युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु



प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसले आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु गरिएको घोषणा गरेको छ । आप्रवासन लाभका लागि आवेदन दिने विदेशी नागरिकहरूको सामाजिक सञ्जाल गतिविधिको मूल्याङ्कन सुरु गरिएको युएससीआईएसले जनाएको छ । जसमा विशेष रूपमा यहूदी विरोधी सामग्री वा व्यवहार पहिचान गर्नमा ध्यान केन्द्रित गरिनेछ।

यो नयाँ उपाय होमल्याण्ड सेक्युरिटीको राष्ट्रिय सुरक्षालाई सुदृढ गर्ने व्यापक प्रयासमा अपनाइएको हो । यो चेक जाँचले ग्रिनकार्ड आवेदक, विदेशी विद्यार्थी र यहूदी विरोधी गतिविधिहरूसँग सम्बन्धित शैक्षिक संस्थाहरूसँग आबद्ध व्यक्तिहरूलाई तत्काल प्रभाव पार्ने युएससीआईएसको भनाई छ । यो नीति यहूदी व्यक्तिहरूविरुद्ध शारीरिक उत्पीडनका कार्यहरूसम्म पनि विस्तार हुने जनाइएको छ । यस्ता गतिविधिलाई अब ग्रिनकार्ड लगायतका आप्रवासन अनुरोध अस्वीकार गर्ने आधार मानिनेछ।

युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु

युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु

युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु

यो पहल राष्ट्रपति ट्रम्पका कार्यकारी आदेशहरूबाट उत्पन्न भएको हो। नयाँ मार्गदर्शनअन्तर्गत युएससीआईएसले विशेष रूपमा सामाजिक सञ्जाल पोस्टहरू र अन्य गतिविधिहरूको जाँच गर्नेछ । खासगरी यहूदी विरोधी आतङ्कवाद, हिंसात्मक विचारधारा वा हमास, प्यालेस्टिनी इस्लामिक जिहाद, हिजबुल्लाह र अन्सार अल्लाह जस्ता आतङ्कवादी संगठनहरूलाई समर्थन गरेको देखिएकोमा त्यसको चेकजाँच हुनेछ ।

अमेरिकामा विश्वका बाँकी आतङ्कवादी समर्थकहरूका लागि कुनै ठाउँ नभएको र तिनीहरूलाई भर्ना गर्न वा यहाँ रहन दिन बाध्य नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी उच्च अधिकारी ट्रिसिया म्याकलफलिनले बताएकी छिन् । अमेरिकामा आएर पहिलो संशोधनको आडमा यहूदी विरोधी हिंसा र आतङ्कवादको वकालत गर्न खोज्नेलाई अमेरिकामा स्वागत नगरिने उनको भनाई छ ।

यो नीति अनुशार युएससीआईएस अधिकारीहरूले अब यहूदी विरोधी आतङ्कवाद वा सम्बन्धित संगठनहरूलाई समर्थन, प्रचार वा सहयोग गरेको प्रमाणलाई आप्रवासन लाभसम्बन्धी निर्णयहरूमा नकारात्मक कारकको रूपमा लिनेछन् । यसमा भिसा आवेदन, ग्रीन कार्ड आवेदन वा एजेन्सीद्वारा प्रशोधन गरिएका अन्य अनुरोधहरू समावेश हुनेछन् । अनलाइन गतिविधिहरूभन्दा बाहिर यहूदी विरोधी उत्पीडनका शारीरिक कार्यहरूले पनि आवेदकहरूविरुद्ध भारी प्रभाव पार्नेछ।





Source link

Leave a Comment