युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन

साउदी अरेबियामा घण्टौंसम्मको बैठकपछि अमेरिकाले गुप्तचर साझेदारीमा लगाइएको विराम तुरुन्तै हटाउने र युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्ने बताएको छ। किभले रुससँगको ३० दिने युद्धविरामको लागि ट्रम्प प्रशासनको प्रस्तावलाई समर्थन गर्ने बताएको छ। संयुक्त विज्ञप्तिमा अमेरिका र युक्रेनले कुनै पनि युद्धविरामका सर्तहरू रूसको स्वीकृतिको अधीनमा हुने स्वीकार गरेका छन्।

उनीहरूले युक्रेनको महत्वपूर्ण खनिज स्रोतहरूबारेको सम्झौतापनि सकेसम्म चाँडो गर्ने सहमति जनाएका छन् । अमेरिका र युक्रेनले युद्धविराम भएपछि हुन सक्ने मानवीय राहत प्रयासहरू र युद्धबन्दीहरूको आदानप्रदानको बारेमा पनि छलफल गरेका छन् । वार्तामा सहभागी नभएको रुसबाट तत्काल कुनै टिप्पणी आएको छैन। राष्ट्रपति ट्रम्पले यस हप्ता रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गर्नसक्ने बताएका छन् । उनले आगामी दिनहरूमा स्थायी युद्धविरामको लागि वार्ता हुने आशा व्यक्त गरेका छन् ।

युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र एनएसएका माइक वाल्ट्जले युक्रेनी विदेशमन्त्री र युक्रेनी रक्षामन्त्रीसँग गरेको भेटघाट । (फ्रेडी एभरेट/ विदेश मन्त्रालयको आधिकारिक  तस्बिर)

साउदी अरेबियाको तटीय शहर जेद्दामा भएको वार्ताले युक्रेनी र अमेरिकी राष्ट्रपतिहरू बीच ह्वाइट हाउसमा सार्वजनिक टकराव पछि असफल भएको युद्धविराम वार्तालाई नयाँ गति प्रदान गरेको छ । वासिङ्टनमा भएको बैठकपछि ट्रम्प प्रशासनले सबै सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान निलम्बन गरेको थियो।

युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन

युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्न अमेरिका सहमत, रुससँगको ३० दिने युद्धविरामप्रति युक्रेनको समर्थन

बैठकपछि विदेशमन्त्री मार्को रुबियोले सम्झौताबाट अब रूसलाई युद्ध अन्त्य गर्न दबाब पुगेको बताएका छन् । बल अब उनीहरूको कोर्टमा रहेको उनले बताएका छन् ।
जेद्दामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले गरेका थिए। उनीहरूले युक्रेनी राष्ट्रपतिका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्तेम उमरोभको नेतृत्वमा कीभको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए ।

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमा हुने कुनै पनि युद्धविरामको निगरानी गर्न बहुराष्ट्रिय शान्ति सेनाको गठनको समीक्षा गर्न ३० भन्दा बढी सशस्त्र सेनाका प्रमुखहरूलाई भेला गरेका थिए । हिजो बिहान सबेरै युक्रेनले मस्कोमा आक्रमण गरेको र मस्कोको बृहत् क्षेत्रमा कम्तिमा तीन जनाको मृत्यु भएको र १८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्।

Source link

Leave a Comment