युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी



प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआईएसले आफूसँग दर्ता भएका आप्रवासीहरूलाई बायोमेट्रिक सूचना पठाउन सुरु गरेको छ । यस नियमअनुसार दर्ता भएका आप्रवासीहरूले आफ्नो औंठाछाप, फोटो, र अन्य बायोमेट्रिक विवरणहरू पेश गर्नुपर्नेछ। यो प्रक्रियालाई कार्यान्वयनमा ल्याउन युएससीआइएसले हालै दर्ता भएका आप्रवासीहरूलाई बायोमेट्रिकका लागि सूचना पठाउन सुरु गरेको जनाएको छ ।

यी सूचनाहरू प्राप्त गर्ने आप्रवासीहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्ने छ। यदि कुनै आप्रवासीले यो नियमको पालना नगरेमा वा तोकिएको समयमा बायोमेट्रिक सूचना पेश गर्न असफल भएमा उनीहरूलाई दण्ड वा अन्य कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

युएससीआइएसले  मार्च १२, २०२५ मा फेडरल रजिस्टरमा प्रकाशित  अन्तरिम अन्तिम नियम अनुशार आप्रवासन र राष्ट्रियता ऐन अन्तर्गत दर्ता गर्नुपर्ने व्यक्तिहरूले नयाँ एलियन रजिष्ट्रेशन फारम जी ३२५ आर भर्नुपर्ने प्रावधान ल्याएको थियो ।  अवैध रूपमा प्रवेश गरेका, क्यानाडाबाट घुम्न आएका तर आई ९४ नपाएका, र १४ वर्ष पुगेका बालबालिकाहरूले ३० दिनभित्र दर्ता गर्नुपर्छ । १४ वर्षभन्दा माथिका ३० दिनभन्दा बढी अमेरिकामा बस्ने व्यक्तिले दर्ता गर्नुपर्ने र फिंगरप्रिन्ट दिनुपर्ने नियममा उल्लेख छ । कसैले जानाजानी दर्ता नगरे वा फिंगरप्रिन्ट नदिए ५ हजार डलरसम्मको जरिवाना वा ६ महिनाको जेल सजाय, वा दुवै सजाय हुनसक्नेछ ।

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

दर्ता गर्नका लागि व्यक्तिहरूले माई युएससीआईएस पोर्टलमा खाता खोल्नुपर्नेछ र फारम जी ३२५ भर्नुपर्नेछ। यो फारम हाल निःशुल्क छ । यसलाई बुझाएपछि युएससीआईएसको एप्लिकेसन सपोर्ट सेन्टरमा बायोमेट्रिक्स अपोइन्टमेन्ट प्राप्त हुनेछ। बायोमेट्रिक्स अपोइन्टमेन्टमा व्यक्तिको फिंगरप्रिन्ट, फोटो र हस्ताक्षर लिइनेछ, जसले उनीहरूको पहिचान प्रमाणित गर्न र संघीय अनुसन्धान ब्युरो एफबीआईको आपराधिक इतिहास रेकर्ड जाँच गर्न सहयोग गर्छ।

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

बायोमेट्रिक्स प्रक्रिया पूरा भएपछि युएससीआईएसले दर्ता प्रमाणपत्र जारी गर्नेछ, जुन व्यक्तिले युएससीआईएसको खाता मार्फत डाउनलोड गर्न सक्नेछन् । १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले यो प्रमाणपत्र सधैं साथमा बोकेर हिँड्नुपर्नेछ । यदि बोकेनन् भने ५ हजार डलर जरिवाना वा ३० दिनको जेल सजाय हुन सक्ने प्रावधान रहेको छ ।

यो नियम लागू भएपछि अवैध रूपमा प्रवेश गरेका, शरणका लागि आवेदन दिएका वा टीपीएस लिएका व्यक्तिहरूका लागि पनि स्पष्ट दर्ता प्रक्रिया हुनेछ। यो नियमबाट आई ९४ जारी नभएका क्यानाडाबाट स्थल मार्ग हुँदै अमेरिका छिर्ने व्यक्तिहरू तिनीहरूलाई पनि प्रभावित हुनेछन् । तर, क्यानडामा जन्मिएका अमेरिकी आदिवासीहरूलाई भने यो नियम लागु हुनेछैन ।

हाललाई फारमको दर्ता र बायोमेट्रिक्स निःशुल्क भए पनिले भविष्यमा फिंगरप्रिन्ट, पृष्ठभूमि जाँच र अन्य सेवाहरूको लागत उठाउन ३० डलरको बायोमेट्रिक्स शुल्क लगाउने युएससीआईएसले प्रस्ताव गरेको छ।

युएससीआईएसबाट दर्ता आप्रवासीलाई बायोमेट्रिक सूचना पठाउन सुरु, पालना नगरे दण्डको चेतावनी

यो नियमले २ दशमलव २ मिलियनदेखि ३ दशमलव २ मिलियन व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्ने युएससीआईएसको अनुमान छ । यो नियम जनवरी २०, २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १४१५९ अनुसार लागू गरेको हो, जसले विदेशी दर्ता नियमको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्छ।





Source link

Leave a Comment