युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने : ‘ट्रम्पको दृढ नेतृत्वसँग काम गर्न तयार’



प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘दृढ नेतृत्व’सँग काम गर्न तयार रहेको बताएका छन ।

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोकेको घोषणा गरेपछि जेलेन्स्कीको यो प्रतिकृया बाहिर आएको हो । जलेन्स्कीले भनेका छन अमेरिकाको सहयोग र समर्थन बिना युक्रेन एक्लै अघि बढ्न नसक्ने बताएका छन ।

शुक्रबार ओभलमा भएको वार्ता अपसोसजनक भएको भन्दै दुख व्यक्त गर्दै जेलेन्स्कीले फेरी वार्तामा बस्न र खनिज सम्झौता गर्न अमेरिकासँग तयार रहेको बताए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने : ‘ट्रम्पको दृढ नेतृत्वसँग काम गर्न तयार’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने : ‘ट्रम्पको दृढ नेतृत्वसँग काम गर्न तयार’

उनले शुक्रबारको घटना जे नहुनु पर्ने थियो त्यो भयो त्यसमा मलाई अपसोस छ जेलेन्स्कीले भनेका छन ।

अमेरिकासँग भविष्यमा हुने सहयोग र संचारलाई रचनात्मक बनाउन युक्रेन तयार रहेको उनको भनाई छ । युक्रेनले मङ्गलबार अमेरिकी सैन्य सहायता रोकेको र समीक्षा गरिरहेको खबर प्राप्त भएको जनाएको छ ।

जेलेन्स्कीले अमेरिकाको सहयोगको कदर गर्दै भनेका छन ‘हामी वास्तवमै यो कदर गर्छौं कि अमेरिकाले युक्रेनलाई सार्वभौमिकता र स्वतन्त्रता कायम राख्न मद्दत गरेको छ, । हामीलाई त्यो क्षण सम्झिन्छौं जब राष्ट्रपति ट्रम्पले युक्रेनलाई जाभलिन प्रदान गरे। यसका लागि हामी आभारी छौं।’

शुक्रबारको बैठकमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सैन्य सहयोगका लागि आभार पनि प्रकट नगरेको आरोप लगाएका थिए । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले जेलेन्स्कीको पछिल्लो बक्तव्यले मार्फत शान्ति प्राप्त गर्ने दृढ प्रतिबद्धता को स्वागत गरेका छन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रम्पसँग संवादमा पुनः संलग्न हुने जेलेन्स्कीको इच्छालाई सराहना गरेका छन् । नेटोका महासचिवले यूक्रेनी नेता जेलेन्स्कीलाई ट्रम्पसँगको सम्बन्ध पुन स्थापना गर्न सल्लाह दिएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने : ‘ट्रम्पको दृढ नेतृत्वसँग काम गर्न तयार’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School