युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने



प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने

युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने भएका छन् । उनीहरुको हालको वर्क परमिटको म्याद सकिएपछि नविकरण गर्दा उनीहरुलाई अब जम्मा १८ महिनाकोमात्र वर्क परमिट प्रदान गरिने भएको छ । युएससीआईएसमा एसाइलम आवेदन पेन्डिङ भएका झण्डै ५ हजार र अध्यागमन अदालतमा एसाइलम पेन्डिङ रहेका झण्डै १० हजार नेपालीहरुले यो आधारमा अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्दै आएका छन् ।

डिसेम्बर ५, २०२५ वा त्यसपछि विचाराधीन वा दायर गरिएका आवेदनहरूका लागि प्रारम्भिक वर्क परमिट र नवीकरणको अधिकतम वैधता अवधि पाँच वर्षबाट घटाएर १८ महिना कायम गरिएको हो । तर डिसेम्बर ५ अगाडि नै ५ बर्षको वर्क परमिट प्राप्त गरिसकेकाहरुले भने तत्काल नविकरणको आवेदन दिनुपर्नेछैन । उनीहरुको एसाइलम पेन्डिङ रहँदासम्म त्यही वर्क परमिटले नै काम गर्नेछ । तर म्याद सकिएपछि नविकरण गर्दा भने उनीहरुले पनि १८ महिनाको वर्क परमिट पाउनेछन् ।

अगस्तसम्मको तथ्यांक अनुशार हाल अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीका ९ हजार ६ सय ५९ आवेदनहरु पेन्डिङ रहेका छन् । उनीहरु मध्य अधिकांशले पेन्डिङ एसाइलमका आधारमा अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गरिरहेका छन् । अध्यागमन अदालतमा पेन्डिङ हुने नेपालीहरुको संख्या न्युयोर्कको अध्यागमन अदालतमा मात्र ३ हजार ६ सय ७४ रहेको छ । सान फ्रान्सिस्कोमा १९ सय ९ र सान एन्टोनियोको अदालतमा १७ सय ७५ नेपालीका एसाइलम मुद्दाहरु पेन्डिङ रहेका छन् । यो संख्या कन्कर्डमा ३२६, डेनभरमा २७६, डलासमा २३४ र बाल्टिमोरमा १९३ रहेको छ ।

आफ्नो नीति पुस्तिका अपडेट गर्दै युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अधिकतम वैधता अवधिमा उल्लेख्य कटौती गरेपछि यी नेपालीहरु प्रभावित हुने भएका छन् । यो परिवर्तन विचाराधीन र भविष्यका आवेदनहरूमा तुरुन्तै लागू भएको छ । जसले गर्दा अमेरिकामा काम गर्न खोज्ने गैर नागरिकहरूको बारम्बार जाँच गर्न आवश्यक बनाउनेछ भने यो बढाइएको छानबिनले धोखाधडीलाई रोक्न र सम्भावित हानिकारक मनसाय भएका विदेशीहरूलाई पत्ता लगाउन मद्दत गर्ने अधिकारीहरूले बताएका छन् ।

युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने

यस अगाडि जुलाई २२, २०२५ बाट लागू हुने गरी टीपीएस र परोलमा रहेकाहरुको वर्क परमिटको वैधता अवधि बढीमा एक वर्ष वा एकबर्षभन्दा अगाडि नै परोल वा टीपीएसको अवधिको अन्त्य हुने भएमा उक्त मितिमा सिमित गरिएको थियो । शरणार्थीको रूपमा परोल गरिएका वा परोल दिइएका विदेशीहरू, टीपीएस दिइएका वा विचाराधीन टीपीएस आवेदन भएका विदेशीहरू, उद्यमी परोलका विदेशी दम्पत्तिका लागि वर्क परमिटको अवधि घटाइएको थियो ।

अक्टोबर ३० देखि युएससीआईएसले नवीकरणको लागि आवेदन दिँदा वर्क परमिटको अवधि स्वतः विस्तार गर्ने अभ्यासलाई अन्त्य गरिसकेको छ । अक्टोबर ३०, २०२५ वा सोभन्दा पछि दर्ता गरिएका आवेदनहरूमा स्वत नविकरण प्रदान गरिएको छैन ।

गतबर्ष अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम युएससीआईएसले घोषणा गरेकोमा ट्रम्प प्रशासनले त्यसलाई उल्टाएको हो । गतबर्षको अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो ।

युएससीआईएसको प्रतिवेदनअनुसार हाल वर्क परमिट आवेदनहरूको ठूलो मात्रा विचाराधीन छ। झण्डै १७ लाख वर्क परमिट आवेदनहरू निर्णयको पर्खाइमा छन्, जसमध्ये ९ लाख भन्दा बढी आवेदन ६ महिनाभन्दा बढी समयदेखि विचाराधीन छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment