यस पटक ‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ७,८३० डलरसम्म रिफण्ड लिन सकिने



प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

pexels-photo-164527.jpeg

अमेरिकामा ट्याक्स फाइल गर्नेहरूले अर्नड इन्कम ट्याक्स क्रेडिट पनि ७,८३० डलरसम्म पाउन सक्नेछन्, जुन गत वर्षको तुलनामा बढी हो। गत वर्ष ट्याक्स फाइल गर्दा अर्नड इन्कम ट्याक्स क्रेडिट अधिकतम ७,४३० डलरसम्म मात्र थियो।

यस पटक ट्याक्स फाइल गर्ने योग्य बच्चा नभएका एकल व्यक्तिको वार्षिक आम्दानी १८,५९१ डलरसम्म र संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको २५,५११ डलरसम्म रहेको खण्डमा उनीहरूले अधिकतम ६३२ डलरसम्म यो क्रेडिट पाउनेछन्।

त्यस्तै, ४९,०८४ डलरसम्म आम्दानी हुने एकल वा ५६,००४ डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको एउटा योग्य बच्चा भएमा उनीहरूले ४,२१३ डलरसम्म क्रेडिट पाउनेछन्।

५५,७६८ डलरसम्म आम्दानी हुने एकल वा ६२,६८८ डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको दुईवटा योग्य बच्चा भएमा उनीहरूले ६,९६० डलरसम्म क्रेडिट पाउनेछन्।

focus photography of person counting dollar banknotes

५९,८९९ डलरसम्म आम्दानी हुने एकल वा ६६,८१९ डलरसम्म आम्दानी हुने संयुक्त रूपमा ट्याक्स फाइल गर्ने दम्पतीको तीन वा सोभन्दा बढी योग्य बच्चा भएमा उनीहरूले ७,८३० डलरसम्म क्रेडिट पाउनेछन्।

यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई कर तिर्नुपर्ने भएमा उक्त रकममा यो क्रेडिट रकम कटौती गरेर बाँकी रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा फिर्ता गरिन्छ। यदि ट्याक्स फाइल गर्ने व्यक्तिले आईआरएसलाई कर तिर्नुपर्ने नभएमा सम्पूर्ण रकम ट्याक्स फाइल गर्ने व्यक्तिको खातामा रिफण्डका रूपमा प्राप्त हुनेछ।

अर्नड इन्कम ट्याक्स क्रेडिट भनेको कम र मध्यम आम्दानी भएका करदाताहरूका लागि कर छुट हो, जसमा बच्चा भएका करदाताहरूले उच्च रकम प्राप्त गर्न सक्छन्।

यस पटक ‘अर्नड इन्कम ट्याक्स क्रेडिट’ बापत ७,८३० डलरसम्म रिफण्ड लिन सकिने

आईआरएसका अनुसार करिब २० प्रतिशत योग्य करदाताहरूले यो क्रेडिट दाबी गर्न छुटाउने गरेका छन्।

अर्नड इन्कम ट्याक्स क्रेडिट दाबी गर्ने करदाताहरूको रिफण्ड रकम मार्च ३ पछिमात्र प्राप्त हुनेछ, किनभने संघीय कानुनअनुसार क्रेडिट दाबी गर्ने करदाताहरूको पहिचान चोरी रोक्न थप जाँच गर्नु आवश्यक हुन्छ। तर, केही करदाताहरूले आफ्नो रिफण्ड केही दिन अगाडि नै प्राप्त गर्न सक्ने सम्भावना पनि रहन्छ।





Source link

Leave a Comment