प्रकाशित मिति : माघ १२, २०८१ शनिबार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् ।
नेता पुटिनले भने, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ ।”
राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, “प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ?” वार्ताका अलागि पहिले प्रतिबन्ध खुकलो पार्नु आवश्यक छ । यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।”
उनले थपे, “जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिंदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नुभएको थियो । के यो अवस्थामा वार्ता गर्न सम्भव छ ?”
उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे ।