युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने, अवधिमा बृद्धि



प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने, अवधिमा बृद्धि

युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने भएपछि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा बृद्धि भएको छ । युएसससीआईएसले फेब्रुअरीमा अमेरिकाभित्र हुनेहरुले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन फाइन गर्नका लागि भिसा बुलेटिनको फाइनल एक्सन मितिलाई प्रयोग गर्ने भएको हो । जबकी जनवरीमा भिसा बुलेटिनको फाइलिङ मितिलाई नै युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने मितिका रुपमा स्वीकार गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्सले फेब्रुअरीको भिसा बुलेटिनमा रोजगारमा आधारित ग्रीन कार्डका लागि फाइलिङ र फाइनल एक्सन मितिहरूमा जनवरीको तुलनामा कुनै परिवर्तन गरेको छैन । जनवरीमा पनि पहिलो श्रेणीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ । जनवरी महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने, अवधिमा बृद्धि

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि जनवरीमा महिनामा पनि आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति १ अगस्ट २०२३ थियो, तर यो फेब्रुअरीमा १ अप्रिल २०२३ मा सरेको छ। अमेरिकाबाहिर हुनेले पनि १ अप्रिल २०२३ अगाडि प्राथमिकता मिति भएमा जनवरीमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले जनवरीमा आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न सक्थे तर फेब्रुअरीमा यो मिति पनि १ डिसेम्बर २०२२ मा सरेको छ। यदि आवेदकले १ डिसेम्बर २०२२ भन्दा पहिले लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भइसकेको छ भने उनीहरूले फेब्रुअरीमा आफ्नो आई ४८५ ग्रिनकार्ड आवेदन दर्ता गर्न सक्छन्। अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १ डिसेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले फेब्रुअरीमामा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा मिति ८ डिसेम्बर २०२० भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले फेब्रुअरीमामा अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न वा विदेशमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।





Source link

Leave a Comment