चितवन–२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवाद्मा पहिलो पटक उनको पद नै गएको थियो । त्यसपछि भएको उपनिर्वाचनमा समेत लामिछाने नै विजयी भएका थिए ।
यसपटक पुन: निर्वाचित भएका हुन् । रास्वपाका लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुँ दा प्रतिस्प्रर्धी कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत पाइन् ।
एमालेका उम्मेदवार अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ ।
धनुषा–३
धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् ।
यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए ।
ती हेभिवेटलाई हराउँदै मनिषले फराकिलो मतान्तरसहित आफ्नो जित निकाले ।
उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।
त्यहाँ यसअघि नेकपा एमालेका जुली कुमारी महतो (महासेठ) विजयी भएका थिए ।
कास्की–३
रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।
अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् ।
रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।
काठमाडौं–१०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।
दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।
मोरङ–४
मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् ।
कास्की–२
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए ।
एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।
उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए ।
काठमाडौं–५
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराए ।
काठमाडौं–४
२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद् छिर्ने भएका छन् ।
उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १८२ मत प्राप्त गरेका छन् ।
काठमाडौं–६
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।
काठमाडौं–८
२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुन: यसै क्षेत्रबाट निर्वाचित भएका छन् ।
विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुगेका उनले यस पटक पनि सोही रेकर्ड दोहोर्याए ।
उनले २४ हजार ५९२ मत ल्याए ।
काठमाडौं–३
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए ।
पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।
काठमाडौं–१
रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उनले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गरेकी थिइन् ।
समयक्रममा त्यो पार्टी विलय भयो । त्यसपछि पनि उनी राजनीतिक रुपमा सक्रिय रहिन् ।
यसपटक सुरुमा उनी रास्वपाको समानुपातिक सूचिमा थिइन् । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिएकी थिइन् । उनको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री (कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) जस्ता चिरपरिचित प्रतिद्वन्द्वी थिए ।
तर, रास्वपाका लागि पहिलो जित उनै रञ्जुले निकालिन् ।
कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याथए ।
काठमाडौं–९
यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।
मोरङ–६
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।
बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।
त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।
स्याङ्जा–१
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।
नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए ।
रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।
नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् ।
राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।
तेह्रथुम
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।
सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पर्यो ।
बारा – ३
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट अरबिन्द साह निर्वाचित भएका छन् । रास्वपाका साह ४० हजार ६९७ मत ल्याएर विजयी भएका हुन् ।
यहाँ कांग्रेसका फरमुल्लाह मन्सुर दोस्रो भए । उनले ९ हजार ८३ मत पाए ।
महोत्तरी – १
यो क्षेत्रबाट प्रमोदकुमार निर्वाचित भएका छन् । महतोले ३४ हजार ६६३ मत पाएर विजयी भएका हुन् । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल रहे । पोखरेलले १२ हजार ६२४ मत पाए ।
काठमाडौं – २
काठमाडौं २ बाट रास्वपाका सुनिल केसी निर्वाचित भएका छन् । ३४ हजार २३८ मत ल्याएर केसी निर्वाचित हुँदा कांग्रेसका कवीर शर्माले ८ हजार ८७७ मत पाए । राप्रपाकी कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत ल्याइन् । एमालेका मणिराम फुयालले ४ हजार ७५९ मत पाए ।
भक्तपुर – १
भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भए ।
निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।
नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।
पर्सा –१
पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् ।
पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।
पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।
बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।
नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् ।
श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।
बाँके–३
बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् ।
सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।
काठमाडौं – ७
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् ।
पराजुली यसअघि २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पुन: दोहोरिए ।
यसपटक नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।
पर्वत – १
पर्वत १ बाट रास्वपाका सागर भुसाल निर्वाचित भए । उनले २६ हजार ५६१ मत ल्याए । दोस्रो भएका कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत पाए ।
१० वर्ष इजरायलमा श्रम गरेर फर्किएका भुसालले पोखरामा होटल व्यवसाय र उद्योग चलाइरहेका थिए ।
रास्वपामा आबद्ध भएर राजनीतिमा जोडिएर उम्मेदवार भए र चुनाव जिते ।
कैलाली -१
कैलाली-१ मा रास्वपाकी कोमल ज्ञावली विजयी भएका छन् । कांग्रेसका जनकराज चौधरीलाई पराजित गर्दै ज्ञावली विजयी भएका हुन् । उनले १७ हजानर ८२६ मत ल्याएका छन् भने जनकराजले १२८६७ मत पाएका छन् ।
रुपन्देही-२
रुपन्देही -२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । खरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।
