गठबन्धन’मा युक्रेनको समर्थनमा आफ्नो प्रयासहरूलाई बढाउने र अमेरिकालाई पनि यसमा सामेल गर्न खोज्ने बताए ।

युरोपका १८ देशका नेता , र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहितको सम्मेलनपछि स्टार्मरले इतिहासको गम्भीर मोडमा सबै पुगेको बताए ।

युक्रेन युद्ध अन्त्य गर्न स्टार्मरले गरे चार बुँदे योजना सार्वजनिक, अमेरिकी प्रतिकृया आउन बाँकी

युक्रेन युद्ध अन्त्य गर्न स्टार्मरले गरे चार बुँदे योजना सार्वजनिक, अमेरिकी प्रतिकृया आउन बाँकी

जेलेन्स्कीले युक्रेनलाई ‘बलियो समर्थन’महसुस भएको बताए । सम्मेलनले ‘युरोपीय एकता’ उच्च स्तरमा देखाएको उनले महशुष गरेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता जेलेन्स्कीबीचको तनावपूर्ण ओभल वार्तापछि यो सम्मेलन भएको हो ।

वास्तविक शान्तिका र सुनिश्चित सुरक्षा प्राप्त गर्न युरोपका सबैदेश मिलेर अमेरिकासँग सहकार्य गर्न तयार रहेको सम्मेलनपछि जेलेन्स्कीले भनेका छन ।

युक्रेनलाई सैन्य सहायता प्रवाह जारी राख्ने र रूसमाथि आर्थिक दबाब बढाउने , कुनै पनि दीर्घकालीन शान्ति सम्झौताले युक्रेनको सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्नुपर्छ र युक्रेनले कुनै पनि शान्ति वार्तामा उपस्थित हुन पाउनुपर्छ भन्ने स्टार्मरको बुँदामा उल्लेख छ ।

त्यसैगरी युक्रेनको रक्षात्मक क्षमता बढाउने र युक्रेनमा सम्झौतालाई बचाउन र पछि शान्ति सुनिश्चित गर्न इच्छाशक्ति को गठबन्धन को विकास गर्नु पनि शान्ति सम्झौतामा उल्लेख गरिएको छ ।

युक्रेन युद्ध अन्त्य गर्न स्टार्मरले गरे चार बुँदे योजना सार्वजनिक, अमेरिकी प्रतिकृया आउन बाँकी

कीर स्टार्मरले थप २ बिलियन अमेरिकी डलरको सहयोग पनि घोषणा गरे । जसले ५ हजार भन्दा बढी हवाई रक्षा मिसाइलहरू खरिद गर्न मद्दत पुर्याउनेछ ।

ट्रम्पसँग दीर्घकालीन शान्तिको तात्कालिक आवश्यकतामा सहमत छौं । अब हामीले एकसाथ यसलाई उपलब्ध गराउनुपर्नेछ,स्टार्मरले भनेका छन । स्टार्मरले अमेरिका अस्थिर साझेदार नभएको बताए ।





Source link

Leave a Comment