युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ : फिनल्यान्डका राष्ट्रपति स्टब



प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार रहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भएकोे भेटवार्तापछि उनले रूसलाई कूटनीतिक दबाब बढाउन आवश्यक रहेको बताए ।

स्टबले भने, “युक्रेनलाई रूसी आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने अस्वीकार गर्न नसकिने अधिकार छ। यो अधिकार कुनै पनि तरिकाले सीमित गर्न सकिँदैन।”

युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ : फिनल्यान्डका राष्ट्रपति स्टब

युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ : फिनल्यान्डका राष्ट्रपति स्टब

उनले युक्रेन, युरोप र संयुक्त राज्य अमेरिका शान्ति चाहने स्पष्ट संकेत दिइरहेका बेला रूसले पनि आफ्नो इच्छाशक्ति देखाउनुपर्ने बताए। यदि रुसले शान्तिका लागि पहल नगरेमा थप दबाब आवश्यक पर्ने उनको भनाइ छ।

स्टबले मंगलबार भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको टेलिफोन वार्तालाई सही दिशामा उठाइएको कदम भएको जिकिर गरेको छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले हिंसा रोक्न चाहेको बताउँदै उनी सही भएको समेत बताए।

“ट्रम्पले हत्या रोक्न चाहन्छन् । उनी सही छन् ।”, स्टबले भने।





Source link

Leave a Comment