प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग फोन वार्ता गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री रुबियोले शुक्रबार राति युक्रेनी विदेशमन्त्री सिबिहासँग फोन वार्ता गरेका हुन् ।
फोन वार्ताको क्रममा रुबियोले सिबिहालाई राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध सकेसम्म चाँडो अन्त्य गर्न दृढ रहेको बताए ।
रुबियोले तीन वर्षदेखि चलिरहेको युद्ध चाँडै अन्त्य गर्ने ट्रम्पको लक्ष्यलाई जोड दिएको जिकिर । उनले ‘सबै पक्षले दिगो शान्ति सुरक्षित गर्न कदम चाल्नुपर्छ’ भन्ने कुरामा जोड दिएको बताएको मन्त्रालयले जनाएको छ ।