युक्रेनलाई युरोपको बलियो साथ : शान्ति योजना बनाउन सहमत, अमेरिकासमक्ष प्रस्ताव पेस गरिने



प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

युरोपेली नेताहरूले युक्रेनका लागि एक नयाँ शान्ति योजना बनाउन सहमति जनाएको बताएका छन् । उक्त सम्झौताको प्रस्ताव अमेरिका समक्ष पेस गरिनेछ।

लन्डनमा आयोजित शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मजबुत समर्थन जनाउँदै युरोपेली नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने वचन दिएका हुन् । यो योजना वासिङ्टनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सक्षम बनाउने महत्त्वपूर्ण पहल हुने बताइएको छ।

बेलायतका प्रधानमन्त्री कीअर स्टार्मरले सम्मेलनको मुख्य उद्देश्य रुसको सम्भावित आक्रमण रोक्न युक्रेनलाई सुरक्षा प्रदान गर्ने रणनीति बनाउनु रहेको बताएका छन् । ‘यो समय अझै छलफल गर्ने होइन, अब कार्य गर्ने बेला हो।’, स्टार्मरले भने, ‘न्यायसङ्गत र स्थायी शान्तिका लागि हामी एकजुट हुनु जरुरी छ।’

युक्रेनलाई युरोपको बलियो साथ : शान्ति योजना बनाउन सहमत, अमेरिकासमक्ष प्रस्ताव पेस गरिने

युक्रेनलाई युरोपको बलियो साथ : शान्ति योजना बनाउन सहमत, अमेरिकासमक्ष प्रस्ताव पेस गरिने

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंका अनुसार प्रस्तावित योजनामा एक महिनाको युद्ध विराम समावेश हुनेछ, जुन हवाई तथा समुद्री आक्रमणमा लागू हुनेछ । तर, स्थल युद्धमा भने लागु हुनेछैन।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सम्मेलनपछि आफूहरूलाई युरोपेली नेताहरूको स्पष्ट समर्थन प्राप्त भएको बताए । उनले शान्तिका लागि कूटनीतिक पहल हुने धारणा राख्दै  युक्रेन, युरोप र अमेरिका सबै एकसाथ रहने विश्वास व्यक्त गरे ।

उनले भने,’हामीलाई युरोपेली नेताहरूको स्पष्ट समर्थन प्राप्त भएको छ। शान्तिका लागि कूटनीतिक पहल हुनेछ, जसमा युक्रेन, युरोप र अमेरिका सबै एकसाथ रहनेछौँ।’

यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले रक्षा बजेट वृद्धि गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्,’हामीले युक्रेनलाई मजबुत बनाउनुपर्छ, जसलाई कुनै पनि आक्रमणकारीले सजिलै हराउन नसकोस्।’

युरोपले अब अमेरिकासँग मिलेर नयाँ शान्ति योजनालाई प्रभावकारी बनाउन पहल गर्ने अपेक्षा गरिएको छ।

युक्रेनलाई युरोपको बलियो साथ : शान्ति योजना बनाउन सहमत, अमेरिकासमक्ष प्रस्ताव पेस गरिने





Source link

Leave a Comment