युक्रेनमा शान्ती स्थापना हुनेभए राजीनामा दिन तयार रहेको जेलेन्स्कीको भनाई



प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एकपटक भेट गर्ने चाहना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन ।

उनले ट्रम्प–पुटिनबीच हुने शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना व्यक्त गरेको देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकाको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन ।

युक्रेनमा शान्ती स्थापना हुनेभए राजीनामा दिन तयार रहेको जेलेन्स्कीको भनाई

युक्रेनमा शान्ती स्थापना हुनेभए राजीनामा दिन तयार रहेको जेलेन्स्कीको भनाई

युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ जेलेन्स्कीले भनेका छन ।

राजधानी किभमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले युक्रेनमा शान्ती स्थापना हुन्छ भने आफुले पद छोड्न तयार रहेको समेत बताए ।

उनले युक्रेनले नेटोको सदस्यता प्राप्त गर्ने र युक्रेनमा शान्ती बहालीको प्रतिबद्धता अमेरिकाले गर्दछ भने राजीनामा दिन तयार रहेको बताए ।

युक्रेनको दिर्घकालिन शान्तीका लागि अमेरिकाको साथ र सहयोग अनिवार्य रहेको उनले पत्रकार सम्मेलनमा बताए ।

आफनो देशको खनिज सम्पदामा अमेरिकालाई पहुँच दिन अस्वीकार गरेका जेलेन्स्कीले पत्रकार सम्मेलनमा अमेरिकी पहुँचका लागि तयार रहेको समेत बताए ।

युक्रेनमा शान्ती स्थापना हुनेभए राजीनामा दिन तयार रहेको जेलेन्स्कीको भनाई

पछिल्ला दिनमा जेलेन्स्की र ट्रम्पकाबीचमा सम्वन्ध चिसिएको देखिएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School