म्यानमार भूकम्प : मृतकको सङ्ख्या २ हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा



प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

म्यानमार सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सरकारले अप्रिल ६ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

म्यानमारको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन् । कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन् । केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन् ।

म्यानमार भूकम्प : मृतकको सङ्ख्या २ हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा

म्यानमार भूकम्प : मृतकको सङ्ख्या २ हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा

मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीहरूलाई बाहिरै उपचार गरिँदै छ । अस्पतालको पार्किङस्थलमा बिरामीहरूलाई टेन्टभित्र राखिएको छ । गर्मीका कारण उपचारमा थप समस्या भएको छ । स्वास्थ्यकर्मीहरूले न्यून स्रोतसाधनमा सक्दो सहयोग गरिरहेको बताएका छन् ।

भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ । थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन् ।

चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ । रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।

चीन, रूस, भारत लगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यान्माको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण जारी राखेको छ । एउटा जातीय सशस्त्र समूहका अनुसार भूकम्पपछि भएको हवाई आक्रमणमा सात लडाकु मारिएका छन् ।

थाइल्यान्डमा भने उद्दारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका मानिसहरूलाई खोजिरहेका छन् । बैङ्ककमा ७५ जना अझै बेपत्ता छन् । उद्दार टोलीहरूले जीवित भेटिने आशा नरहेको बताएका छन् ।

म्यानमार भूकम्प : मृतकको सङ्ख्या २ हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School