यसरी विकराल बन्दै छ वातावरणीय विनाश : RajdhaniDaily.com


प्रकृतिबिना कुनै पनि जीव बाँच्न सक्दैन । वस्तुतः घाम, पानी, माटो, वायु र आकाशजस्ता पञ्चतŒवको अन्योन्याश्रित अन्तरसम्बन्धबाट जीवनअनुकूल परिस्थिति सिर्जना हुनु नै प्रकृति हो । जुन परापूर्वकालदेखि नियमित गतिमा चल्दै आएको छ । पृथ्वी नियमित प्रक्रियामा चलिरहेको छ । यसैले यो जीवानुकूलको ग्रह बनेको छ, र मानवजाति जीवित प्राणीका रूपमा रहेको छ ।

विकास निरन्तर प्रक्रिया हो । जुन विश्वभर तीव्र रूपले भइरहेको छ । यसकै आधारमा संसारभरका देश विकसित, विकासशील र अति कम विकसित देशका रूपमा वर्गीकरण गरिन्छ । विगतमा धेरैजसो देशमा विभिन्न क्षेत्रको विकास क्रममा वातावरण विनाश भइरहेको छ । यी देशमा बाटोघाटो निर्माणका लागि बढ्दो डोजर प्रयोग, वनजंगल फ“डानी, डढेलो, विकास निर्माणका कार्य अव्यवस्थित रूपबाट सञ्चालन, विभिन्न उद्योग तथा कलकारखानाबाट निस्कने धुवा“, कार्बनमोनोक्साइड, कार्बनडाइअक्साइडजस्ता विषालु ग्याँस, विभिन्न किसिमका यातायातका साधन बढ्दो प्रयोग, जाडोमा तताउने र गर्मीमा चिस्याउने साधन बढ्दो प्रयोग र विद्युत्, डजेल र पेट्रोलबाट चल्ने यातायातका साधन बढ्दो प्रयोगबाट धुवा“ र ताप बढ्दो रूपमा उत्सर्जन भइरहेको छ । यसबाहेक एकतर्फ, हरित ग्याँस उत्सर्जनको असर बढिरहेको छ भने अर्कोतर्फ ओजोन तहमा प्वाल पर्नाले सूर्यको परावैजनी किरण पृथ्वीमा आई सम्पूर्ण मानवजातिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ ।

वातावरण विनाशका कारण आज विश्वभर जलवायु परिवर्तन एवं तापक्रम वृद्धि भएको छ । फलतः विश्वमा वनजंगल, जैविक विविधता, कृषि सम्पदा, हिमालय पर्यटन, ऊर्जा र स्वास्थ्यजस्ता प्रमुख पक्षमा अगाध असर परेकाले सम्पूर्ण मानवजातिमा अस्वस्थकर प्रभाव परेको छ । सन् २०१५ मा आईसीडीले गरेको अध्ययनअनुसार आजको गतिमा विश्वव्यापी तापक्रम बढ्ने हो भने सन् २०६० सम्मका विश्वको कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतदेखि ३ दशमलव ३ प्रतिशतसम्म र सन् २१०० मा २ देखि १० प्रतिशतसम्म नोक्सानी हुनेछ । यसबाट विश्व अर्थतन्त्र झनै ओरालो लाग्ने छ र भोकमरी समस्या विकराल हुने छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘वल्र्ड इकोनोमिक आउटलुक’मा उल्लेख भएअनुसार विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण नीति निर्माण गरी व्यवहारमा नउतार्ने हो भने आगामी शताब्दीसमम विश्वव्यापी तापक्रम औसतमा २ दशमलव ८ प्रतिशत र बढीमा ५ प्रतिशत बढ्ने छ । ती नीति बनाई कार्यान्वयन गर्न नसकिएमा विश्वमा कार्बन उत्सर्जन पनि सन् २००० देखि २०३० को बीच २२ देखि ८८ प्रतिशतसम्म बढ्ने सम्भावना छ ।

एसियाली विकास बैंकको प्रक्षेपणअनुसार सन् २०८० सम्ममा दक्षिण एसियामा ४ देखि ५ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्ने छ । जसबाट ती क्षेत्रका जनतामा नकारात्मक प्रभाव पर्नेछ । आज वातावरणीय विनाशका कारण सम्पूर्ण मानवजातिको सामाजिक, आर्थिक, राजनीतिकलगायत क्रियाकलाप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित छन् । विगतमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने तत्व वास्ता नगरी विकास योजना कार्यान्वयन गर्नाले अहिलेको अवस्था विद्यमान भएको हो ।

मानवजातिको प्रमुख सम्पत्तिका रूपमा रहेको भूमिमा बसोबास गर्नुका साथै विभिन्न व्यवसाय गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महŒव छ । तर, केही वर्षयता वातावरणीय विनाशका कारण अतिवृष्टि तथा अनावृष्टिले खेतीपातीमा नकारात्मक प्रभाव परेको छ । यसबाट विश्वभर भोकमरी समस्या थपिने छ, र सम्बन्धित देशका सरकारका बोझ बढ्ने छ ।

वर्तमान समयमा वातावरणीय विनाशका कारण विश्वभर जलजायु परिवर्तन भएकोले हो । जुन संसारका सबै देशमा गम्भीर एवं चुनौतीका रूपमा देखापरेको छ । नेपालमा पनि वातावरणीय विनाशले नकारात्मक प्रभाव परेको छ । उदाहरणका लागि हाल काठमाडौंमा अधिकतम ३६ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । जुन विगतका वर्षको तुलनामा बढी हो । यो जलवायु परिवर्तनकै कारण भएको मौसमविद्को भनाइ छ ।

नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव शून्य ६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न थालेकाले यहाँका हिमशंखला निरन्तर पग्लेर पानीका मुहान सुक्दै जाने सम्भावना बढेको छ । यसबाहेक अतिवृष्टि तथा अनावृष्टिजस्ता समस्याले जनजीवनमा नकारात्मक प्रभाव परेको छ ।

बढ्दो वातावरणीय विनाशका कारण विश्वका ८० लाख बोटविरुवा तथा जीवजन्तुका प्रजाति लोप हुने अवस्थामा छन् । साथै, परिस्थितिकीय प्रणाली ह्रासका कारण विश्वका झन्डै ४० प्रतिशत मानव आफ्नो समुन्नतिबाट वञ्चित हुने अवस्थामा पुगेका छन्

आज विश्वमा वातावरणीय विनाश तीव्र गतिले भइरहेको छ । यसको प्रमुख कारण वनजंगल विनाश नै हो । एक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वको कुल वनक्षेत्र ४ दशमलव ०६ अर्ब हेक्टर थियो, जुन विश्वको कुल जमिनको ३१ प्रतिशत थियो भने प्रतिव्यक्ति झन्डै शून्य दशमलव ५२ हेक्टर थियो । तर, अहिले यो अवस्था छैन ।

वर्तमान समय केही देशमा वन विनाशको दर केही घटे पनि धेरैजसो देशमा भयावह अवस्था छ । फलतः यी देशमा बाढीपहिरो र डुबानजस्ता दैवीप्रकोप बढिरहेका छन् ।

संयुक्त राष्ट्र संघको खाद्या तथा कृषि संगठनद्वारा प्रकाशित प्रतिवेदनअनुसार पछिल्लो दस वर्षमा विश्वमा २२ दशमलव ८ करोड हेक्टर वनक्षेत्र नोक्सान भएको छ । अमेजनमा मात्र १७ प्रतिशतभन्दा बढी वन नोक्सान भएको छ भने ब्राजिल, एन्गोला, इन्डोनेसिया, तान्जानिया, पाराग्वे र म्यान्मामा वनक्षेत्र उच्चदरमा विनाश भइरहेको छ ।

ग्लोबल फरेस्ट वाचको प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वले नेदरल्यान्डको कुल क्षेत्रफलबराबरको वनक्षेत्र गुमाएको छ । परिणामतः विश्व वातावरणमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक हो । विश्वमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ ।

फलतः केही पशुपंक्षी लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । यतिमात्र नभई विभिन्न किसिमका महामारी एवं रोग फैलावट र दैवी प्रकोपका कारण धेरै मृत्यु दरदर पनि बढिरहेको छ । यद्यपि, आजसम्म पनि धेरैजसो देशका बासिन्दालाई यस सम्बन्धमा सचेत गराउन सकिएको छैन ।

वातावरणविद्का अनुसार कुनै पनि देशमा वातावरण सन्तुलन कायम गर्न त्यहाँको कुल क्षेत्रफलको कम्तीमा ४० प्रतिशत वनजंगलले ढाकेको हुनुपर्छ । तर, नेपालमा तोकिएको मापदण्डअनुसार वनजंगल विद्यमान नभएकाले वातावरण सन्तुलन हुन सकेको छैन ।

यतिमात्र नभई यहाँ अव्यवस्थित रूपमा भौतिक संरचना निर्माणका कारण पनि वनजंगल अतिक्रमित भई वातावरण विनाशमा सघाउ पुगेको छ । तर, यसतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसकेकाले वातावरण विनाशक्रम रोकिन सकेको छैन ।

आज नेपाललगायत विश्वका धेरैजसो देशमा जनसंख्या वृद्धिका कारण अव्यवस्थित सहरीकरण, वनजंगल फ“डानी, जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण र ध्वनि प्रदूषण दिनानुदिन बढिरहेको छ । फलतः यी देशमा वातावरणीय विनाश बढ्दो क्रममा छ । भविष्यमा यसलाई जटिल हुन नदिन अल्प र दीर्घकालीन उपाय यथासिघ्र अपनाउन आवश्यक देखिन्छ । यसका लागि एकतर्फ सर्वप्रथम त जनसंख्या वृद्धि घटाउन आवश्यक छ भने अर्कोतर्फ वन विनाश रोकथाम, आधुनिक प्राविधिक ट्राफिक व्यवस्थापन प्रणाली र बढ्दो औद्योगिक प्रदूषण न्यूनीकरण गर्न उत्तिकै जरुरी छ । यसबाहेक नियमित एवं प्रभावकारी वायु गुणस्तर परीक्षण र वातावरणसम्बन्धी जनचेतना बढाउनुपर्छ । जसका लागि तीनै तहका सरकारको सक्रियता आवश्यक छ ।

विश्व तापक्रममा हुने परिवर्तन प्राकृतिक र मानवीय कारण हुने हो । खनिज तेल खपत तीव्र बढ्नाले विश्वको तापक्रम बढिरहेको छ । विश्वमा वातावरणीय प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । तर, विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी बढ्दा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी साझा सहमति हुन सकेको छैन । वास्तवमा विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशमा भएका औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलाप नै हुन् ।

बढ्दो तापक्रमका कारण आगामी ३० वर्षभित्र विश्वका हिमालमा झन्डै एकतिहाइ हिउ“ रित्तिने अनुमान छ । फलतः यस क्षेत्रका पानीका स्रोत विस्तारै सुक्ने छन् र मानिसका जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने छ । धेरैजसो देशमा भौतिक वस्तु बढ्दो प्रयोग गरेर रमाउने चलन तीव्र रूपले बढिरहेको छ । जसका कारण यी देशको वातावरण तीव्र विनाश भइरहेकाले चलन परिवर्तन गरी प्राकृतिक चीजमा रमाउने चलन विकास गर्न आकृष्ट हुनुपरेको छ ।

वस्तुतः पृथ्वी हाम्रो साझा घर हो । यसको विनाश भएमा हाम्रो अस्तित्व नै मेटिने छ । त्यसैले यसको संरक्षण गर्नु सबैको कर्तव्य हो । वर्तमानमा प्रकृतिको दोहन गरी विकसित देश उन्नतिको शिखरमा पुगेका छन् । तर, यिनीहरूले वातावरण संरक्षणमा ध्यान नदिनाले विनाश क्रम दिनहुँ बढिरहेको छ ।

हाल विज्ञान र प्रविधि विकासले विभिन्न यातायातका साधन विकास भएको छ । यी साधन नियमित सञ्चालन गर्न बढ्दो मात्रामा कोइला, पेट्रोल र डिजेल प्रयोग गर्नाले विश्वको वातावरण दिनहुँ दूषित भइरहेको छ । हाइड्रोजन ग्याँसले इन्धन प्रयोग घटाई वातावरण विनाश घटाउन सकिन्छ । हाइड्रोजन ग्यास पेट्रोल, डिजेल र पानीभन्दा सस्तो हुन्छ । त्यसैले यसको अधिकतम प्रयोग गर्नसके प्रत्येक वर्ष विदेसिने ठूलो धनराशी सञ्चित्त भई अन्य विकास कार्यमा लगानी गरी युवाका लागि रोजगारी सिर्जना गर्न सकिन्छ ।

हाइड्रोजन ग्याँसबाट एकतर्फ फलाम प्रशोधन गर्न सहज हुनेछ भने अर्कोतर्फ विद्युत् र पानी सदुपयोग गर्न सघाउ पुग्ने छ । जसबाट प्रत्येक व्यक्तिको आयआर्जन वृद्धि भई विश्व अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

विश्वमा वातावरण विनाशका कारण नेपाल पनि प्रभावित भएको छ । वास्तवमा दुई छिमेकी राष्ट्र भारत र चीनमा औद्योगिक तथा अन्य विकासका क्रियाकलाप तीव्र बढ्नाले यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ । यससम्बन्धमा वार्ता गरी समाधान गर्न न नेपालले चासो देखाएको छ, न त छिमेकी राष्ट्रहरू नै तत्पर छन् । तसर्थ, यहाँको वातावरण दिनदिनै विनाशतर्फ उन्मुख छ । जुन न्यूनीकरण गर्न नितान्त आवश्यक छ ।

यथार्थतः पृथ्वीमा बसोबास गरिने जमिन, यहाँ रहने जैविक तथा अजैविक प्राकृतिक अवयव जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तु र तिनीहरूको पारस्परिक सम्बन्ध नै हाम्रो वातावरण हो । यहाँ पारस्परिक सम्बन्ध चक्रमा सबै प्राणी वनस्पति र सुक्ष्म जीवको अस्तित्व रहन्छ ।

वनजंगल वातावरणको आधार हो । यसले मानव जातिका लागि अत्यावश्यक पानी, खाद्यपदार्थ, इन्धन र औषधिजन्य वस्तु निरन्तर प्रदान गर्छ । हालसम्म पनि विकासशील देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने झण्डै ८० प्रतिशत व्यक्ति आफ्ना प्राथमिक स्वास्थ्योपचारका लागि परम्परागत विरुवाजन्य औषधिमा निर्भर छन् ।

बढ्दो वातावरणीय विनाशका कारण विश्वका ८० लाख बोटविरुवा तथा जीवजन्तुका प्रजाति लोप हुने अवस्थामा छन् । साथै, परिस्थितिकीय प्रणाली ह्रासका कारण विश्वका झन्डै ४० प्रतिशत मानव आफ्नो समुन्नतिबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । यसबाट मुक्ति प्राप्त गर्न वातावरणीय विनाश न्यूनीकरण नितान्त आवश्यक छ ।
[email protected]

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment