‘रैथाने’ भन्नाले कुनेै विशेष स्थान सम्बन्धमा मानिसको समूह र उनीहरूले सनातनदेखि प्रयोग गर्दै आएको ज्ञान, सिप, परम्परा संस्कृति र खाद्य उत्पादनको पहिचान बुझिन्छ । यो शव्द सामान्यतया ठाउ“को नाम (वस्ती, गाउँसहर, नगरक्षेत्र, प्रदेश, राज्य, देश र महाद्विप) बाट लिइएको हुन्छ । कुनै पनि ठाउ“को जनसंख्याभित्र हुनसक्ने जातीय, भाषिक, धार्मिक वा अन्य सांस्कृतिक भिन्नता वास्ता नगरी ‘रैथाने’ शव्द प्रयोग कुनै विशेष स्थानका सबै मानिसलाई निर्दिष्ट गर्न प्रयोग गरिन्छ । जस्तै : हिमाली, तराईवासी, पहाडिया आदि । तर, अहिले ‘रैथाने’ नाममात्र छ । रैथाने चिज, वस्तु, बाली हराउ“दै बिलोप हु“दै जान थालेका छन् । तसर्थ, गाउ“सहरका भूइ“मान्छेदेखि ठुलाबडा भनाउँदासम्म सबैमा आफ्नो रैथाने मौलिकपन हराउदै जान थालेकोप्रति चिन्ता, चासो, आक्रोश छ । सहरमा बसे पनि पहिलेका गाउ“घर, बालापन, संस्कृति, चाडपर्व, नातागोता, प्रकृति र प्रविधि नसम्झने को नै होला र ? पहिलेका गाउ“घरका कुरा सम्झ“दा वा सुन्दा भावुक हँुदै तुरुन्तै आफ्ना गाउ“ फर्किहालु“जस्तो हुन्छ नै । यही मोहले गर्दा हराउ“दै गएको रैथाने खाद्यबाली, चिजवस्तु, प्रकृृति, संस्कृृतिे संरक्षण संवर्धनका निम्ति हामीले केही त गर्नैपर्छ । ‘हामीले नगरे कसले गर्ने ? अहिले नै नगरे ढिला हुन्छ’ भन्ने सोचेर ‘रैथाने’ संरक्षण गर्न जुर्मुराएका छौं । यो निःसन्देह गौरवको विषय हो ।
रैथाने संरक्षण उद्देश्य
गाउ“को मौलिकपन झल्कने सिप, कृषिउपज, ज्ञान, प्रविधि, संस्कृति तथा परम्परागत वस्तु संरक्षण अहिले चलाइएको अभियानको प्रमुख उद्देश्य हो । रैथानेपन जोगियो भने नेपालीपन जोगिन सक्दछ । ‘नेपालीपन जोगियो भनेमात्रै हाम्रो संस्कृति, स्वाभिमान जोगिन सक्छ’ भन्ने अभियानको मूलमान्यता रहेको पाइन्छ । यसै मान्यताबमोजिम हामीले विगतदेखि नै रैथाने उत्पादन क्षेत्र रहेका गाउ“घर, हाटबजारमा जनजागरण कार्यक्रम, रैथाने चिजवस्तु संकलन र उपभोग अभ्यासमा लाग्नुपर्ने थियो । त्यसैगरी पुराना प्रविधिका पेशा व्यवसाय नत्यागी समयसापेक्ष आधुनिक प्रविधिसँग जोड्ने र स्थायिŒव दिनेतर्फको खोज अनुसन्धान गर्ने–गराउनेतर्फ लाग्नुपर्ने थियो । त्यस तरीकाले विगतमा नलाग्दा अहिले हामी न पुराना ‘प्रविधि साथमा, न त नयाँ प्रविधि हातमा’ भनेजस्तो स्थितिमा छौं । परम्परागत पेशा व्यवसाय चौपट हु“दा बेरोजगारसमेत भयौं । तसर्थ, अब हामीले रैथानेबाली, संस्कार, संस्कृति संरक्षण संवर्धनसहित अघि बढ्नुपर्ने बेला भएको छ ।
रैथाने उत्पादन कहिलेदेखि ?
रैथाने बाली उत्पादन र विकास’bout कुरा गर्दा यससम्बन्ध मानवजातिको विकाससँग गासिएको पाइन्छ । रैथाने बालीले प्रकृति र मानवस्वास्थ्यसँग अनौठो सम्बन्ध स्थापित गरेको छ । मानवस्वास्थ्य चुस्तदुरुस्त राख्ने अचुक उपायका रूपमा रैथाने खाद्य प्रणालीले काम गरेको तथ्य प्रमाणित भइसकेको अवस्था छ । विगतमा गाउ“घरमा सप्रेको काँक्रो आमाले टिपेपछि त्यसको बियाँ भण्डारण प्रविधिका रूपमा घरका भित्तामा टाँस्ने, छर्कने र अनि बनेको काँक्राको अचार दसँंको मासुभातसँग खाँदाको क्षण सम्झ“दा अहिले पनि कसको जिब्रामा पानी आउ“दैन र ? यो मन कति आनन्दित हुन्छ ? हो, आज यही आनन्द र खुसीको रैथाने प्रविधि र प्रकृति अस्तित्व संकटमा पर्दै गएकाले चिन्तित हुनुपरेको छ । हाम्रो काँक्राका अचार बनाउने र त्यसको बिया“ भित्तामा टाँसेर वर्षांैसम्म सुरक्षित राख्ने प्रविधि, बिनाबिजुली खर्चमा हावा फुक्ने छालाको आरन, मिठो मकैको पिठो पि“ध्ने घट्ट, तेल निकाल्ने काठको कोललगायत प्रविधि र त्यस्तै खाद्यबालीमा चिनो, कागुनो, उवा, लठ्ठेमार्सी, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलगायतलाई अहिलेका पुस्ताले भुल्दै गएको अवस्था छ । यस्ता बाली हराउ“दै जानु मानवस्वास्थ्य र देशका लागि घातक विषय हो ।
रैथाने बाली कहाँ ?
रैथाने बालीका रूपमा उत्पादन हुने नौ प्रजातिका बाली जस्तै : चिनो कागुनो, उवा, लट्टे, मार्सी, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई कर्णाली प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको पाइन्छ । यस प्रदेशका १० जिल्लामा रैथाने बाली हुने गरेको छ । कर्णालीको सन्दर्भमा रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दि“दै मूल्यवान कर्णाली किसानका सम्पदा लेखिएको ‘मूल्यवान’ लोगो कार्यक्रम गरेको छ । प्रदेश प्रांगारिक कृषि ऐन २०७६ मा परम्परागत रूपमा खेती गरिदै आएको रैथाने बाली उत्पादनका लागि छुट्टै ‘लोगो’ व्यवस्था गर्नुुपर्ने कानुनी व्यवस्था रहिआएको छ । यस्ता रैथाने खेतीबाली बाजुरा, डोल्पा, मुगु, हुम्ला, जुम्ला, दैलेख, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, सल्यानलगायत हिमाली जिल्लामा हुने गरेकाले त्यहाँ विक्री केन्द्र ‘कोसेलीघर’ खोलिएका छन् ।
विगतमा गाउँघरमा सप्रेको काँक्रो आमाले टिपेपछि त्यसको बियाँ भण्डारण प्रविधिका रूपमा घरका भित्तामा टाँस्ने, छर्कने र अनि बनेको काँक्राको अचार दसैंको मासुभातसँग खाँदाको क्षण सम्झँदा अहिले पनि कसको जिब्रामा पानी आउँदैन र ? ती क्षण सम्झिँदा मन कति आनन्दित हुन्छ ।
रैथाने संरक्षण संवर्धन किन ?
त्यसो त, रैथाने बाली भनेको त्यस्ता बाली हो, जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पति भइ परापूर्वकालदेखि खेती हु“दै आएको हो । यस्तो बालीमा धेरैभन्दा धेरै जातीय तथा आनुवंशिक विविधता पाइन्छ । ती जातमा स्थान विशेष गुण पनि विकास भएका हुन्छन् । साथै, रैथाने बालीको त्यसक्षेत्रको धर्म, संस्कृति, सामाजिक रहनसहन तथा खाद्य प्रणालीमा विशेष महŒव राख्दछन् । यसको महŒवलाई बुँदागत रूपमा बुझ्न सक्छौं ।
१. स्थानीय भूगोल, माटो, हावापानी र कृषि प्रणाली सुहाउ“दो वा अनुकुलित हुने
२. कम मलजल तथा थोरै लगानीमा पनि उत्पादन लिन सकिने
३. पौष्टिकताको हिसाबले उत्कृष्ट र स्वास्थ्यबर्धक
४. धार्मिक तथा सांस्कृतिक रूपले महŒवपूर्ण
५. आफूलाई आवश्यक बिउ आफैं राख्न सकिने
६. रोगका किरा कम लाग्ने वा लागे पनि सहनसक्ने क्षमता भएको
७. सुख्खा खडेरी, असिना, हावाहुरी इत्यादि सहन सक्ने गुण
८. प्रांगारिक तथा पर्यावरणीय कृषिका लागि उपयुक्त
९. रैथाने कृषिउपजको मूल्य र बजार माग बढदो क्रममा भएकाले
१०.कृषि अनुवांशिक स्रोत संरक्षण र प्राकृतिक उत्परिवर्तनमा टेवा
उल्लेखित बु“दाबाट ‘रैथाने बाली लगाउन र उत्पादन गर्न कति सजिलो रहेछ ?’ भन्ने सजिलै बुझ्न सक्छौं । यसको अर्काे महŒवपूर्ण कुरा के हो भने यो आग्र्यानिक हुन्छ । रैथाने बालीमा खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक कार्बाेहाइड्रेट, प्रोटिन, फाइवर, भिटामिन, क्याल्सियम म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोढ दिनु जरुरी छ । यस हिसाबले रैथाने र आग्र्यानिकबीचको सम्बन्ध नङमासुजस्तै छ । यदि आग्र्यानिक खाने हो भने हामीले रैथाने संरक्षण गर्नैपर्छ । रैथाने संरक्षण गर्न गाउ“घरमै शसक्त रूपमा जागरण ल्याउन सक्नुपर्दछ । खुसीको कुरा भन्नुपर्दछ कि पछिल्लो समय पर्यटन व्यवसायका रूपमा देखापरेको ‘होमस्टे’ले रैथानेको सामिप्यता र उपभोग बढाएको छ । सबैलाई ‘होमस्टे’ पुग्ने सुविधा र खर्च नहँन सक्छ । यस्तो अवस्था ख्याल राखेर भूइ“मान्छेलाई गाउ“घरमै रैथाने चिजवस्तु चाख्ने, स्वाद लिने मौका जुराइदिनेसमेत प्रयास भइराखेको पाइन्छ ।
रैथाने अभियानमा लागेका संघसंस्थाले ‘विषादीरहित खाना हामी सबैको चाहना’ नारा दिइ काम गरिरहेको अवस्था छ । अहिलेसम्म रैथाने अभियानले २७ जिल्लाका ८ हजार किसानका दुई सय प्रकारका खाद्यवस्तु विक्रीवितरण गरिएको तथ्यांक प्रकाशित गरेको छ । यस रैथाने अभियानका लागि दर्ता ‘रैथाने एग्रोप्रोडक्ट कम्पनी’को नेतृत्व तीर्थ ढकालले गरेका छन् । यो संस्थाले सेवा दि“दा ‘सा“च्चैको सेवा दिनुपर्दछ’ भन्ने मान्यता राखेको पाइन्छ । जस्तै ः पोखरेली चामलको माग भएको छ भने सक्कली पोखरेली अर्थात् साँच्चैको पोखरेली चामल दिनुपर्दछ भन्ने मानवीयतासहितको विक्रीवितरण गरिआएको पाइन्छ । यसरी यस संस्थाले रैथाने बाली संरक्षण संवर्धनमा महŒवपूर्ण टेवा पु¥याइरहेको देखिन्छ ।
रैथाने संरक्षण कसरी र कोबाट ?
नेपाल सरकारले ‘रैथाने संरक्षण कार्यान्वयन कार्यविधि–२०७५’ जारी गरिसकेको छ । यसको उद्देश्य रैथाने बालीको जातीय सुधार प्रवर्धन तथा संरक्षण, रैथानेबालीको उन्नत खेती प्रविधि विस्तारमार्फत उत्पादन र उत्पादकŒव वृद्धि, रैथाने बाली उत्पादन विविधिकरण तथा बजारीकरणमा सहयोग, स्थानीय रैथाने बालीको घरखेती स्थानीय र परस्थानीय संरक्षणमा सघाउ पु¥याउनु रहेका छन् । यी उद्देश्य सफल गराउन कर्णाली प्रदेश सरकारको ६ फागुन २०७४ मा बसेको मन्त्रिपरिषद् पहिलो बैठकले आग्र्यानिक कृषिको आधार तयार पार्दै रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो । यसरी रैथाने बाली संरक्षण कार्यक्रम आव २०७५÷७६ देखि २०७७÷७८ मा केही जिल्लामा लागू गरिने र त्यसपछिका नतिजा मूल्यांकन गरी क्रमशः अन्य जिल्लामा चरणबद्ध रूपमा लागू गर्दै जाने लक्ष्य राखिएको थियो ।
यसैगरी, संघीय कृषि विभागअन्तर्गत बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले ‘प्रांगारिक कृषि प्रवर्धन मिसन’अन्तर्गत रैथाने बाली प्रवर्धन अभियानअनुसार मध्य र उच्च पहाडी क्षेत्रका ‘होमस्टे’का लागि रैथाने परिकारसम्बन्धी तालिम सञ्चालन गरेको जानकारीमा आएको थियो । कृषि ज्ञान केन्द्रले चालू आवमा रैथाने बाली प्रवर्धन कार्यक्रम लागू गरिरहेको देखिन्छ । लागू भएका जिल्ला काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, चितवन, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, म्याग्दी र लमजुङका केही तहमा ‘नमुना कार्यक्रम’ लागू गरिएको पाइन्छ । यी जिल्लामा कृषिज्ञान केन्द्रको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने कार्यक्षेत्रअनुसार प्रतिकेन्द्र ६१ लाख २५ हजारदेखि ६६ लाख ३० हजारसम्मको बजेट निकासा हँने गरेको पाइन्छ ।
रैथाने बालीको प्रमुख उपभोक्ताका रूपमा कार्यक्रम सञ्चालन हुने गाउ“नगरका वासिन्दा, होटल र होमस्टेलाई लिइएको देखिन्छ । त्यही भएर होटल व्यवसायी, होमस्टे सञ्चालक, उद्यमी, कृषक समूह तथा सहकारी सदस्यलाई रैथाने बाली उत्पादन एवं परिकारका लागि कृषिज्ञान केन्द्रमार्फत तालिम दिइने गरिएको छ । यस कार्यक्रमले रैथाने बाली उत्पादन गरी प्याकेजिङ, ब्रान्डिङसहित बजारमा उपलव्ध गराउने समूह तथा सदस्यलाई प्रोत्साहन अनुदानबापत प्रतिरोपनी दुई हजार रुपैया“ दिने गरिएको बताइन्छ । यस्ता कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम रहेका पाइन्छन् । तर, यसरी विभिन्न जिल्लामा कार्यक्रम लागू गरे पनि नतिजाको हिसाबले सबैभन्दा व्यापकता काभेपलाञ्चोक चौरी देउराली र मण्डल देउपुर, सिन्धुपलाञ्चोकको हेलम्बु गाउ“पालिका–६ रहेका छन् ।
यसरी रैथाने बालीलगायत रैथाने पशुपक्षी संरक्षणका लागिसमेत सर्वोच्च अदालतबाट २०७३ सालमा परमादेश जारी भइसकेको अवस्था छ ।
[email protected]
(Visited 3 times, 1 visits today)
