युक्रेनी राष्ट्रपतिको आशा – ‘रुसको मागहरूका सामु अमेरिका दृढ रूपमा उभिनेछ’



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका रूसको मागहरूका सामु ‘दृढ रूपमा उभिने’ आशा व्यक्त गरेका छन्।

रूसले कालो सागरमा युद्धविराम लागू गर्नका लागि आफूमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरू हटाउन माग गरेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार पेरिसमा आयोजित एक प्यानल अन्तरवार्तामा युरोपेली पत्रकारहरूसँग वार्ता गर्दै अमेरिका रूसको दबाबको सामना गर्नुपर्नेमा जोड दिए।

जेलेन्स्कीलाई सोधिएको थियो, ‘के अमेरिका रूसको दबाबको विरोध गर्ने छ ?, उनले जवाफमा भने, “मलाई आशा छ कि त्यस्तै हुनेछ। भगवानको कृपाले उनीहरूले त्यस्तै गरून्। हामी हेर्नेछौं।”

युक्रेनी राष्ट्रपतिको आशा – ‘रुसको मागहरूका सामु अमेरिका दृढ रूपमा उभिनेछ’

युक्रेनी राष्ट्रपतिको आशा – ‘रुसको मागहरूका सामु अमेरिका दृढ रूपमा उभिनेछ’

यसअघि, अमेरिकाले मंगलबार साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँग रूस र युक्रेनका प्रतिनिधिमण्डलहरूले तीन दिनसम्म छुट्टाछुट्टै वार्ता गरेपछि कालो सागरमा युद्धविरामबारे सहमति जुटाइएको घोषणा गरेको थियो ।

तर, केही घण्टापछि रूसले एक आधिकारिक विज्ञप्ति जारी गर्दै शर्तहरूको सूची प्रस्तुत गर्‍यो। उक्त विज्ञप्तिमा रूसले कालो सागरमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग दिन युद्धविराम तब लागू हुने बताएको छ, जब उसमाथि लगाइएका खाद्य तथा मल व्यापारसम्बन्धी पश्चिमी प्रतिबन्ध हटाइनेछन्।

अमेरिकाले यस विषयमा अझै कुनै आधिकारिक निर्णय लिएको छैन।





Source link

Leave a Comment