युएससीआईएसबाट ग्रिनकार्ड र नागरिकता फारमका पुराना संस्करण पनि स्वीकार, उचित अवधिसम्मको तजविजी छुट



प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

युएससीआईएसबाट ग्रिनकार्ड र नागरिकता फारमका पुराना संस्करण पनि स्वीकार, उचित अवधिसम्मको तजविजी छुट

युएससीआईएसले कुनै आवधिक छुट वा पूर्वसूचनाबिना तत्काल लागू हुने गरी अमेरिकी ग्रिनकार्ड, अमेरिकी नागरिकता र ट्राभल डकुमेन्टलगायतका आवेदन फारमका नयाँ संस्करण जारी गरे पनि आवेदकहरूले अनजानमा पठाएका पुराना संस्करणका फारमहरू युएससीआईएसले स्वीकार गरेको छ। मार्च ३ मा ग्रिनकार्ड आवेदन र मार्च ४ मा नागरिकता आवेदनलगायतका फारमका नयाँ संस्करण जारी भए पनि कतिपय आवेदकले जानकारी नपाएका कारण ती फारमका पुराना संस्करणहरू पठाएका थिए।

पुराना संस्करणका फारम प्रयोग गरेर पेश गरिएका कुनै पनि आवेदन अस्वीकृत हुन सक्ने चेतावनी युएससीआईएसले दिए पनि फारमका अघिल्ला संस्करण प्रयोग गरेर आवेदकहरूले पठाएका आवेदनहरू स्वीकार गरिरहेको कतिपय आवेदकले बताएका छन्। उनीहरू आफ्ना आवेदन अस्वीकार हुने चिन्ताले ग्रस्त थिए। तर, युएससीआईएसले आवेदनहरू स्वीकार गरेपछि उनीहरूले राहतको सास फेरेका छन्।

यसैबीच, युएससीआईएसले कुनै निश्चित ग्रेस अवधि प्रदान नगरे पनि नयाँ संस्करणहरू लागू भएपछि उचित अवधिमा पेश गरिएका फारमका अघिल्ला संस्करणहरू अस्वीकार नगर्ने विवेक प्रयोग गर्ने बताएको छ। तर, “उचित अवधि” भन्नाले कति समयलाई मान्ने भन्नेबारे युएससीआईएसले केही खुलाएको छैन। यद्यपि, नयाँ संस्करण लागू भएको एक-दुई दिनभित्र पुराना संस्करणसहित पेश गरिएका आवेदनहरू पनि अस्वीकार नगर्ने संकेत युएससीआईएसले दिएको छ।

युएससीआईएसबाट ग्रिनकार्ड र नागरिकता फारमका पुराना संस्करण पनि स्वीकार, उचित अवधिसम्मको तजविजी छुट

युएससीआईएसबाट ग्रिनकार्ड र नागरिकता फारमका पुराना संस्करण पनि स्वीकार, उचित अवधिसम्मको तजविजी छुट

यसैबीच, युएससीआईएसले कुनै आवधिक छुट वा पूर्वसूचनाबिना तत्काल लागू हुने गरी विभिन्न एक दर्जन आवेदन फारमका नयाँ संस्करण जारी गरेपछि अमेरिकी अदालतमा युएससीआईएसविरुद्ध मुद्दा दायर गरिएको छ। अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन र बेनाच कोलोपी एलएलपीले वासिङ्टन डीसीस्थित अदालतमा तत्काल राहतको माग गर्दै शुक्रबार मुद्दा दायर गरेका छन्।

नयाँ संस्करणहरू घोषणा भएपछि अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसनले यी फारमका लागि एजेन्सीले ग्रेस अवधि लागू गर्ने वा नगर्ने भन्नेबारे जानकारी माग्न युएससीआईएसलाई पटक-पटक सोधपुछ गरे पनि कुनै प्रतिक्रिया नपाएपछि मुद्दा दायर गरेको जनाएको छ। तर, मुद्दा दायर भएपछि भने युएससीआईएसले आफ्नो भनाइ सार्वजनिक गरेको छ।

युएससीआईएसले फेब्रुअरी २४, मार्च ३ र मार्च ४ मा १२ वटा फारम अपडेट गरेको थियो। ती सबै नयाँ फारममा जनवरी २०, २०२५ को संस्करण मिति उल्लेख गरिएको छ।
यो अचानक परिवर्तनले आवेदक र अध्यागमन वकिलहरूमा चिन्ता उत्पन्न गरेको छ। कतिपय आवेदकले नयाँ संस्करण लागू भइसकेपछि पनि अनजानमा पुराना फारम पेश गरेका थिए। नयाँ संस्करणका फारममा शब्दावली र समावेशीतामा उल्लेखनीय परिवर्तन गरिएको छ, जसले वर्तमान ट्रम्प प्रशासनको नीतिलाई प्रतिबिम्बित गर्छ।

पुराना संस्करणमा तीन लिङ्ग विकल्पहरू—पुरुष, महिला र अर्को लिङ्ग पहिचान—रोज्न दिइएको थियो, तर नयाँ संस्करणले लिङ्ग विकल्पलाई पुरुष र महिलामा सीमित गरेको छ। पुराना संस्करणमा लिङ्ग तटस्थ शब्द र “गैरनागरिक” शब्द प्रयोग गरिएको थियो भने नयाँ संस्करणमा महिला र पुरुषमात्र जनाउने शब्द र “एलियन” शब्द प्रयोग गरिएको छ। नयाँ संस्करण पुरानो संस्करणको तुलनामा कम समावेशी छ।

यू भिसा आवेदन (आई-९१८), आई-४८५ को पूरक फारम जे, आई-४८५ को पूरक फारम ए, बायोग्राफिक इन्फर्मेसन (जी-३२५ए), स्पोन्सर फारम (आई-१३४), आप्रवासीका रूपमा अग्रिम प्रवेशका लागि आवेदन फारम (आई-१९२) मा पनि जनवरी २०, २०२५ को संस्करण लागू गरिएको छ। यसअघि उद्यमी परोल फारम (आई-९४१), टी भिसा आवेदन (आई-९१४), पब्लिक चार्जको धरौटी रद्द गर्ने फारम (आई-३५६) मा पनि जनवरी २०, २०२५ को संस्करण लागू गरिएको थियो।

युएससीआईएसबाट ग्रिनकार्ड र नागरिकता फारमका पुराना संस्करण पनि स्वीकार, उचित अवधिसम्मको तजविजी छुट

ट्रम्प प्रशासनले गैरनागरिक र आप्रवासीलाई वर्णन गर्न “एलियन” र “अवैध एलियन” शब्द पुनः प्रयोग गर्न थालेपछि फारमहरूमा पनि सोहीअनुसार अपडेट गरिएको छ। युएससीआईएस, आईसीई, अध्यागमन अदालतलगायतका अन्य सरकारी कागजातमा पनि “एलियन” शब्द प्रयोग गर्न थालिएको छ।

त्यस्तै, ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार अमेरिकी सरकारका कागजातमा लिङ्गको रूपमा महिला र पुरुषमात्र उल्लेख गर्न थालिएको छ। सोहीअनुसार विभिन्न फारम र कागजात अपडेट गर्ने क्रम ट्रम्प प्रशासनले जारी राखेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि लिङ्गमा “एक्स” मार्क गर्ने पासपोर्ट आवेदन फारम हटाइसकेको छ। कार्यकारी आदेशअनुसार नै अमेरिकी पासपोर्टबाट “एक्स” मार्क हटाइएको हो। अबदेखि पासपोर्टमा पनि लिङ्गको रूपमा पुरुष वा महिलामात्र उल्लेख गरिनेछ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School