प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिका र युक्रेनले रूससँगको युद्ध अन्त्य गर्न ‘संशोधित शान्ति ढाँचा’ तयार गरेको घोषणा गरेका छन्।
युरोपेली देशहरूले आफ्नै योजना सार्वजनिक गरेपछि यो घोषणा अमेरिकी र युक्रेनी अधिकारीहरूले गरेका हुन्।
गत हप्ता ‘लिक’ (सार्वजनिक) भएको अमेरिकी प्रस्तावमा केही रूस–पक्षीय अंश भएको भन्दै आलोचना भएपछि ती बुँदालाई हटाएर नयाँ र संशोधित शान्ति प्रस्ताव तयार गरिएको हो।
स्विट्जरल्यान्ड मा भएको बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनी प्रतिनिधिमण्डलसँगको छलफल सफल भएको बताए।
युक्रेनका प्रमुख सल्लाहकार आन्द्रिय येरमाकले ‘युक्रेनको पूर्ण सार्वभौमिकता’ सम्मान हुने सम्झौता मात्र स्वीकार्य हुने उल्लेख गरेका छन्।
गत हप्ता लिक भएको २८ बुँदे अमेरिकी दस्तावेजमा युक्रेनलाई रूसलाई केही भूभाग दिनुपर्ने, सेना सङ्ख्या सीमित राख्ने र रूसी युद्ध अपराधका मुद्दा नलगाउने जस्ता विवादास्पद सुझाव रहेका थिए।
जेनेभामा छलफल सुरु भइसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले अमेरिकाको प्रयासप्रति ‘शून्य कृतज्ञता’ देखाएको आरोप लगाएका थिए।
जवाफमा राष्ट्रपति भलोडिमिर जेलेन्स्कीले अमेरिकाले दिएको सैन्य सहायता, विशेषगरी जाभलिन मिसाइलहरूले हजारौँ युक्रेनीको ज्यान बचाएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।
लिक भएको अमेरिकी प्रस्तावबाट अचम्मित भएका युरोपेली सहयोगीहरूले ‘युक्रेन–मैत्री’ योजना सार्वजनिक गरेका छन्। यसले युद्धविरामपछि मात्र भूभागबारे वार्ता हुनुपर्ने बताएको छ। तर वार्ता भने ‘हालको फ्रन्टलाइन’ बाट सुरु हुनुपर्ने युरोपेली प्रस्तावमा उल्लेख छ।
उनीहरूले युद्धविराम निगरानी अमेरिकी सुपरिवेक्षणमा हुनुपर्ने बताएका छन्। युरोपेली योजनाले युक्रेनमा समर्थन पाउने विश्लेषकहरूले जनाएका छन्।
अमेरिकी शान्ति प्रस्ताव रूसका दूत किरिल दिमित्रिएभ र ट्रम्पका प्रतिनिधि स्टीव विटकोफले तयार गरेको खुलेपछि अमेरिकी राजनीतिमा झनै विवाद बढेको छ।
कतिपय रिपब्लिकन सांसदको आलोचनापछि ट्रम्पले जेलेन्स्कीलाई ‘बिहीबारभित्र हस्ताक्षर’ गर्न दिएको अल्टिमेटम फिर्ता लिएका थिए। ट्रम्पले भने, “यो मेरो अन्तिम प्रस्ताव होइन”, र यसलाई संशोधन गर्न सकिने छ ।
युरोपेली अधिकारीहरूले अमेरिकी प्रस्तावले युक्रेनको सार्वभौमिकता कमजोर बनाउने, नेटो इयु सुरक्षाको ढाँचालाई ३० वर्ष पछाडि फर्काउने जोखिम रहेको बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
