यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य

यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो।

आइतबार दिउँसो वसन्तपुर, हनुमान ढोका दरबार क्षेत्रमा मानिसहरू भेला भएर आपसमा रङ दलेर उमङ्ग साटासाट गरी होली पर्व मनाए।

केही वर्ष अघिसम्म उपत्यकामा पानी र रङ छ्यापाछ्याप गरेर मनाइने होली पछिल्लो समय सभ्य बन्दै गएको छ। आजको ‘वसन्तपुर होली’ पछिल्ला वर्षहरू भन्दा पृथक् देखियो। विगतका वर्षहरूमा अङ्ग्रेजी सङ्गीतमा रमाउने युवा जमात यस वर्ष आफ्नै संस्कृतिका बाजागाजा सहित देखिए। बालबालिका देखि पाका उमेर समूह बाजाको तालमा झुमे।

वसन्तपुरको होलीमा रमाउँदै गरेका एक स्थानीयले भने ‘अघिल्लो वर्षको होलीमा अलि छाडापन देखिएको थियो। तर यस वर्ष भने वसन्तपुरको होली भव्य र सभ्य भयो। युवाहरू बाजागाजा सहित होलीमा रमाए। यसले हाम्रा धर्म संस्कृतिको जगेर्ना गरेको छ। युवा पुस्तामा सकारात्मक सन्देश गएको छ।’

वसन्तपुरको फागु उत्सवमा मानिसहरूको उल्लासपूर्ण सहभागिता रहेको थियो। न्यूरोड गेट देखिनै मानिसहरूको ठूलो घुइँचो लागेको थियो। सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए।

यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका थिए।

तस्बिरमा हेर्नुहोस् वसन्तपुरको होली

यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य
यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य
यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य
यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य
यस वर्षको ‘वसन्तपुर होली’ भव्य र सभ्य

प्रकाशित: ११ चैत्र २०८० २१:४७ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School